सावधान ! राजधानीमा के तपाई ‘सुन्दरी गिरोह’ को जालमा त फस्नुभएको छैन् ?
काठमाडौं, १५ माघ । ‘हेलो सर म रितिका, जागिर लगाइदिनुस् न । जे पनि गर्न तयार छु ।’
‘को रितिका, मैले तपाईंलाई चिनिन नि ?’
‘म रितिका केसी । प्लिज सर, भेटौं न ।’
पटक–पटक यही शैलीमा मधुर स्वर भएकी अपरिचित युवतीको तारन्तार फोन बज्न थालेपछि केही समयअघि मनाङका एक ३० वर्षीय व्यवसायीले ‘इग्नोर’ गर्न सकेनन् । खासा–काठमाडौं व्यापार चम्किएका बेला त्यही रुटमा बिजनेस गर्ने उनी कुस्त पैसा कमाएका कन्टेनर व्यवसायी हुन् । जागिर मागेर टेलिफोन सम्पर्क स्थापित गरेकी युवतीले बारम्बार आग्रह गरेपछि उनी भेट्नका लागि तयार भए । पहिलो पटक रितिकासँगको उनको भेटघाट काठमाडौंको एक क्याफेमा कफीमै सकियो ।
भेटपछि युवतीको रूपरंगबाट ती व्यवसायी पनि लोभिए । भर्खरकी टिनएजर युवती, गोरो अनुहार, पुष्ट शारीरिक बनावट एवं आकर्षक जीउडाल । सुन्दरीको त्यो रुप देखेपछि मोहित व्यापारीले उनलाई पहिलेभन्दा बढी महत्व दिन थाले । बाक्लिँदो भेटघाटका क्रममा युवतीले प्रस्तुत गर्ने चालढालका कारण ती व्यापारीको आशक्ति बढ्दै गयो । त्यो आशक्ति प्रेमालाप हुँदै शारीरिक सुखको आकांक्षासँग जोडियो, त्यसका लागि तयार पार्ने काम युवतीका कामुक गतिविधिले नै गरिरहेका थिए । उनीहरूबीचको आपसी सहमतिमा भेन्यु फिक्स भयो, सुन्धारास्थित एक गेस्टहाउस ।
व्यापारीले कोठा फिक्स गरे । त्यसपछि उनी रितिकालाई लिएर उक्त कोठामा पुगे । कोठामा पुगेको पाँच मिनेट पनि भएको थिएन । कसैले ‘ढोका खोल’ भन्दै ढोकामा बुट बजार्यो । डराउँदै ती व्यापारीले ढोका खोले । ‘हामी सिआइबीबाट के गरिरहेको ?’ यो प्रश्नसँगै ती व्यापारीको सुन्दरीसँग मस्तीको सुखद आकांक्षा एकै पटक रसातलमा पुग्यो । होसहवास नै उड्ने गरी अचानक परेको सिआइबीको रेडबाट उनी हायलकायल भए ।
युवतीले आफूलाई त्यहाँ ‘जबरजस्ती ल्याइएको’ बयान प्रहरीलाई दिइन् । रेड गर्न आएको व्यक्ति फोनमा करायो, ‘हेलो डिएसपी सा’ब, के गरौं ?’ त्यसमा सिआइबीको डिएसपी भनिएको व्यक्तिले फोनबाटै केही आदेश दियो । त्यसपछि उनीहरूले व्यापारीलाई धम्क्याउँदै पैसा बार्गेनिङ गर्न थाले । उनीहरूले व्यापारीसँग भएको नगद र गहना लगे । उनीहरूले ती व्यापारीलाई केही ब्ल्यांक चेकमा समेत हस्ताक्षर गराएर छाडिदिए ।
यो सुन्दरी प्रयोग गरेर अपहरण गर्ने, नक्कली सिआइबी खडा गरेर लुटपाट गर्ने बढ्दो घटनाको एउटा उदाहरण मात्र हो । यस्तै शैलीको सुन्दरी र यौनजालको ट्रयापमा पारेर अपहरण गर्ने र पैसा असुल्ने युवतीहरुको गिरोह राजधानीमा सक्रिय हुँदै गएको छ ।
धनाढ्य व्यापारीहरुसँग निकट हुने र पछि लाखौं रुपैयाँ मागेर ‘ब्ल्याकमेल’ गर्ने युवतीहरुको समूह राजधानीमा सक्रिय बन्न थालेको हो । त्यस्ता समूहबाट पीडित व्यापारीहरुले प्रहरीमा उजुरी गरेपछि यो रहस्य खुलेको हो। गिरोहकी एक युवतीलाई प्रहरीले पक्राउ गरिसकेको छ। महानगरीय अपराध महाशाखाले धादिङकी सन्ध्या खड्कालाई पक्राउ गरेको हो।
खड्काले एक व्यापारीसँग करिब ४ महिना प्रेमिकाको रुपमा ‘रोमान्स’ गरेकी थिइन्। पछि आफूहरुबीचको सम्बन्ध परिवारलाई भनिदिने भन्दै उनले ब्ल्याकमेल सुरु गरिन्। लाखौं रुपैयाँ माग्दै पैसा नदिए आफूहरुबीचको फोटोसमेत सार्वजनिक गर्ने उनको धम्कीपछि ती व्यापारी आजित बन्दै गए।
अन्ततः उनले प्रहरी गुहारेपछि खड्का पक्राउ परेकी हुन्। उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले विद्युतीय कारोबार ऐनअनुसार कारबाही अघि बढाएको छ। फेसबुकमार्फत ब्ल्याकमेल गरेकाले उनीमाथि विद्युतीय कारोबार ऐनअनुसार कारबाही हुनेछ।
‘उनीहरुको ७ जनाको गिरोह छ भन्ने हालसम्मको अनुसन्धानमा बुझिएको छ,’ अनुसन्धानमा आबद्ध अपराध महाशाखाका एक प्रहरी अधिकारीले भने, ‘योजनाबद्ध रुपमा नै धनाढ्यहरुलाई जालमा पार्ने गरेको देखिन्छ।’ हालसम्म प्रहरीमा ४ जना व्यापारीले उजुरी दिइसकेका छन्। प्रहरीका अनुसार गिरोहमा सुन्दर युवतीहरु छन्, जसले धनाढ्यहरुलाई मात्र आफ्नो जालमा पार्दै लाखौं ठगी गर्ने गरेका छन्।
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आज बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना
काठमाडौँ। नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भूभागका एक, दुई...
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...












