सबैलाई थाहा बत्ती अध्यारोमा बालिन्छ ! तर तराईमा दिनभर पनि बल्छन् सडक बत्ती
काठमाडौं, २० पुस । अँध्यारोको अन्त्यका लागि बिजुली बालिन्छ । यो सामान्य कुरा हो तर तराई मधेशका विभिन्न जिल्लामा राति मात्रै बाल्नुपर्ने बिजुली दिनभर पनि बलिरहेको हुन्छ भन्ने सुन्दा र देख्दा तपाईलाई कस्तो लाग्छ ? तर यो यथार्थ हो ।
तराई मधेशका नगरपालिकाले रातको समयमा उज्यालोका लागि राखिएका बत्ती दिनभरि बलिरहेको पाइएको छ । प्राधिकरणको हेटौँडा क्षेत्रीय कार्यालयअन्तर्गतका भरतपुर तथा वीरगञ्ज महानगरपालिका, हेटौँडा उपमहानगरपालिका, गौर, कलैयालगायत नगरपालिकाले विद्युत्को खम्बामा झुण्ड्याइएका सडक बत्तीका बल्ब दिनभर बलिरहेका हुन्छन् । धेरै ठाउँमा बत्ती बाल्न तथा निभाउन स्विचसमेत राखिएको छैन ।
जनकपुर क्षेत्रीय कार्यालयअन्तर्गतका जनकपुर उपमहानगरपालिका, जलेश्वर नगरपालिका, मलंगवालगायत नगरपालिकाले राखेका सडक बत्ती दिनभर बलिरहेका छन् । सडक बत्ती राति मात्रै बालिने भएकाले त्यस्ता सडक बत्तीको १२ घण्टाको मात्रै बिलिङ हुने गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने मुख्य तथा भित्री सडकमा बत्ती राख्ने तर त्यसलाई ननिभाउँदा बिजुली चुहावट भइरहेको छ ।
यसबाट प्राधिकरणले करोडौँ रुपैयाँ राजस्व गुमाइरहेको छ । जनकपुरजस्ता क्षेत्रमा अनावश्यक बिजुली बल्दा अन्य क्षेत्रमा आपूर्ति पुगेको छैन । दिनभर सडक बत्ती बल्दा उत्पादनमा दवाव पर्छ भने अर्कातर्फ भारतबाट बढी आयात गर्नुपर्छ । “निर्वाचित जनप्रतिनिधि आएपछि सडक बत्ती राख्न प्रतिस्पर्धा नै चलेको छ तर हामीसँग समन्वय नै नगरी हचुवाको भरमा जथाभावी रुपमा सडक बत्ती राखिएको छ, निभाउन तथा बाल्न स्विचसमेत राखिएको छैन”, जनकपुर क्षेत्रीय कार्यालयले जनाएको छ ।
सो कार्यालयले किन यस्तो गरियो भनेर प्रमुख-उपप्रमुखलाई सोध्यो, तर उत्तर भने “हामी निर्वाचित प्रतिनिधि हौँ, यस्तो अधिकार छ भन्नुहुन्छ, उहाँहरुको अगाडि हामी निरीह बन्नुपर्ने अवस्था छ ।” सडक बत्तीबाट विद्युत् चुहावट भइरहेको र राजस्वसमेत गुमिरहेको पाइएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दिनभर बल्ने सडक बत्ती निकाल्न सम्बन्धित क्षेत्रीय कार्यालय र वितरण केन्द्रका प्रमुखलाई निर्देशन दिएका छन् ।
घिसिङले जनकपुर तथा हेडौँडा क्षेत्रीय कार्यालयअन्तर्गतका वितरण केन्द्रको आइतबार, सोमबार र मंगलबार स्थलगत निरीक्षण गरेका थिए । “त्यस क्षेत्रका नगरपालिकाले राखेका सडक बत्ती दिनभर बल्दा रहेछन्, यसबाट एकातर्फ प्राधिकरणले राजस्व गुमाएको छ भने अर्कोतर्फ ऊर्जा खेर गइरहेको छ”, उनले भने, “दिउँसो बत्ती निभाउन नगरपालिका र त्यहाँका बासिन्दासमेतले पहल गर्नुपर्यो, अब त्यस्ता बत्ती निकाल्न अभियान नै शुरु गरिसकेका छौँ ।” उनले दिउँसो बलिरहने सडक बत्ती निभाइदिएर ‘उज्यालो नेपाल’ अभियान सफल बनाउन सहयोग गरिदिन आग्रहसमेत गरे ।
सडक बत्ती दिनभर बल्ने सबैभन्दा ठूला समस्या जनकपुरमा छ । जनकपुर वितरण केन्द्रको विद्युत् चुहावटमा सडक बत्तीको हिस्सा करिब एक प्रतिशत रहेको अनुमान गरिएको छ । जनकपुर वितरण केन्द्रको कार्यालय अगाडि नै राखिएको सडक बत्ती दिनभर बलिरहन्छ । त्यसलाई न त जनकपुर उपमहानगरपालिकाले निभाउँछ न प्राधिकरणका कर्मचारीले नै । स्विच राखिएको ठाउँका सडक बत्तीसमेत दिनभर बलिरहने गरेको जनपुर क्षेत्रीय कार्यालयका प्रमुख सच्चिदानन्द यादवले स्वीकार गरे । उनले भने, “सडक बत्ती निभाउन भनिरहेका छौँ तर हाम्रो प्रयास प्रभावकारी हुन सकिरहेको छैन ।”
हेडौँडा क्षेत्रीय कार्यालयअन्तर्गतको सडक बत्तीको बक्यौता रु ७१ करोड ४१ लाख छ । विद्युत् चुहावट १५.३९ प्रतिशत छ । प्राधिकरणले आगामी असारसम्ममा चुहावट १२ प्रतिशतमा झार्न लक्ष्य दिएको छ । यसैगरी जनकपुर क्षेत्रीय कार्यालयअन्तर्गतको सडक बत्तीको बक्यौता रु ५७ करोड १४ लाख ४८ हजार छ । रासस
Comments
अरु समाचार
-
एनआरएनए एसिया–प्रशान्त सम्मेलन ‘आरोहण २०२६’ ग्वाङझाउमा हुँदै, आइतबार पत्रकार सम्मेलन गर्दै
काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) को ११औँ एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन ‘आरोहण २०२६’ चीनको ग्वाङझाउ शहरमा...
-
मौद्रिक नीतिलाई लगानी र निजी क्षेत्रमैत्री बनाउन चेम्बर अफ कमर्सको सुझाव
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन तथा निजी क्षेत्रमैत्री बनाउन नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझाव...
-
११ महिनामा आयातनिर्यात दुवै बढ्यो, व्यापार घाटा १६ खर्ब नाघ्यो
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको आयात र निर्यात दुवैमा वृद्धि भएको छ। भन्सार विभागले सोमबार...
-
ई–पासपोर्ट छपाइ प्रकरण : आरजुसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं। ई–पासपोर्ट (राहदानी) छपाइसँग सम्बन्धित अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। गत असार...
-
नेपाल अझै सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ मा, थप सुधार आवश्यक
काठमाडौँ। सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय ‘वित्तीय कारबाही कार्यदल’ फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ)ले नेपाललाई अझै निगरानी सूची अर्थात्...
-
राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर यस्तो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...











