घर पुर्ननिर्माणको दोस्रो किस्ताको रकम लिनुभयो ? लिने म्याद आज मात्रै !
काठमाडौं, ३० पुस । के तपाईले घर पुर्ननिर्माणको लागि दोस्रो किस्ताको रकम लिनुभयो ? यदि लिनुभएको छैन् भने त्यसको म्याद आज मात्रै बाँकी छ । घरको जगदेखि ढोका राख्ने तहसम्म काम सकाउनुभयो भने दोस्रो किस्ताको रकम पाउनुहुन्छ । यदि त्यो बाँकी नै छ भने दोस्रो किस्ताको रकम पाउनुहुन्न ।
भूकम्प गएको ३२ महिना बितिसक्दा पनि अझै धेरै परिवारले घरको जग समेत राख्न सकेका छैनन् । सरकारले भूकम्पपीडितलाई घर पुर्ननिर्माणको लागि भन्दै पहिलो किस्तामा ५० हजार र दोस्रो किस्ता बाफत एक लाख ५० हजार रुपैयाँ वितरण गरिदैंछ ।
गत वर्षको माघमा अनुदानको पहिलो किस्ता लिएका प्रभावितले दोस्रो किस्ता लिने समयावधि आइतबार सकिँदैछ । तर आधाजसो प्रभावित अझै दोस्रो किस्ताको प्रकृयामा आउन सकेका छैनन् । तोकिएको समयसीमा भित्र दोस्रो किस्ताको प्रकृयामा आउन नसकेका प्रभावितलाई अब के हुन्छ त भन्ने अन्यौल भएको छ ।
पहिलो किस्तामा ५० हजार रुपैयाँ लिएर घरको जग बसालेका भूकम्प प्रभावितले दोस्रो किस्ता लिन सक्छन् । तर घरको जगदेखि ढोका राख्ने तहसम्म काम नभए प्राविधिक इन्जिनियरले दोस्रो किस्ताको लागि सिफारिस गर्दैनन् । गएको वर्षको पुस मसान्तसम्ममा पहिलो किस्ता लिएकालाई यो वर्षको पुसभित्रै दोस्रो किस्ता लिनका लागि प्रकृयामा आउन समयसीमा तोकिएको थियो ।
पोहोर माघअघि पहिलो किस्ता लैजाने झण्डै साढे ४ लाख प्रभावितमध्ये अझै पनि २ लाखभन्दा धेरै प्रभावित प्रकृयामा नआएको तथ्याङक छ । अरु बाँकी जसले माघपछि अनुदान सम्झौता गरे उनीहरुले भने चैत मसान्तसम्म दोस्रो किस्ता र असार मसान्तभित्र तेस्रो किस्ता समेत लिइसक्नुपर्ने गरि गएको असार अन्तिम हप्ता समयसीमा निर्धारण भएको हो । अनुदान लिएपनि घर बनाउन म्याद नतोकिँदा जहिले काम सुरु गरेपनि हुन्छ भन्ने बुझाईले समयसीमा निर्धारण गरिएको प्राधिकरणको दाबी छ ।
तोकिएको चरणवद्ध समयसीमा अनुसार अबको ६ महिनाभित्र सबै भूकम्प प्रभावितले अनुदान लिइसक्नुपर्नेछ । तथ्याङ्क अनुसार आउँदो असार मसान्तभित्र ७ लाख ६७ हजार भूकम्प प्रभावितका सुरक्षित घर हुनेछन् । प्राधिकरणले निर्धारण गरेको समय तालिका अनुसार भूकम्प प्रभावितले असार मसान्तपछि अनुदान रकम पाउने छैनन् । तर त्यसका लागि भने अझै ६ महिना बाँकी नै छ । घर बनाउनुपर्ने ८९ प्रतिशत भूकम्प प्रभावितले अनुदानको पहिलो किस्ता ५० हजार पनि बुझिसकेका छन् ।
भूकम्प प्रभावितको घर बन्न नसक्नुमा प्रभावितले काम सुरु नगरेको मात्रै होइन अरु अप्ठ्यारा पनि छन् । आर्थिक समस्यादेखि नक्सा पास, लालपूर्जा, अंशवण्डा, घर बनाउन आवश्यक सामग्री, प्राविधिक सल्लाह र किस्ता वितरणका प्रकृया जस्ता झन्झट धेरै छन् । तर सरकारले अनुदान र प्राविधिक सहयोग गर्दा पनि घर बनाउन सुरु भएन भने थप समय दिन नसक्ने तर जायज कारण देखिन आयो भने प्रकृयामा ल्याउन सकिने प्राधिकरणको दाबी छ ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...












