आगामी चैत्र १७ बाट धनगढीमा २५ लाख राशीको डीपीएल क्रिकेट हुने
काठमाडौं, २० पुस । आगामी चैत्र १७ गतेबाट धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट हुने भएको छ । माघ ५ गतेबाट गर्ने तयारी भएपनि राष्ट्रिय टोली व्यस्त रहने भएकाले प्रतियोगिता केही पछि सार्नु परेको आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ ।
बैशाख १ गतेसम्म सञ्चालन हुने डीपीएल २ खेल्ने खेलाडीहरुको छनोट अक्सनबाट गरिनेछ । फागुन ५ मा अक्सन हुनेछ । यसका लागि खेलाडीहरुले पुस २० बाट माघ २५ गतेसम्म आफ्नो नाम दर्ता गरिसक्नु पर्नेछ । अक्सन अघि डीपीएल खेल्ने टिम र रणनीतिक खेलाडी छनोट गरिने आयोजकले जनाएको छ । कप्तान छनोट जिम्मा भने फ्रेन्चाइज टिमलाई नै दिइनेछ ।
खेलाडीहरुलाई तीन समूहमा बाँडिनेछ । कम्तिमा १५ अन्तर्राष्ट्रिय खेल खेलेका तथा ३ वर्षदेखि राष्ट्रिय टोलीमा रहेका खेलाडीहरु समूह ए मा पर्नेछन् भने बाँकी राष्ट्रिय, समूह समूह खेलेका वा क्याम्पमा परेका खेलाडी समूह बीमा हुनेछन् ।
समूह सीमा भने अनक्याप खेलाडीहरुलाई राखिनेछ । हरेक फ्रेन्चाइज क्लबले न्युनतम रुपमा समूह एका दुई, बीका तीन र सीका ५ खेलाडी राख्नुपर्नेछ । हरेक टिममा १५ खेलाडी हुनेछन्, जसमा दुई विदेशी र धनगढीमा हुने ट्यालेन्ट हन्टबाट सुदूरपश्चिमका एक खेलाडीलाई अनिवार्य समावेश गर्नुपर्नेछ ।
विजेताले २५ लाख रुपैयाँ पाउनेछ भने उपविजेताले १० लाख, तेस्रो हुनेले ३ र चौथोले २ लाख पाउनेछ । विजेताको रकम गत वर्ष भन्दा १० लाख वढी हो । गत वर्ष विजेतालाई १५ लाख र उपविजेतालाई ७ लाख दिइएको थियो ।
यस्तै म्यान अफ दि म्याचलाई १० हजार र म्यान अफ दि सिरिजलाई मोटरसाइकल पुसस्कार छ । प्रतियोगिताका उत्कृष्ट ब्याट्सम्यान र बलरले पनि पुरस्कार पाउनेछन् । आयोजकका अनुसार कुल पुरस्कार राशी ५० लाख रुपैयाँ छ ।
आयोजकले यस पटकबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटमा सहभागी एक पूर्वखेलाडीलाई धनगढी क्रिकेट सम्मान र राष्ट्रिय क्रिकेटमा महत्वपूर्ण योगदान दिने एक जनालाई ‘अर्जुन खड्का स्मृति सम्मान स्वरुप १र१ लाख दिनेछ ।
प्रतियोगिताको कुल खर्च करिव ३ करोड रहेको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले जानकारी दिए ।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












