कालो धनबारे ओलीलाई रामशरण महतको कडा जवाफ, ‘हावा कुरा गरेर देश चल्दैन्’
काठमाडौं, १६ माघ । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले कालो धनलाई वैध बनाउन दिने भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाईप्रति कडा टिप्पणी गरेका छन् । पूर्व अर्थमन्त्रीसमेत रहेका महतले कानुनअनुसार नै चल्नुपर्ने भन्दै वैध अवैधका बारेमा कसैले बोल्दैमा केही नहुने बताए ।
“कानुनभन्दा बाहिर गएर कुनै पनि धनलाई सेतो बनाउँन सकिदैन । कालो धनलाई सेतो बनाउने मनी लाउन्डरिङ गलत छ ।” महतले भने । “उहाँले कुन सन्दर्भमा भन्नुभयो थाहा छैन । तर कालो धनलाई सेतो बनाउँछु भन्नु सरासर गलत हो ।” उद्योगीहरुसँगको भेटमा ओलीले कालो धनलाई शुद्ध पार्दै लगानी गर्ने वातावरण बनाउने बताएका थिए । त्यसैको जवाफमा महतले यस्तो टिप्पणी गरेका हुन् ।
नेपालको नेतृत्व कति परिपक्व छ भन्ने कुरा यस्तै अभिव्यक्तिले देखाउँछ भन्दै महतले ओलीको कटाक्ष गरे । “नेपालको राजनीतिक नेतृत्व कति सुझबुझपूर्ण, कति परिपक्व र कति दुरदर्शी रहेछ भन्ने यसले देखाउँछ । हल्का फुल्का टिप्पणी गरेर देशको सुशासन चल्दैन ।” महतले भने ।
देशको प्रधानमन्त्री बन्नका लागि तयार भएर बसेको व्यक्तिले यसप्रकारको टिप्पणी गर्नु दुखद भएको महतको भनाई छ । अजेयराज सुमार्गीको प्रसङ्ग जोड्दै महतले जसले जहाँबाट पैसा ल्याएपछि कानुनबमोजिम ल्याएको भए वैध र कानुनविपरित भए अवैध हुने कुरामा स्पष्ट हुनुपर्ने बताए । “विधिसम्मत तरिकाले पैसा ल्याएको छ भने त्यसलाई अनावश्यक आरोप लगाउनु जरुरी छैन । विधिसम्मत छैन भने प्रश्न उठ्न सक्छ ।” महतले भने ।
Comments
अरु समाचार
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
खाडीका ७ देशमा पुनः श्रम स्वीकृति दिने निष्कर्षमा सरकार
कठमाण्डौ – सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)सहित कतार, ओमान, यमन, जोर्डन, साउदी अरब, र टर्कीएमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम...
-
जेनजी आन्दोलन पुनर्निर्माण कार्ययोजना : आगामी वर्ष तीनै तहका सरकारले बजेट छुट्याउनुपर्ने
काठमाडौं । गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको आन्दोलनले व्यापक भौतिक तथा आर्थिक क्षति पुर्याएपछि सरकारले...
-
ग्यास सिलिण्डर कालोबजारी नियन्त्रणका लागि विभाग सक्रिय, ६ हजार सिलिन्डर बरामद
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरको हरिसिद्धि स्थित श्रीराम ग्यास उद्योगको गोदामबाट ठूलो मात्रामा ग्यास सिलिन्डर लुकाएर...
-
पेट्रोलमा १५ रुपैयाँ र डिजेल र मट्टीतेलमा १० रुपैयाँ बढ्यो
काठमाडाैँ । मध्यपूर्वी क्षेत्रमा तनाव चर्किरहेका बेला नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले एकैपटक पेट्रोलमा प्रतिलिटर १५...
-
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक
झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय...
-
चार लेन सडक निर्माणका लागि विद्युत् पोल हटाइँदै
भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्यका रूपमा परिचित बन्दै गएको छ । सरकारले...
-
ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध
काठमाडौं । नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न सबैमा अनुरोध गरेको छ ।...












