चुनाव सकिएपछि नेताका गलामा अढाइ करोडको माला, तिहारमा भन्दा बढी कारोबार
काठमाडौं, २ पुष । तिहार सकिएको दुई महिना बितिसकेको छ । तिहारमा बढी बिक्री हुने सयपत्री फूलको कारोबार भने तिहारको समयभन्दा झन्डै दोब्बरले बढेको छ । तिहारलगत्तैदेखि चुनावी कार्यक्रम सुरु भएकाले नेताहरूको स्वागतका लागि सहरदेखि गाउँसम्म गोदाबरी फूलको कारोबार बढेको कारोबार दैनिकमा खबर छ ।
पुष्प कारोबार गर्नेका लागि चुनाव आम्दानीको बनेको छ । फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान) का अनुसार चुनावी कार्यक्रमको करिव एक महिनामा करिव २ करोड ५० लाख रकम बराबरको मालाको कारोबार भएको छ । “चुनावको प्रचारप्रसारमा हिँड्ने नेताहरूलाई स्वागत गर्नका लागि यसपटक सयपत्री फूलको बढी प्रयोग भएको देखिएको छ,” फ्यानका अध्यक्ष कुमार कसजु भन्छन्, “सहरदेखि गाउँसम्म चुनावी अभियानमा जताततै फूलको प्रयोग भएको छ, यसले पुष्प बजार थप चलायमान भएको छ ।” तिहारको अवधिमा औषतमा दैनिक ५ हजारदेखि ७ हजार गोटा सयपत्री फूलको माला बिक्री हुने गरेकोमा चुनावी अभियानका क्रममा १० देखि १२ हजार गोटा पुगेको गरेको उनले बताए ।
नेता कार्यकर्ता सबैले चुनावी अभियानका क्रममा घरदैलो तथा आमसभा गर्दा पनि सयपत्री फूलको माला नै प्रयोग गर्ने गरेको फेसबुकका भित्ताहरूमा बर्गेल्ती पाइन्छन् । पछिल्ला वर्षमा अतिथि सत्कार वा सम्मानका लागि सिल्क कपडाबाट बनाइएका खादाहरूको प्रचलन बिस्तारै घट्दै गर्दा यस्ता कार्यक्रममा पुष्पको प्रयोग हुन थालेको हो । बागमती सरसफाई गर्दा अत्यधिक मात्रामा खादा भेटिएपछि तत्कालीन सरकारका मुख्यसचिव तथा वागमती सरसफाइ कार्यक्रमका अगुवा लिलामणि पौडेलले खादाले माटो प्रदूषित हुने भएकाले खादाको सट्टा मालाको प्रयोग गर्ने अभियान नै चलाएका थिए ।
हिमाल, पहाड, तराइ तिनै क्षेत्रमा सकेसम्म फूलको माला नै प्रयोग गर्ने गरेको पाइएको छ । “यसपटक तिहार छिट्टै परेकाले धेरैजसो भेगमा तिहार सकिएपछि मात्र सयपत्री फूलेका थिए, फूलेका सयपत्रीको बिक्री गर्न चुनाव सुनौलो अवसर बनेको पाइयो,” अध्यक्ष कसजु भन्छन्, “प्रत्यक्ष रूपमा किनबेचबाहेक गाउँगाउँमा किसानहरूले आफ्नो करेसाबारीमा रहेको फूल टिपेर उम्मेदवारहरूलाई माला उनेर लाइदिएको पनि पाइएको छ ।” तिहारलगत्तै सयपत्री फूलको माग घट्ने गरेकोमा चुनावकै कारण तिहारलगत्तै माग ह्वात्तै बढेको बताउने उनी दैनिक करिव ८ देखि ९ लाख रुपैयाँ बराबरको सयपत्री फूलको कारोबार हुने गरेको बताउँछन् ।
Comments
अरु समाचार
-
एनआरएनए एसिया–प्रशान्त सम्मेलन ‘आरोहण २०२६’ ग्वाङझाउमा हुँदै, आइतबार पत्रकार सम्मेलन गर्दै
काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) को ११औँ एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन ‘आरोहण २०२६’ चीनको ग्वाङझाउ शहरमा...
-
मौद्रिक नीतिलाई लगानी र निजी क्षेत्रमैत्री बनाउन चेम्बर अफ कमर्सको सुझाव
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन तथा निजी क्षेत्रमैत्री बनाउन नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझाव...
-
११ महिनामा आयातनिर्यात दुवै बढ्यो, व्यापार घाटा १६ खर्ब नाघ्यो
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको आयात र निर्यात दुवैमा वृद्धि भएको छ। भन्सार विभागले सोमबार...
-
ई–पासपोर्ट छपाइ प्रकरण : आरजुसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं। ई–पासपोर्ट (राहदानी) छपाइसँग सम्बन्धित अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। गत असार...
-
नेपाल अझै सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ मा, थप सुधार आवश्यक
काठमाडौँ। सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय ‘वित्तीय कारबाही कार्यदल’ फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ)ले नेपाललाई अझै निगरानी सूची अर्थात्...
-
राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर यस्तो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...











