स्वराजको नेपाल भ्रमणको अर्थ

नेपाली राजनीति आन्तरिक विषयवस्तुमा रुमल्ली रहेकै थियो । संविधान निर्माण अघि होस् या पछि सत्ता परिवर्तनदेखि विकास निर्माणका योजनासम्म हाम्रा नेताहरूबीच मत भिन्नता हुँदै आएको छ । जसमा बाह्य प्रभावले पनि जरा गाडेकै छ । कहियो यो सतहमै देखिन्छ कहिले यो अदृश्य रूपमा । गतहप्ता नेपाली राजनीतिमा धेरै चर्चा पाएको विषय भनेको भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणले हो । यस भ्रमणलाई राजनीतिक विश्लेषकहरूले आआफ्नै किसिमले तर्कवितर्क गरे । कतिपयले ठिक भएको भने भने कतिपयले वेठीक समयको भ्रमण बने । स्वराजको यो भ्रमण बेमौसमी वाजा थियो भन्नेहरूको जमात पनि बाक्लो छ । नेपाली राजनीतिमा छिमेकी मुलुक चीनकोभन्दा भारतको हस्तक्षेप बढी रहेको देखिन्छ । संविधान निर्माणमा उसले नेपालप्रति गरेको व्यवहार होस् या संशोधनको मुद्दा उठाएर तराई आन्दोलन चर्काउनु र नाकावन्दी गरेर आन्दोलनमा आगोमा ध्यू थप्ने कार्य गर्नु केही उदाहरण हुन् । त्यसको त नेकपा एमाले र नेकपा माओवादी मिलेर बनेको वाम गणबन्धन पनि भारतकै योजना हो भन्ने सूचना सार्वजनिक नभएका पनि होइनन् । अहिले नेपाली जनता नयाँ सरकार कुरीरहेका छन् । निर्वाचन भएको दुई महिनाभन्दा बढी समय वितिसक्दा पनि जनमत अनुसार सरकार गठन नहुनुले राजनीति नबुझेका सामान्य जनता अलमलमा परेका छन् । तर, नयाँ संविधानको कार्यन्वयनकै एक महत्वपूर्ण विषय संघीयता कार्यान्वयमा हामी अग्रसर भएकै छौं । संघीयता भोलिका दिनमा सफल होला या असफल त्यो समयले नै प्रस्ट पार्दछ । तर, मुलुक समृद्धि हुन्छ नै भनेर एउटा प्रणालीको कार्यान्वयन रहेको यस शन्दर्भमा कोरी आत्तिनुपर्ने छैन् । सुष्मा स्वराज नेपाल भ्रमणमा आएपछि सरकार प्रमुखभन्दा विपक्षी दलका प्रमुख नेतालाई भेट्दा उक्त विषयले सामाजिक सञ्जालदेखि सञ्चारमाध्ययममा व्यापक चर्चा पायो । हर वखत राष्ट्रवादको नारा दिएर नथाक्ने केपी शर्मा ओली कुनै एक तस्बिर स्वराजसामु नमस्कार गर्दे झुक्नुले ओलीलाई सबैले उडाए । उनको राष्ट्रवाद होटलहोटलमा छचल्कीए पोखिएको समेत टिप्पणी गरे । उनको राष्ट्रियताको मुद्दालाई स्वर्थको रूपमा समेत हेरियो । पंक्तिकारलाई लाग्दा, राष्ट्रियताको मुद्दा बोकेर मुलुककै अहितमा लाग्नु वेइमानी हो । यसले कसैलाई फाइदा गर्दैन् । वाम गठबन्धनमा भित्री कुरो जे सुकै भए पनि वाहिर भने ओलीलार्य भावी प्रधानमन्त्रीका रूपमा हेरिएको छ । भारतप्रती केही मात्रामा कडा देखिने ओलीलाई भारतले प्रधानमन्त्रीको रूपमा स्वीकार्ने नस्वीकार्ने विदेशमन्त्री स्वराजको नेपाल भ्रमणले प्रष्ट पारेको छ । मुख्यतः स्वराजको ओलीसँगको भेटले ओलीलाई भारतले प्रधानमन्त्रीका रूपमा स्वगत गर्न आतुर रहेको र ओली सरकारसँग मिलेर नेपाल–भारत सम्बन्ध थप प्रभावकारी बनाउन चाहन्छ होला । यस किसिमको कार्यलाई भने हामीले स्वागत नै मान्नुपर्छ । अन्त्यमा, विभिन्न मुलुकका विदेशमन्त्री, राजदूतहरू हाम्रा नेताहरूसँग भेटेर समसामयीक राजनीति बारे चासो राचख्छन् । तर हामीकहाँ भारत र चीनले राजनीतिबारे चासो राख्ने वित्तिकै गम्भीर रूपमा हेरिन्छ । नेपालमा जो सुकै प्रधानमन्त्री भए पनि हाम्रा दुई छिमेकीसँगको सम्बन्धलाई सन्तुलनमा राखेर अघि बढ्नुपर्दछ । हामीलाई दुवै अति आवश्यक भएको हुनाले दुवैबाट हामीले लगानी भित्र्याउन सक्नुपर्छ । छिमेकी मुलुकले पनि नेपालको आन्तरिक मामिलामा बारम्बार हस्तक्षेप गर्न राम्रो होइन । समस्या आफैलाई हल गर्न छाडिदिनुपर्छ । नेपाल छिमेकी मुलुकबाट सधैं सकारात्मक सहयोग, लगानी, र सुमधुर सम्बन्धको अपेक्षा राख्दछ । नेपाल एक सार्वभौम र स्वतन्त्र मुलुकब भएकाले कोही कसैको हस्तक्षेप राम्रो मान्दैन ।
http://news-nepal.com/%E0%A4%9A%E0%A4%BF%E0%A4%B8%E0%A5%8B%E0%A4%AC%E0%A4%BE%E0%A4%9F-%E0%A4%9C%E0%A5%8B%E0%A4%97%E0%A4%BE%E0%A4%8A/
Comments
अरु समाचार
-
चिनियाँ जनताको जापानी आक्रमणविरुद्दको युद्ध विजय र विश्व फासिष्टविरुद्दको युद्ध विजयको ८० औं वार्षिकोत्सव हामीले किन मनाउनुपर्दछ ?
चिनियाँ राष्ट्रपति सी चिन् फीङ्ले भन्नु भएको छ, इतिहास भनेको एउटा ऐना हो , जसले वर्तमान र भविष्यलाई उजागर गर्दछ।...
-
राष्ट्रपति सी चिनपिङसँग नजिकका दुई दिन
नेपाल सरकारले मलाई सन् २०२४ को अगष्ट २९ का दिन ल्हासाका लागि महावाणिज्यदूतका रुपमा नियुक्त गरेपछि ममा एक प्रकारको खुशी...
-
‘कानुन निर्माणमा संसद् सकारात्मक र दृढताका साथ लागेको छ’ : सुहाङ
काठमाडाैं । बुबा सुवासचन्द्र र आमा विशाल नेम्वाङका कान्छा छोरा सुहाङको जन्म विसं २०४६ फागुन ६ गते काठमाडौँमा भएको हो...
-
डा. टेकबहादुर घिमिरे: अब्बल सरकारी वकिलदेखि अनुसन्धान र प्रविधिका ज्ञातासम्म
काठमाडाैं । सरकारी सेवा तथा रोजगारीमा धेरै आउँछन्-जान्छन्। सप्तकोशी नदीमा आज भएको पानी भोलि त्यहाँ रहँदैन, त्यो बगेर जान्छ। यो...
-
‘संवैधानिक निकायमा हस्तक्षेपको प्रवृति लोकतन्त्रमाथिको प्रहार’
सागर पण्डित (विचार): सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रको मेरुदण्डका रुपमा रहेका संवैधानिक निकायहरु– अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन...
-
‘गणतन्त्रको रक्षा गर्नु संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र होइन समाजवाद उन्मुख समावेशीताको रक्षा गर्नु हो’
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले गणतन्त्रको रक्षा गर्नु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र नभएर समाजवाद...
-
मृत्युनजिक पुगेको मानिसले कस्तो अनुभव गर्छ ?
काठमाडौं । मृत्यु जीवनको अन्त्य हो, यसको बारेमा हाम्रो ज्ञान धेरै सीमित छ। जब स्नायु प्रणालीको अध्ययन गर्ने वैज्ञानिक जिमो...
-
नेपाल बारको आसन्न निर्वाचन र डीएलए नेतृत्व !
विषय प्रवेश: बहुदलीय व्यवस्थाको प्रार्दुभावसँगै प्रजातन्त्रवादी कानून व्यावसायीहरुको समूहले गठन गरेको संस्था हो, डीएलए नेपाल। हाल यसको नेतृत्व सिताराम के.सी.जी...
-
अनुहारमा होइन विचारमा सुन्दरताको खोजी
काठमाडौं । जङ्गबहादुरको बेलायत यात्रा वृत्तान्तमा उमेरदार युरोपेली नारीहरुको सौन्दर्यको थोरै बयान गरिएको पढ्न पाइन्छ । त्यस यात्रा वृत्तान्तमा युरोपेली...












