निर्वाचनमा सरकारले दिएको भन्दा आधा कम खर्च, अब बाँकीको के गर्ने ?
काठमाडौं, २३ पुस । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ५ अर्ब ६२ करोड बढी खर्च भएको छ । निर्वाचन आयोगले आइतबार विज्ञप्ति जारी गर्दै मंसिर १० र २१ गरी दुई चरणमा सम्पन्न निर्वाचनमा सो बराबरको खर्च भएको जनाएको छ ।
निर्वाचनका लागि सरकारले १० अर्ब दिएको थियो । जसमध्ये ३० करोड पुँजीगत खर्चतर्फ रकमान्तर गरिएको थियो भने ९ अर्ब ७० करोड निर्वाचन कार्यका लागि छुट्टाइएको थियो । आयोगका अनुसार २१ पुससम्म ५ अर्ब ६२ करोड २१ लाख ४७ हजार २९९ रुपैयाँ मात्र खर्च भएको छ । यो कुल बजेटको ५७.९६ प्रतिशत हो ।
खर्च गरिएको रकम मध्ये ४ अर्ब ८६ करोड १४ लाख ६८ हजार ६०८ रुपैयाँ ७७ जिल्लामा निकासा भएको छ भने आयोगको केन्द्रीय कार्यालयबाट ७६ करोड ६ लाख ७८ हजार ६९१ रुपैयाँ खर्च भएको छ ।
सरकारले दिएको बजेट मध्ये अब ४ अर्ब ७ करोड ७८ लाख ५२ हजार ७०० रुपैयाँ बाँकी रहेको र यही रकमबाट राष्ट्रियसभा र राष्ट्रपति एवं उपराष्ट्रपतिको निर्वाचन गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।
आयोगका अनुसार निर्वाचनमा २ लाख १५ हजारभन्दा बढी जनशक्ति परिचालन गरिएको थियो भने ६४ भन्दा बढी प्रकारका निर्वाचन सामग्री प्रयोग गरिएका थिए । साथै १६५ निर्वाचन क्षेत्रमध्ये ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका थिए ।
Comments
अरु समाचार
-
सुस्ता बचाउ अभियानको तीन सूत्रीय माग : नागरिकता, लालपुर्जा र सीमा सुरक्षा
काठमाडौं । सुस्ता बचाउ अभियानले आफ्ना तीन सूत्रीय मागसहित काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएको छ। अभियानले भारतीय अतिक्रमण रोक्न सरकारबाट...
-
गोरखाका केही फार्मका सुँगुर-बङ्गुरमा अफ्रिकन स्वाइन फिभर
गोरखा। गोरखा जिल्लामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणका कारण पछिल्लो दुई महिनामा २५० भन्दा बढी सुँगुर र बङ्गुर मरेका छन्। जिल्लास्थित...
-
बढ्दो सहरीकरणले उपत्यकामा खेतीयोग्य जमिन मासिँदै
काठमाडौँ। बढ्दो सहरीकरणसँगै काठमाडौँ उपत्यकामा धान रोप्ने ठाउँका अभाव भइरहेको भन्दै किसानले चिन्ता व्यक्त गरेका छन् । टोखा नगरपालिकाले आज...
-
‘नेपालको हवाई उद्योगको क्षेत्रमा सरकार आफैँले केही गरिहाल्न सक्ने अवस्था छैन’
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको हवाई उद्योगको क्षेत्रमा सरकारले तत्काल केही गर्नसक्ने अवस्था नभएको बताउनुभएको...
-
एनआरएनए एसिया–प्रशान्त सम्मेलन ‘आरोहण २०२६’ ग्वाङझाउमा हुँदै, आइतबार पत्रकार सम्मेलन गर्दै
काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) को ११औँ एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन ‘आरोहण २०२६’ चीनको ग्वाङझाउ शहरमा...
-
मौद्रिक नीतिलाई लगानी र निजी क्षेत्रमैत्री बनाउन चेम्बर अफ कमर्सको सुझाव
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन तथा निजी क्षेत्रमैत्री बनाउन नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझाव...
-
११ महिनामा आयातनिर्यात दुवै बढ्यो, व्यापार घाटा १६ खर्ब नाघ्यो
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको आयात र निर्यात दुवैमा वृद्धि भएको छ। भन्सार विभागले सोमबार...
-
ई–पासपोर्ट छपाइ प्रकरण : आरजुसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं। ई–पासपोर्ट (राहदानी) छपाइसँग सम्बन्धित अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। गत असार...
-
नेपाल अझै सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ मा, थप सुधार आवश्यक
काठमाडौँ। सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय ‘वित्तीय कारबाही कार्यदल’ फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ)ले नेपाललाई अझै निगरानी सूची अर्थात्...











