भोट हाल्न जानु अघि गगन थापादेखि माधवकुमार नेपालसम्मका उम्मेदवारले के गरे ?
काठमाडौं, २१ मंसिर । आज दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन भईरहेको छ । अहिले सम्म सबै ठाउँमा शान्तिपूर्णरुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारहरु पनि मतदान गर्न मतदान केन्द्रसम्म पुगेका छन् ।
भोट हाल्न जानु अघि कोही पुजा गर्न मन्दिर पुगेका छन् त कसैलाई छोरी शुभकामना दिएका छन् । काठमाडौं क्षेत्र नम्बर २ का एमाले उम्मेदवार माधवकुमार नेपाल बहिनी बसुधा पोखरेलको हातबाट टिका लगाएर भोट हाल्न पुगेका छन् ।
यस्तै काठमाडौं क्षेत्र नम्बर ४ का कांग्रेस उम्मेदवार गगनकुमार थापालाई भोट हाल्न जानु अघि छोरीहरुले शुभकाना दिएका छन् । ललितपुर १ का कांग्रेस उम्मेदवार उदयशम्शेर राणा बज्रबारही मन्दिरमा पुजा गरेर भोट खसाल्न पुगेका छन् । त्यस्तै अन्य शीर्ष तथा चर्चित नेतादेखि उम्मेदवारहरुले कसैले मन्दिरको पूजा गरेर मतदान गरेका छन्, कसैले शुभसाईतमा मतदान गरेका छन् ।
अहिलेसम्म माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेता कृष्ण महरा, लेखराज भट्ट, बीना मगर लगायतका शीर्ष नेताहरुले मतदान गरिसकेका छन् । त्यस्तै एमालेका पूर्वप्रधमनमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल, एमाले उपमहासचिव विष्णु पौडेल, नेताहरु रबीन्द्र अधिकारी, राजन भट्टराई लगायतले समेत मतदान गरिसकेका छन् । त्यस्तै नेपाली कांग्रेसका वरिष्ट नेता रामचन्द्र पौडेल, शेखर कोईराला, प्रकाशमान सिंहलगायतका शीर्ष नेताहरुले समेत मतदान गरिसकेका छन् ।
Comments
अरु समाचार
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...












