बिहेभोज खान जाँदा हराएका आचार्यको हत्या, हत्या आरोपमा तीन साथी पक्राउ
बर्दिया, २६ माघ । बर्दियामा साथीको बिहेभोज खान जाँदा हराएका बालकृष्ण आचार्यको शव तीनदिन पछि फेला परेको छ । ठाकुरबाबा नगरपालिका २ पेरहनी गाउँमा साथीको बिहभोज खान जाँदा हराएका १७ वर्षीय आचार्यको शव प्रहरीले तीन दिनपछि भेटेको हो ।
बिहेभोज भएको तीन दिनपछि आचार्यको शव लालबहादुर थारूको बारीमा फेला परेको हो। आचार्यलाई आफ्नै साथीले कुटपिट गरी हत्या गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिए । हत्यामा संलग्न रहेको आरोप प्रहरीले मृतकका तीन जना साथीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ठाकुरबाबा नगरपालिका वडा नं २ कर्मला बस्ने २२ वर्षीय नक्कु भनिने रमेश राजवंशी, सोही ठाउँ निवासी १७ वर्षीय माडे भनिने हरिनारायण दहित र कैलाली जिल्ला जानकी गाउँपालिका वडा नं ६ का २० वर्षीय विकास चौधरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयले गरेको प्रारम्भिक अनुसन्धानअनुसार मृतक आचार्यलगायत तीन जना साथीले अत्यधिक मदिरा सेवन गरेको पाइएको छ। उपरीक्षक भट्टराईले थपे, ‘मृतकलाई उनकै साथीहरूले नशाको सुरमा हिर्काएर मारेको अनुसन्धानबाट खुल्न आएको छ।’
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












