भारतको बार्षिक बजेट भन्दा हिन्दु मन्दिरहरुको आम्दानी कैयौं गुणा बढी, पशुपतिनाथको कति ?
काठमाडौं, १५ पुस । भारतको वार्षिक बजेट १५ लाख करोड भन्दा बढी हुन्छ । एक अर्ब भन्दा बढी जनसंख्या रहेको भारतमा त्यो बजेट एकदमै न्यून भएको भारतीय अर्थविद्हरुको भनाई छ । हिन्दुहरुको बाहुल्यता रहेको भारतमा मन्दिरहरुको संख्या पनि अगन्यमात्रामा छन् । नेपाल र भारत हिन्दु बाहुल्य देश हुन् ।
हिन्दु देवी देवताका मन्दिरमा हिन्दु धर्मावलाम्बीहरुको घुईचो लाग्ने गर्छ । अघात भक्ति भावका कारण हिन्दु धर्मावलम्बीहरु तीर्थ गर्न टाढा टाढा रहेको कहलिएका मन्दिरहरुमा जाने गर्छन । मनोकामाना पुरा हुने विश्वासका साथ उनीहरुले मन्दिरमा भेटी घाटी र दान गर्ने गर्छन ।
जसका कारण हिन्दु मन्दिरहरुको आम्दानी राम्रो हुन्छ । ती मन्दिरहरुले मासिक करोडौं आम्दानी गर्ने गरेका छन् । भारतको कुरा गर्ने हो भने त्यहाँका मन्दिरहरुले बर्षमा करोडौं डलर आम्दानी गर्ने छन् । ती मन्दिरहरुको बार्षिक कुल आम्दानी हिसाब गर्ने हो भने भारतको बार्षिक बजेटको तुलनामा कयौं गुणा बढी हुन्छ ।
एक अध्ययनका अनुसार भारतका सबै साना ठूला मन्दिरले बार्षिक २८० लाख करोड आम्दानी गर्छन् । केही समय अघि भारतका हिन्दु मन्दिरहरुको मासिक आम्दानी सार्वजनिक भएको छ ।
१. तिरुपति बालाजी मन्दिरको आम्दानी १३ सय २५ करोड भारुः
तिरुपति बालाजी मन्दिर भारतको आन्द्र प्रदेशस्थित तिरुमाला पहाडमा छ । यो मन्दिर भारतको सबैभन्दा धनि मन्दिर मध्येको एक हो । यसको मासिक आम्दानी १३२५ करोड छ । भारतको मात्रै नभई एसियाकै सबैभन्दा धनी मध्येको एक मानिएको तिरुपतिको बार्षिक आम्दानी १३२५ करोड भारु रहेको छ ।
२. बैष्णोदेवी मन्दिरको आम्दानी ४ सय करोडः
बैष्णोदेवी मन्दिर भारतको अर्को धनी मन्दिर हो । यो मन्दिर जम्बु कश्मिर स्थित बैष्णो देवी पहाडमा छ । यसको मासिक आम्दानी ४ सय करोड रहेको छ ।
३. रामकृष्ण मिसनको आन्मदानी २ सय करोडः
रामकृष्ण मिसन भारतको रायपुरमा पर्छ । यो एक आश्रम हो । आश्रममा रामकृष्णाको मूर्ती छ । यो आश्रमको मासिक आम्दानी २ सय करोड छ ।
४. जगनाथपुरी मन्दिरको आम्दानी १६० करोडः
यो मन्दिर भारतको उडिसास्थित पुरी शहरमा छ । यसको मासिक आम्दानी १६० करोड बढी रहेको छ ।
५. शिर्डि साइबाबाको आम्दानी १ सय करोडः
भारतको धनी मन्दिरमा पर्ने अर्को मन्दिर हो शिर्डि साइबाबा । यसको मासिक आम्दानी १०० करोड छ ।
६. द्वारिकाधीश मन्दिरः ५० करोडः
यो मन्दिर भारतको उत्तर प्रदेश स्थित मथुरानगरमा छ । यो मन्दिरको मासिक आम्दानी २७ करोड बढी छ ।
७. सिद्धी विनायक मन्दिरः २७ करोडः
यो मन्दिर मुम्बईमा छ । यो मन्दिरको मासिक आम्दानी २७ करोड छ ।
८. वैद्यनाथ मन्दिरः ४० करोडः
यो मन्दिर भारतको झारखण्ड राज्यको देवघर जिल्लामा रहेको छ । यसको मासिक आम्दानी ४० करोड छ ।
९. अम्बाजी मन्दिरः ४० करोडः
अम्बाजी मन्दिर भारतको गुजरातमा छ । यो मन्दिरको मासिक आम्दानी ४० करोड रहेको छ ।
१०. त्रैयम्बकेश्वर मन्दिरः ३५ करोडः
यो मन्दिर महाराष्ट्रस्थित नासिक जिल्लामा छ । यसको आम्दानी मासिक ३५ करोड रहेको छ ।
नेपालको सबैभन्दा धनी पशुपतिनाथ मन्दिरको आम्दानी कति ?
नेपालको पशुपतिनाथ मन्दिरको आम्दानी सार्वजनिक गर्ने प्रचलन छैन । यद्यपी पशुपतिनाथ नेपालको सबैभन्दा धनी मन्दिर हो । यो मन्दिर २६४ हेक्टर क्षेत्रफलमा फैलिएको छ । पशुपतिनाथको (तिलगंगा आँखा अस्पताल भएको) पाँच रोपनी, (त्रिभुवन विमानस्थल, पार्किङ र गल्फकोर्ट) एक हजार एक सय ६७ रोपनी, रौतहट र सर्लाही– १ हजार १ सय बिघा, गोठाटार– ५ सय ३५ रोपनी, भण्डारखाल आसपास र मृगस्थली– १ सय ५१ रोपनी गरी ४ हजार ६ सय रोपनी भन्दा बढी जग्गा छ ।
साथै यहाँ बर्षेनी लाखौं भक्तजन दर्शन गर्न आउँछन् । यस्तै बाह्य पर्यटकको आकर्षणको केन्द्र पनि पशुपतिनाथ हो । पशुपतिनाथले बार्षिक अर्बौ आम्दानी गर्ने बताइएपनि यकिन विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन । पशुपतिमा भारतीय नागरिक मुल भट्ट भएकै कारण मन्दिरको यथेष्ठ आम्दानी सार्वजनिक हुन नसकेको बताइदै आएको छ । सरकारले पशुपतिको आम्दानी व्यवस्थित गर्न कोषको व्यवस्था गरेपनि कूल आम्दानी भने अहिलेसम्म पनि सार्वजनिक गरिएको छैन् ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












