अब खाना पकाउने ग्यासको अभाव हुने संकेत, काभ्रेका ३ ग्यास उद्योग बन्द गर्न निर्देशन
काभ्रे, २१ पुस । नेपाल नापतौल तथा गुणस्तर विभागले काभ्रेका तीन वटा ग्यास उद्योग बन्द गर्न निर्देशन दिएको छ । शुक्रबार अनुगमनका क्रममा विभागको टोलीले जिल्लामा सञ्चालित तीन वटा ग्यास उद्योग सञ्चालन तत्काल बन्द गर्न निर्देशन दिएको हो ।
बनेपा १० स्थित थापा गाउँमा रहेको सगरमाथा ग्यास उद्योग (सगर ग्यास) सूर्य ग्यास र चण्डेश्वरी ग्यास उद्योग (चण्डी ग्यास) को उत्पादन र विक्रि वितरण गर्न रोक लगाइएको विभागका निर्देशक मनोजकुमार उपाध्यायले जानकारी दिए ।
सरकारको गुणस्तर चिन्ह (एनएस) र सरकारी मापदण्डलाई मिच्दै विग्रिएका पुराना र ग्यास लिक भएका सिलिन्डर बजारमा पठाएको भेटिएपछि बन्द गर्न निर्देशन दिईएको हो । निर्देशक उपाध्यायले भने, ‘नेपाल गुणस्तर चिन्ह समेत छैन, कसरी सञ्चालन हुन्छनर कसरी चल्छन् अचम्म छ ?’
उता उद्योगीहरुले भने गुणस्तर चिन्ह लिने प्रक्रियामा भएको दाबी गरेका छन् । साथै सरकारी निकायले उद्योग बन्द गर्दा नाकाबन्दीको जस्तै अभाव हुने तर्क गरेका छन् । सगरमाथा ग्यास उद्योगका मालिक अमृत अग्रवालले सरकारको नियमलाई मानेर नै अगाडी बढ्दा यस्तो निणर्य गरिनु दुखत् भएको बताए ।
विभागको टोलीले भने काभ्रेमा सञ्चालनमा रहेका अन्य दुई ग्यास उद्योगमा भने अनुगमन गरेन ।बनेपा २ नाला बजारमा रहेको उग्रचण्डी ग्यास उद्योग र बनेपा १३ भैंसीपाटीमा रहेको हिमाल ग्यास उद्योगको अनुगमन विना नै विभागको टोली राजधानी फर्किएको हो ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...












