चुनाव सकिएपछि नेताका गलामा अढाइ करोडको माला, तिहारमा भन्दा बढी कारोबार
काठमाडौं, २ पुष । तिहार सकिएको दुई महिना बितिसकेको छ । तिहारमा बढी बिक्री हुने सयपत्री फूलको कारोबार भने तिहारको समयभन्दा झन्डै दोब्बरले बढेको छ । तिहारलगत्तैदेखि चुनावी कार्यक्रम सुरु भएकाले नेताहरूको स्वागतका लागि सहरदेखि गाउँसम्म गोदाबरी फूलको कारोबार बढेको कारोबार दैनिकमा खबर छ ।
पुष्प कारोबार गर्नेका लागि चुनाव आम्दानीको बनेको छ । फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान) का अनुसार चुनावी कार्यक्रमको करिव एक महिनामा करिव २ करोड ५० लाख रकम बराबरको मालाको कारोबार भएको छ । “चुनावको प्रचारप्रसारमा हिँड्ने नेताहरूलाई स्वागत गर्नका लागि यसपटक सयपत्री फूलको बढी प्रयोग भएको देखिएको छ,” फ्यानका अध्यक्ष कुमार कसजु भन्छन्, “सहरदेखि गाउँसम्म चुनावी अभियानमा जताततै फूलको प्रयोग भएको छ, यसले पुष्प बजार थप चलायमान भएको छ ।” तिहारको अवधिमा औषतमा दैनिक ५ हजारदेखि ७ हजार गोटा सयपत्री फूलको माला बिक्री हुने गरेकोमा चुनावी अभियानका क्रममा १० देखि १२ हजार गोटा पुगेको गरेको उनले बताए ।
नेता कार्यकर्ता सबैले चुनावी अभियानका क्रममा घरदैलो तथा आमसभा गर्दा पनि सयपत्री फूलको माला नै प्रयोग गर्ने गरेको फेसबुकका भित्ताहरूमा बर्गेल्ती पाइन्छन् । पछिल्ला वर्षमा अतिथि सत्कार वा सम्मानका लागि सिल्क कपडाबाट बनाइएका खादाहरूको प्रचलन बिस्तारै घट्दै गर्दा यस्ता कार्यक्रममा पुष्पको प्रयोग हुन थालेको हो । बागमती सरसफाई गर्दा अत्यधिक मात्रामा खादा भेटिएपछि तत्कालीन सरकारका मुख्यसचिव तथा वागमती सरसफाइ कार्यक्रमका अगुवा लिलामणि पौडेलले खादाले माटो प्रदूषित हुने भएकाले खादाको सट्टा मालाको प्रयोग गर्ने अभियान नै चलाएका थिए ।
हिमाल, पहाड, तराइ तिनै क्षेत्रमा सकेसम्म फूलको माला नै प्रयोग गर्ने गरेको पाइएको छ । “यसपटक तिहार छिट्टै परेकाले धेरैजसो भेगमा तिहार सकिएपछि मात्र सयपत्री फूलेका थिए, फूलेका सयपत्रीको बिक्री गर्न चुनाव सुनौलो अवसर बनेको पाइयो,” अध्यक्ष कसजु भन्छन्, “प्रत्यक्ष रूपमा किनबेचबाहेक गाउँगाउँमा किसानहरूले आफ्नो करेसाबारीमा रहेको फूल टिपेर उम्मेदवारहरूलाई माला उनेर लाइदिएको पनि पाइएको छ ।” तिहारलगत्तै सयपत्री फूलको माग घट्ने गरेकोमा चुनावकै कारण तिहारलगत्तै माग ह्वात्तै बढेको बताउने उनी दैनिक करिव ८ देखि ९ लाख रुपैयाँ बराबरको सयपत्री फूलको कारोबार हुने गरेको बताउँछन् ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












