आगामी चैत्र १७ बाट धनगढीमा २५ लाख राशीको डीपीएल क्रिकेट हुने
काठमाडौं, २० पुस । आगामी चैत्र १७ गतेबाट धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट हुने भएको छ । माघ ५ गतेबाट गर्ने तयारी भएपनि राष्ट्रिय टोली व्यस्त रहने भएकाले प्रतियोगिता केही पछि सार्नु परेको आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ ।
बैशाख १ गतेसम्म सञ्चालन हुने डीपीएल २ खेल्ने खेलाडीहरुको छनोट अक्सनबाट गरिनेछ । फागुन ५ मा अक्सन हुनेछ । यसका लागि खेलाडीहरुले पुस २० बाट माघ २५ गतेसम्म आफ्नो नाम दर्ता गरिसक्नु पर्नेछ । अक्सन अघि डीपीएल खेल्ने टिम र रणनीतिक खेलाडी छनोट गरिने आयोजकले जनाएको छ । कप्तान छनोट जिम्मा भने फ्रेन्चाइज टिमलाई नै दिइनेछ ।
खेलाडीहरुलाई तीन समूहमा बाँडिनेछ । कम्तिमा १५ अन्तर्राष्ट्रिय खेल खेलेका तथा ३ वर्षदेखि राष्ट्रिय टोलीमा रहेका खेलाडीहरु समूह ए मा पर्नेछन् भने बाँकी राष्ट्रिय, समूह समूह खेलेका वा क्याम्पमा परेका खेलाडी समूह बीमा हुनेछन् ।
समूह सीमा भने अनक्याप खेलाडीहरुलाई राखिनेछ । हरेक फ्रेन्चाइज क्लबले न्युनतम रुपमा समूह एका दुई, बीका तीन र सीका ५ खेलाडी राख्नुपर्नेछ । हरेक टिममा १५ खेलाडी हुनेछन्, जसमा दुई विदेशी र धनगढीमा हुने ट्यालेन्ट हन्टबाट सुदूरपश्चिमका एक खेलाडीलाई अनिवार्य समावेश गर्नुपर्नेछ ।
विजेताले २५ लाख रुपैयाँ पाउनेछ भने उपविजेताले १० लाख, तेस्रो हुनेले ३ र चौथोले २ लाख पाउनेछ । विजेताको रकम गत वर्ष भन्दा १० लाख वढी हो । गत वर्ष विजेतालाई १५ लाख र उपविजेतालाई ७ लाख दिइएको थियो ।
यस्तै म्यान अफ दि म्याचलाई १० हजार र म्यान अफ दि सिरिजलाई मोटरसाइकल पुसस्कार छ । प्रतियोगिताका उत्कृष्ट ब्याट्सम्यान र बलरले पनि पुरस्कार पाउनेछन् । आयोजकका अनुसार कुल पुरस्कार राशी ५० लाख रुपैयाँ छ ।
आयोजकले यस पटकबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटमा सहभागी एक पूर्वखेलाडीलाई धनगढी क्रिकेट सम्मान र राष्ट्रिय क्रिकेटमा महत्वपूर्ण योगदान दिने एक जनालाई ‘अर्जुन खड्का स्मृति सम्मान स्वरुप १र१ लाख दिनेछ ।
प्रतियोगिताको कुल खर्च करिव ३ करोड रहेको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले जानकारी दिए ।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












