सबैलाई थाहा बत्ती अध्यारोमा बालिन्छ ! तर तराईमा दिनभर पनि बल्छन् सडक बत्ती
काठमाडौं, २० पुस । अँध्यारोको अन्त्यका लागि बिजुली बालिन्छ । यो सामान्य कुरा हो तर तराई मधेशका विभिन्न जिल्लामा राति मात्रै बाल्नुपर्ने बिजुली दिनभर पनि बलिरहेको हुन्छ भन्ने सुन्दा र देख्दा तपाईलाई कस्तो लाग्छ ? तर यो यथार्थ हो ।
तराई मधेशका नगरपालिकाले रातको समयमा उज्यालोका लागि राखिएका बत्ती दिनभरि बलिरहेको पाइएको छ । प्राधिकरणको हेटौँडा क्षेत्रीय कार्यालयअन्तर्गतका भरतपुर तथा वीरगञ्ज महानगरपालिका, हेटौँडा उपमहानगरपालिका, गौर, कलैयालगायत नगरपालिकाले विद्युत्को खम्बामा झुण्ड्याइएका सडक बत्तीका बल्ब दिनभर बलिरहेका हुन्छन् । धेरै ठाउँमा बत्ती बाल्न तथा निभाउन स्विचसमेत राखिएको छैन ।
जनकपुर क्षेत्रीय कार्यालयअन्तर्गतका जनकपुर उपमहानगरपालिका, जलेश्वर नगरपालिका, मलंगवालगायत नगरपालिकाले राखेका सडक बत्ती दिनभर बलिरहेका छन् । सडक बत्ती राति मात्रै बालिने भएकाले त्यस्ता सडक बत्तीको १२ घण्टाको मात्रै बिलिङ हुने गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने मुख्य तथा भित्री सडकमा बत्ती राख्ने तर त्यसलाई ननिभाउँदा बिजुली चुहावट भइरहेको छ ।
यसबाट प्राधिकरणले करोडौँ रुपैयाँ राजस्व गुमाइरहेको छ । जनकपुरजस्ता क्षेत्रमा अनावश्यक बिजुली बल्दा अन्य क्षेत्रमा आपूर्ति पुगेको छैन । दिनभर सडक बत्ती बल्दा उत्पादनमा दवाव पर्छ भने अर्कातर्फ भारतबाट बढी आयात गर्नुपर्छ । “निर्वाचित जनप्रतिनिधि आएपछि सडक बत्ती राख्न प्रतिस्पर्धा नै चलेको छ तर हामीसँग समन्वय नै नगरी हचुवाको भरमा जथाभावी रुपमा सडक बत्ती राखिएको छ, निभाउन तथा बाल्न स्विचसमेत राखिएको छैन”, जनकपुर क्षेत्रीय कार्यालयले जनाएको छ ।
सो कार्यालयले किन यस्तो गरियो भनेर प्रमुख-उपप्रमुखलाई सोध्यो, तर उत्तर भने “हामी निर्वाचित प्रतिनिधि हौँ, यस्तो अधिकार छ भन्नुहुन्छ, उहाँहरुको अगाडि हामी निरीह बन्नुपर्ने अवस्था छ ।” सडक बत्तीबाट विद्युत् चुहावट भइरहेको र राजस्वसमेत गुमिरहेको पाइएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दिनभर बल्ने सडक बत्ती निकाल्न सम्बन्धित क्षेत्रीय कार्यालय र वितरण केन्द्रका प्रमुखलाई निर्देशन दिएका छन् ।
घिसिङले जनकपुर तथा हेडौँडा क्षेत्रीय कार्यालयअन्तर्गतका वितरण केन्द्रको आइतबार, सोमबार र मंगलबार स्थलगत निरीक्षण गरेका थिए । “त्यस क्षेत्रका नगरपालिकाले राखेका सडक बत्ती दिनभर बल्दा रहेछन्, यसबाट एकातर्फ प्राधिकरणले राजस्व गुमाएको छ भने अर्कोतर्फ ऊर्जा खेर गइरहेको छ”, उनले भने, “दिउँसो बत्ती निभाउन नगरपालिका र त्यहाँका बासिन्दासमेतले पहल गर्नुपर्यो, अब त्यस्ता बत्ती निकाल्न अभियान नै शुरु गरिसकेका छौँ ।” उनले दिउँसो बलिरहने सडक बत्ती निभाइदिएर ‘उज्यालो नेपाल’ अभियान सफल बनाउन सहयोग गरिदिन आग्रहसमेत गरे ।
सडक बत्ती दिनभर बल्ने सबैभन्दा ठूला समस्या जनकपुरमा छ । जनकपुर वितरण केन्द्रको विद्युत् चुहावटमा सडक बत्तीको हिस्सा करिब एक प्रतिशत रहेको अनुमान गरिएको छ । जनकपुर वितरण केन्द्रको कार्यालय अगाडि नै राखिएको सडक बत्ती दिनभर बलिरहन्छ । त्यसलाई न त जनकपुर उपमहानगरपालिकाले निभाउँछ न प्राधिकरणका कर्मचारीले नै । स्विच राखिएको ठाउँका सडक बत्तीसमेत दिनभर बलिरहने गरेको जनपुर क्षेत्रीय कार्यालयका प्रमुख सच्चिदानन्द यादवले स्वीकार गरे । उनले भने, “सडक बत्ती निभाउन भनिरहेका छौँ तर हाम्रो प्रयास प्रभावकारी हुन सकिरहेको छैन ।”
हेडौँडा क्षेत्रीय कार्यालयअन्तर्गतको सडक बत्तीको बक्यौता रु ७१ करोड ४१ लाख छ । विद्युत् चुहावट १५.३९ प्रतिशत छ । प्राधिकरणले आगामी असारसम्ममा चुहावट १२ प्रतिशतमा झार्न लक्ष्य दिएको छ । यसैगरी जनकपुर क्षेत्रीय कार्यालयअन्तर्गतको सडक बत्तीको बक्यौता रु ५७ करोड १४ लाख ४८ हजार छ । रासस
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












