सावधान ! राजधानीमा के तपाई ‘सुन्दरी गिरोह’ को जालमा त फस्नुभएको छैन् ?
काठमाडौं, १५ माघ । ‘हेलो सर म रितिका, जागिर लगाइदिनुस् न । जे पनि गर्न तयार छु ।’
‘को रितिका, मैले तपाईंलाई चिनिन नि ?’
‘म रितिका केसी । प्लिज सर, भेटौं न ।’
पटक–पटक यही शैलीमा मधुर स्वर भएकी अपरिचित युवतीको तारन्तार फोन बज्न थालेपछि केही समयअघि मनाङका एक ३० वर्षीय व्यवसायीले ‘इग्नोर’ गर्न सकेनन् । खासा–काठमाडौं व्यापार चम्किएका बेला त्यही रुटमा बिजनेस गर्ने उनी कुस्त पैसा कमाएका कन्टेनर व्यवसायी हुन् । जागिर मागेर टेलिफोन सम्पर्क स्थापित गरेकी युवतीले बारम्बार आग्रह गरेपछि उनी भेट्नका लागि तयार भए । पहिलो पटक रितिकासँगको उनको भेटघाट काठमाडौंको एक क्याफेमा कफीमै सकियो ।
भेटपछि युवतीको रूपरंगबाट ती व्यवसायी पनि लोभिए । भर्खरकी टिनएजर युवती, गोरो अनुहार, पुष्ट शारीरिक बनावट एवं आकर्षक जीउडाल । सुन्दरीको त्यो रुप देखेपछि मोहित व्यापारीले उनलाई पहिलेभन्दा बढी महत्व दिन थाले । बाक्लिँदो भेटघाटका क्रममा युवतीले प्रस्तुत गर्ने चालढालका कारण ती व्यापारीको आशक्ति बढ्दै गयो । त्यो आशक्ति प्रेमालाप हुँदै शारीरिक सुखको आकांक्षासँग जोडियो, त्यसका लागि तयार पार्ने काम युवतीका कामुक गतिविधिले नै गरिरहेका थिए । उनीहरूबीचको आपसी सहमतिमा भेन्यु फिक्स भयो, सुन्धारास्थित एक गेस्टहाउस ।
व्यापारीले कोठा फिक्स गरे । त्यसपछि उनी रितिकालाई लिएर उक्त कोठामा पुगे । कोठामा पुगेको पाँच मिनेट पनि भएको थिएन । कसैले ‘ढोका खोल’ भन्दै ढोकामा बुट बजार्यो । डराउँदै ती व्यापारीले ढोका खोले । ‘हामी सिआइबीबाट के गरिरहेको ?’ यो प्रश्नसँगै ती व्यापारीको सुन्दरीसँग मस्तीको सुखद आकांक्षा एकै पटक रसातलमा पुग्यो । होसहवास नै उड्ने गरी अचानक परेको सिआइबीको रेडबाट उनी हायलकायल भए ।
युवतीले आफूलाई त्यहाँ ‘जबरजस्ती ल्याइएको’ बयान प्रहरीलाई दिइन् । रेड गर्न आएको व्यक्ति फोनमा करायो, ‘हेलो डिएसपी सा’ब, के गरौं ?’ त्यसमा सिआइबीको डिएसपी भनिएको व्यक्तिले फोनबाटै केही आदेश दियो । त्यसपछि उनीहरूले व्यापारीलाई धम्क्याउँदै पैसा बार्गेनिङ गर्न थाले । उनीहरूले व्यापारीसँग भएको नगद र गहना लगे । उनीहरूले ती व्यापारीलाई केही ब्ल्यांक चेकमा समेत हस्ताक्षर गराएर छाडिदिए ।
यो सुन्दरी प्रयोग गरेर अपहरण गर्ने, नक्कली सिआइबी खडा गरेर लुटपाट गर्ने बढ्दो घटनाको एउटा उदाहरण मात्र हो । यस्तै शैलीको सुन्दरी र यौनजालको ट्रयापमा पारेर अपहरण गर्ने र पैसा असुल्ने युवतीहरुको गिरोह राजधानीमा सक्रिय हुँदै गएको छ ।
धनाढ्य व्यापारीहरुसँग निकट हुने र पछि लाखौं रुपैयाँ मागेर ‘ब्ल्याकमेल’ गर्ने युवतीहरुको समूह राजधानीमा सक्रिय बन्न थालेको हो । त्यस्ता समूहबाट पीडित व्यापारीहरुले प्रहरीमा उजुरी गरेपछि यो रहस्य खुलेको हो। गिरोहकी एक युवतीलाई प्रहरीले पक्राउ गरिसकेको छ। महानगरीय अपराध महाशाखाले धादिङकी सन्ध्या खड्कालाई पक्राउ गरेको हो।
खड्काले एक व्यापारीसँग करिब ४ महिना प्रेमिकाको रुपमा ‘रोमान्स’ गरेकी थिइन्। पछि आफूहरुबीचको सम्बन्ध परिवारलाई भनिदिने भन्दै उनले ब्ल्याकमेल सुरु गरिन्। लाखौं रुपैयाँ माग्दै पैसा नदिए आफूहरुबीचको फोटोसमेत सार्वजनिक गर्ने उनको धम्कीपछि ती व्यापारी आजित बन्दै गए।
अन्ततः उनले प्रहरी गुहारेपछि खड्का पक्राउ परेकी हुन्। उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले विद्युतीय कारोबार ऐनअनुसार कारबाही अघि बढाएको छ। फेसबुकमार्फत ब्ल्याकमेल गरेकाले उनीमाथि विद्युतीय कारोबार ऐनअनुसार कारबाही हुनेछ।
‘उनीहरुको ७ जनाको गिरोह छ भन्ने हालसम्मको अनुसन्धानमा बुझिएको छ,’ अनुसन्धानमा आबद्ध अपराध महाशाखाका एक प्रहरी अधिकारीले भने, ‘योजनाबद्ध रुपमा नै धनाढ्यहरुलाई जालमा पार्ने गरेको देखिन्छ।’ हालसम्म प्रहरीमा ४ जना व्यापारीले उजुरी दिइसकेका छन्। प्रहरीका अनुसार गिरोहमा सुन्दर युवतीहरु छन्, जसले धनाढ्यहरुलाई मात्र आफ्नो जालमा पार्दै लाखौं ठगी गर्ने गरेका छन्।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...











