चितवनमा विक्रम पाण्डेको एफएममा प्रचण्डको समाचार प्रतिवन्ध !
चितवन, १७ मंसिर । चितवनको भरतपुरमा रहेको कालिका एफएमले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको समाचारमा रोक लगाएको छ । बन मन्त्री तथा चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार विक्रम पाण्डेको लगानी रहेको उक्त एफएमले एक हप्तादेखि लोकतान्त्रिक गठबन्धनका समाचारहरु मात्रै बजाउँदै आएको छ ।
चुनावी संघारमा चितवनका वामगठबन्धनको समाचार प्रसारणमा रेडियो सञ्चालक पाण्डेले प्रतिबन्ध लगाएको त्यहाँ कार्यरत एक कर्मचारीले नाम नबताउने शर्तमा बताए । चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डसँग पाण्डेको प्रतिस्पर्धा हुँदैछ । राप्रपाका पाण्डे लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार हुन् भने प्रचण्ड वाम गठबन्धनबाट उम्मेदवार रहेका छन् ।
चितवन क्षेत्र नम्बर २ (ख) प्रदेश सभाका वामगठबन्धनका साझा उम्मेदवार विजय सुवेदीले राज्यबाट स्वीकृति लिएर सञ्चालन गरेको रेडियो सञ्चालकले समाचारमा प्रतिबन्ध लगाउनु प्रजातन्त्रको उपहास भएको बताएका छन् । ‘यो त आचारसंहिता विपरीत भयो, सम्बन्धित पक्षले हेर्नुप¥यो’ सुवेदीले भने ।
पाण्डेको उक्त कदमको चौतर्फी विरोध भएको छ । नेपाल पत्रकार महासंघ चितवन शाखा, विभिन्न मानवअधिकारवादी संघसंस्थाले एक पक्षीय समाचार बजाएर लोकतन्त्रको मजाक उडाएको आरोप लगाएका छन् ।
Comments
अरु समाचार
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...












