अबको केही समयभित्र काठमाडौंमा करोड मूल्यका सुविधा सम्पन्न बस गुड्ने, यस्तो छ विशेषता
काठमाडौं, २४ पुस । अबको केही समयभित्र काठमाडौंमा करोडभन्दा बढीका सुविधा सम्पन्न बस गुड्ने भएका छन् । पछिल्लो समय आम उपभोक्ताको मन जित्न सफल भएको साझा यातायातले केही समयभित्र काठमाडौंमा सुविधा सम्पन्न ‘सेमी लो फ्लोर’ बस गुडाउने भएको हो ।
अहिले भारतमा ती बसहरु निर्माण भईरहेको र दुर्इ हप्तामा सेमी लो फ्लोर बस काठमाडौ आइपुग्ने साझा यातायातका कार्यकारी प्रमुख महेन्द्रराज पाण्डेले जानकारी दिए । भारतीय कम्पनी अशोक लेल्याण्डले उक्त बस तयार पारिसकेको बताउँदै नेपाल ल्याउने प्रक्रियामा रहेको बताए।
साझा यातायातको टोलीले केही समय अघि भारतमै पुगेर यो बसको निरीक्षण समेत गरेको थियो । यो बस कालोपत्रे भएको सडकमा मात्रै गुड्छन्।यो गाडीको रुट निर्धारण भएको छैन । एउटा सेमी लो फ्लोर बसको १ करोड रुपैयाभन्दा बढी पर्छ।तर साझाँले ल्याउदा भने केहि सस्तो पर्ने बतार्इएको छ।
यस्तो छ सेमी लो फ्लोर बसः
साझाले परीक्षणका लागि ल्याउन लागिएको सेमी लो फ्लोर बसको ग्राउण्ड क्लियरेन्स कम हुन्छ । अपाङगता भएका र अशक्तलार्इ सजिलै बस चढाउन र ओराल्न सकिन्छ। सामान्य बसमा ग्राउण्ड क्लियरेन्स ९ सय मिलिमिटरको हुन्छ । तर अहिले ल्याउन लागिएको बसमा त्यसको आधा भन्दा पनि कम अर्थात ४ सय मिलिमिटरको हुन्छ।
२० वटा सिटी बसका लागि टेण्डर आव्हान:
साझाले २० वटा सिटी बस खरिद गर्नका लागि टेण्डर आव्हान गरेको छ। काठमाडौंका विभिन्न रुटमा यो बस संचालन हुनेछ। अहिले काठमाडौंका सडकमा डिलक्स बस संचालनमा छन् । काठमाडौं महानगरपालिकाले १० करोड रुपैयाँ बराबरको शेयर र ललितपुरले एक करोड बराबरको शेयर खरीद गरेपछि साझाले सिटी बस संचालनमा ल्याउन लागेको हो।
साझाले काठमाडौंमा अहिले १३ वटा बस संचालन गरिरहेको छ । साझाले ल्याउन लागेको सिटी बसमा वीचमा फराकिलो स्पेश हुनेछन् भने ह्याङगर स्ट्रयाम्पमा समातेर उभिएरै पनि सहज यात्रा गर्न सकिने खालको हुनेछ।
Comments
अरु समाचार
-
एनआरएनए एसिया–प्रशान्त सम्मेलन ‘आरोहण २०२६’ ग्वाङझाउमा हुँदै, आइतबार पत्रकार सम्मेलन गर्दै
काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) को ११औँ एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन ‘आरोहण २०२६’ चीनको ग्वाङझाउ शहरमा...
-
मौद्रिक नीतिलाई लगानी र निजी क्षेत्रमैत्री बनाउन चेम्बर अफ कमर्सको सुझाव
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन तथा निजी क्षेत्रमैत्री बनाउन नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझाव...
-
११ महिनामा आयातनिर्यात दुवै बढ्यो, व्यापार घाटा १६ खर्ब नाघ्यो
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको आयात र निर्यात दुवैमा वृद्धि भएको छ। भन्सार विभागले सोमबार...
-
ई–पासपोर्ट छपाइ प्रकरण : आरजुसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं। ई–पासपोर्ट (राहदानी) छपाइसँग सम्बन्धित अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। गत असार...
-
नेपाल अझै सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ मा, थप सुधार आवश्यक
काठमाडौँ। सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय ‘वित्तीय कारबाही कार्यदल’ फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ)ले नेपाललाई अझै निगरानी सूची अर्थात्...
-
राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर यस्तो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...











