काभ्रेपछि धादिङमा रहेका ओम र नमस्ते ग्यास उद्योगमा नापतौल विभागको सिल, कारण यस्तो छ
काठमाडौं, २३ पुस । सरकारले धादिङमा रहेका दुई ग्यास उद्योगमा सिल गरेको छ । काभ्रेका तीन ग्यास उद्योग बन्द गर्न निर्देशन दिएको दुई दिनपछि गुणस्तर तथा नापतौल विभागले धादिङमा रहेका दुई ग्यास उद्योगमा सिल गरेको हो ।
आवश्यक मापदण्ड पूरा नगरी सञ्चालनमा ल्याएको पाइएपछि विभागको अनुगमन टोलीले आइतवार धादिङको बैरेनीमा सञ्चालित नमस्ते ग्यास उद्योग प्रालि र धाक्रेको ओम ग्यास उद्योग प्रालिमा शिल गरेको विभागका केमिकल इन्जिनियर मनिष कर्णले जानकारी दिए ।
दुईवटै उद्योगलाई तीन दिनभित्र आवश्यक कागजात र लिखित जवाफसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । अनुगमनको क्रममा ओम ग्यास उद्योग प्रालिले एलपीजी सिलिण्डरको ‘टेर वेट’ परिक्षण नगरेको पाइएको थियो । हरेक १० वर्षमा सिलिण्डरको हाइड्रोस्टेटिक परिक्षण गर्नुपर्ने भए पनि त्यसो नगरी पुरानै सिलिण्डरमा नयाँ पेन्ट गरेर बजारमा पठाएको विभागले जनाएको छ ।
त्यस्तै, नमस्ते ग्यास उद्योग प्रालिले पनि भल्भ मर्मत नगरेको तथा गुणस्तर र तापतौलका मापदण्ड पूरा नगरेको पाइएको थियो । आइतबार नै विभागले धादिङकै सुगम ग्यास उद्योगमा पनि अनुगमन गरेको थियो ।
गुणस्तर तथा नापतौल विभागले पछिल्लो समय ग्यास उद्योगहरुको अनुगमन बढाएको छ । त्यसक्रममा आवश्यक मापदण्ड पूरा नगरी सञ्चालनमा आएको पाइएपछि विभागले गत शुक्रवार काभ्रेका सागर ग्यास, सूर्य ग्यास र चण्डी ग्यासका उद्योग बन्द गरेको थियो ।
Comments
अरु समाचार
-
सुकुम्वासीको डिजिटल लगत के हो ? धमाधम संकलन गर्दै सरकार
काठमाण्डौ - सरकारले सुकुम्वासी तथा भूमिहीनहरूको समस्या समाधान गर्न एकीकृत डिजिटल लगत सङ्कलन गर्ने भएको छ । काठमाण्डौ उपत्यकाका भूमिहीन...
-
अन्तिम कारोबार दिन पनि बढेर रोकियो नेप्से, २७ अंकले बढ्दा तीन अर्ब २८ करोडको शेयर किनबेच
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि नेप्से बढेर रोकिएको छ । अघिल्लो दिन छ दशमलव ९४ अंकले...
-
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
भरतपुर । सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसेपछि आज...
-
भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले बुटवलमा गरे प्रदर्शन
बुटवल । बुटवलमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले बुटवलमा प्रदर्शन गरेका छन् । नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासी संघर्ष...
-
समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु गरेको छ । समितिका अनुसार, बुधबार...
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
काठमाडौंस्थित नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम शुरु
काठमाडौं । काठमाण्डौका नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम आज आज (शुक्रबार) देखि शुरु भएको छ ।...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...












