भारतको बार्षिक बजेट भन्दा हिन्दु मन्दिरहरुको आम्दानी कैयौं गुणा बढी, पशुपतिनाथको कति ?
काठमाडौं, १५ पुस । भारतको वार्षिक बजेट १५ लाख करोड भन्दा बढी हुन्छ । एक अर्ब भन्दा बढी जनसंख्या रहेको भारतमा त्यो बजेट एकदमै न्यून भएको भारतीय अर्थविद्हरुको भनाई छ । हिन्दुहरुको बाहुल्यता रहेको भारतमा मन्दिरहरुको संख्या पनि अगन्यमात्रामा छन् । नेपाल र भारत हिन्दु बाहुल्य देश हुन् ।
हिन्दु देवी देवताका मन्दिरमा हिन्दु धर्मावलाम्बीहरुको घुईचो लाग्ने गर्छ । अघात भक्ति भावका कारण हिन्दु धर्मावलम्बीहरु तीर्थ गर्न टाढा टाढा रहेको कहलिएका मन्दिरहरुमा जाने गर्छन । मनोकामाना पुरा हुने विश्वासका साथ उनीहरुले मन्दिरमा भेटी घाटी र दान गर्ने गर्छन ।
जसका कारण हिन्दु मन्दिरहरुको आम्दानी राम्रो हुन्छ । ती मन्दिरहरुले मासिक करोडौं आम्दानी गर्ने गरेका छन् । भारतको कुरा गर्ने हो भने त्यहाँका मन्दिरहरुले बर्षमा करोडौं डलर आम्दानी गर्ने छन् । ती मन्दिरहरुको बार्षिक कुल आम्दानी हिसाब गर्ने हो भने भारतको बार्षिक बजेटको तुलनामा कयौं गुणा बढी हुन्छ ।
एक अध्ययनका अनुसार भारतका सबै साना ठूला मन्दिरले बार्षिक २८० लाख करोड आम्दानी गर्छन् । केही समय अघि भारतका हिन्दु मन्दिरहरुको मासिक आम्दानी सार्वजनिक भएको छ ।
१. तिरुपति बालाजी मन्दिरको आम्दानी १३ सय २५ करोड भारुः
तिरुपति बालाजी मन्दिर भारतको आन्द्र प्रदेशस्थित तिरुमाला पहाडमा छ । यो मन्दिर भारतको सबैभन्दा धनि मन्दिर मध्येको एक हो । यसको मासिक आम्दानी १३२५ करोड छ । भारतको मात्रै नभई एसियाकै सबैभन्दा धनी मध्येको एक मानिएको तिरुपतिको बार्षिक आम्दानी १३२५ करोड भारु रहेको छ ।
२. बैष्णोदेवी मन्दिरको आम्दानी ४ सय करोडः
बैष्णोदेवी मन्दिर भारतको अर्को धनी मन्दिर हो । यो मन्दिर जम्बु कश्मिर स्थित बैष्णो देवी पहाडमा छ । यसको मासिक आम्दानी ४ सय करोड रहेको छ ।
३. रामकृष्ण मिसनको आन्मदानी २ सय करोडः
रामकृष्ण मिसन भारतको रायपुरमा पर्छ । यो एक आश्रम हो । आश्रममा रामकृष्णाको मूर्ती छ । यो आश्रमको मासिक आम्दानी २ सय करोड छ ।
४. जगनाथपुरी मन्दिरको आम्दानी १६० करोडः
यो मन्दिर भारतको उडिसास्थित पुरी शहरमा छ । यसको मासिक आम्दानी १६० करोड बढी रहेको छ ।
५. शिर्डि साइबाबाको आम्दानी १ सय करोडः
भारतको धनी मन्दिरमा पर्ने अर्को मन्दिर हो शिर्डि साइबाबा । यसको मासिक आम्दानी १०० करोड छ ।
६. द्वारिकाधीश मन्दिरः ५० करोडः
यो मन्दिर भारतको उत्तर प्रदेश स्थित मथुरानगरमा छ । यो मन्दिरको मासिक आम्दानी २७ करोड बढी छ ।
७. सिद्धी विनायक मन्दिरः २७ करोडः
यो मन्दिर मुम्बईमा छ । यो मन्दिरको मासिक आम्दानी २७ करोड छ ।
८. वैद्यनाथ मन्दिरः ४० करोडः
यो मन्दिर भारतको झारखण्ड राज्यको देवघर जिल्लामा रहेको छ । यसको मासिक आम्दानी ४० करोड छ ।
९. अम्बाजी मन्दिरः ४० करोडः
अम्बाजी मन्दिर भारतको गुजरातमा छ । यो मन्दिरको मासिक आम्दानी ४० करोड रहेको छ ।
१०. त्रैयम्बकेश्वर मन्दिरः ३५ करोडः
यो मन्दिर महाराष्ट्रस्थित नासिक जिल्लामा छ । यसको आम्दानी मासिक ३५ करोड रहेको छ ।
नेपालको सबैभन्दा धनी पशुपतिनाथ मन्दिरको आम्दानी कति ?
नेपालको पशुपतिनाथ मन्दिरको आम्दानी सार्वजनिक गर्ने प्रचलन छैन । यद्यपी पशुपतिनाथ नेपालको सबैभन्दा धनी मन्दिर हो । यो मन्दिर २६४ हेक्टर क्षेत्रफलमा फैलिएको छ । पशुपतिनाथको (तिलगंगा आँखा अस्पताल भएको) पाँच रोपनी, (त्रिभुवन विमानस्थल, पार्किङ र गल्फकोर्ट) एक हजार एक सय ६७ रोपनी, रौतहट र सर्लाही– १ हजार १ सय बिघा, गोठाटार– ५ सय ३५ रोपनी, भण्डारखाल आसपास र मृगस्थली– १ सय ५१ रोपनी गरी ४ हजार ६ सय रोपनी भन्दा बढी जग्गा छ ।
साथै यहाँ बर्षेनी लाखौं भक्तजन दर्शन गर्न आउँछन् । यस्तै बाह्य पर्यटकको आकर्षणको केन्द्र पनि पशुपतिनाथ हो । पशुपतिनाथले बार्षिक अर्बौ आम्दानी गर्ने बताइएपनि यकिन विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन । पशुपतिमा भारतीय नागरिक मुल भट्ट भएकै कारण मन्दिरको यथेष्ठ आम्दानी सार्वजनिक हुन नसकेको बताइदै आएको छ । सरकारले पशुपतिको आम्दानी व्यवस्थित गर्न कोषको व्यवस्था गरेपनि कूल आम्दानी भने अहिलेसम्म पनि सार्वजनिक गरिएको छैन् ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...












