हारेको फुटबल टिमजस्तो कांग्रेस
नेपाली कांग्रेस यतिबेला फुटबलमा हारेको टीम जस्तो भएको छ। किपर भन्छ, स्ट्राइकरले गोल गर्न सकेन। स्ट्राइकर भन्छ, डिफेन्सले राम्रो खेलेन।
डिफेन्स भन्छ,अगाडि देखेको बल समेत किपरले रोक्न सकेन। यहाँ किपरले स्ट्राइकरलाई,स्ट्राइकरले मिडफिल्डलाई र मिडफिल्डले डिफेन्सलाई दोष दिइरहेको छ।
तर अहिलेको हारपछि कोही पनि जिम्मेवारीबाट भाग्ने कुरा गलत हुन्छ। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नेपाली कांग्रेसको पराजयको पछाडि भिन्नभिन्न चार वटा पाटो छन्। दुई पाटा कांग्रेससँग सम्बन्धित छ। दुई पाटा गठबन्धनसँग सम्बन्धित छन्।
पहिला खेलाडीको रूपमा रहेको कांग्रेसकै पाटो केलाअौं।नेपाली कांग्रेसले आफूले गरेको काम निर्वाचनमा बिकाउन सकेन।
हामीले सकेनौँ।
हामीले शान्ति स्थापनामा नायकत्व दियौँ। यो निर्वाचन शान्ति प्रक्रिया पूरा भएपछिको राष्ट्रिय निर्वाचन हो।तर पनि हामीले त्यो कुरा स्थापित गर्न सकेनौँ।यो संविधान निर्माणपछिको चुनाव हो।
विगतमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई चार वाम नेता प्रधानमन्त्री बने। तर कसैको नेतृत्वमा संविधान बन्न सकेन।अन्ततस् कांग्रेसको नेतृत्वमा संविधान बन्यो।हाम्रो नायकत्वमा र अरुको सहभागितामा संविधान बन्यो।हामीले संविधानसँगै सबैलाई लिएर जाने सामर्थ्य राख्यौँ।तर त्यो कुरा पनि बिकाउन सकेनौँ।
मधेसमा संविधान बनेपछि टायर बले। सयभन्दा बढी मान्छे मरे। तर त्यही हिंसाबाट ग्रसित,द्वन्द्वको मारमा रहेको मधेसलाई पनि सान्तवना दिए,विश्वासमा लिएर एउटा गोली चल्न नदिइ स्थानीय निर्वाचन सम्पन्न भयो।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले नै त्यो चुनाव सम्पन्न गर्यो।अहिले प्रतिनिधि सभा निर्वाचनमा पनि मधेसलाई विश्वासमा लिएर अगाडि बढ्नसक्ने योग्यता कांग्रेसले राख्यो।
यति गर्दा समेत हामीले यो कुरा जनतालाई बुझाउन अझ भनौँ जनतामा बिकाउन सकेनौँ ।हिंसा रअस्थिरताको बीचमा प्रगतिका काम पनि भएका छन् त्यो पनि ‘सेल’ गर्न सकेनौँ।
हामीले ठुलो स्वरमा आत्मविश्वासका साथ त्यो कुरा गर्नुपर्थ्यो। तर सकेनौँ।त्यसले स्वभाविक रूपमा कांग्रेस मत पाउनुपर्ने अवस्थाबाट चुक्यो।
दोस्रो कांग्रेसले अपनाएको रणनीति हेरौँ। हामी सुरुआतदेखि नै रक्षात्मक भयौँ।आफूले गरेको राम्रो कुरा राख्न नसकिराखेको बेला कांग्रेसका नराम्रा कुराहरूमा ‘डिफेन्सिभ’ बन्यौँ।चाहे लोकमान प्रकरण होस् वा प्रधानन्यायाधीशविरुद्ध महाभियोगको प्रकरण होस्, कांग्रेस रक्षात्मक भयो।
अब हामीले आफ्ना विषय सेल गर्न नसक्नु र रक्षात्मक बन्नुको कारण के हो तरु हो यो केलानु पर्ने हुन्छ। कांग्रेसको संगठनात्मक शैली परम्परागत भयो।
परम्परागत शैलीलाई अन्त्य गर्न नसक्दा प्रतिरक्षात्मक हुन्छौँ।कांग्रेसको ६५ वर्षदेखिको चलिआएको संगठनात्मक ढाँचा र शैलीबाट चलिआएको छ।अब त्यसलाई बदल्नु पर्नेछ।
अब अर्कोतर्फ हामी विपक्षी टोलीलाई हेरौं। वाम गठबन्धनको साइडमा हेरौँ ।
स्वभाविक थियो स्थानीय निर्वाचनको पहिलो ठूलो दल र तेश्रो ठूलो दलबीच एकता हुँदा गणितीय रूपमा उनीहरु बलियो अवस्थामा थिए।
खेलको रणनीति त्यसअनुसार कांग्रेसले तय गर्नुपर्थ्यो। तर त्यस्तो भएन। हामीले एमाले र माओवादीको अन्तरविरोधमा प्रहार गर्न सकेनौँ।
मधेसको मुद्दा सम्बोधन गर्न ल्याइएको संविधान संशोधन प्रस्ताव ‘राष्ट्रघाती’ भएको एमालेको भनाइ थियो।
राष्ट्रघाती प्रस्ताव भन्ने एमालेसँगै संशोधन राष्ट्रघाती होइन भन्ने माओवादीसँगै उभियो। उसले संशोधनलाई जटिलता हल गर्न आवश्यक प्रस्ताव भनेको थियो।
हो,यहाँनेर हामी प्रहार गर्न चुक्यौँ।उनीहरुलाई मधेसको मुद्दा छाडेको हो कि राखेको होरु एमालेले मधेस र जनजाती मुद्दालाई बोकेको हो कि छाडेको हो रु यस्ता अस्पष्टतामा प्रहार गर्न सकेनौँ।
झापाको मेरै निर्वाचन क्षेत्रमा एमाले र माओवादीको मत मेरो भन्दा १७ हजार ५ सय जति बढी थियो।त्यसमा राप्रपा थपिँदा १८ हजार जति भोट बढी भयो।जबकी म सानो मतान्तरले पराजित भएँ। मैले विपक्षीको मत पनि पाएको हो।तर दुई पार्टीको स्वभाविक गणितको फाइदा वाम गठबन्धनलाई भयो।जसले मेरो निर्वाचन परिणाममा असर गर्यो।मेरो मात्र होइन त्यसले राष्ट्रव्यापी असर गर्यो।
यतिबेला हामीले खेल हारिसकेका छौं। अब नेपाली कांग्रेसलाई पुनर्संरचना गर्न आवश्यक छ।यो टिमलाई पुर्नसंरचना गर्न आवश्यक छ।यतिबेला त नेपाली कांग्रेस नेतृत्वको गाडी दुर्घटनामा परेको छ।गाडी भीरबाट झरेको छ।गाडी दुर्घटनामा पर्दै गर्दा नेतृत्वको दोष स्वभाविक हुन्छ।
भिरबाट झरेको गाडीको ड्राइभर बदल्नेकुरा जरुरी पनि होला।तर अहिले ड्राइभर बदल्नुले मात्र समस्याको समाधान गर्दैन। अहिले कांग्रेसमा गम्भीर आत्मसमीक्षा जरुरी छ।हामी कांग्रेसमा ‘मेजर अपरेसन’ गर्ने मनोविज्ञान बनाउँदै छौँ।त्यो अप्रेसनले समग्रतामा समाधान खोज्ने बाटो बन्छ भन्ने मलाई आशा छ।
९कांग्रेस नेता शर्मासँग गरिएको कुराकानीमा आधारित। शर्मा झापा १ मा प्रतिनिधि सभा उम्मेद्वार थिए।उनी वाम गठबन्धनबाट माओवादी उम्मेद्वार सुरेन्द्र कार्कीसँग २ हजार ८ सय ३० मतले पराजीत भए।०
Comments
अरु समाचार
-
चिनियाँ जनताको जापानी आक्रमणविरुद्दको युद्ध विजय र विश्व फासिष्टविरुद्दको युद्ध विजयको ८० औं वार्षिकोत्सव हामीले किन मनाउनुपर्दछ ?
चिनियाँ राष्ट्रपति सी चिन् फीङ्ले भन्नु भएको छ, इतिहास भनेको एउटा ऐना हो , जसले वर्तमान र भविष्यलाई उजागर गर्दछ।...
-
राष्ट्रपति सी चिनपिङसँग नजिकका दुई दिन
नेपाल सरकारले मलाई सन् २०२४ को अगष्ट २९ का दिन ल्हासाका लागि महावाणिज्यदूतका रुपमा नियुक्त गरेपछि ममा एक प्रकारको खुशी...
-
‘कानुन निर्माणमा संसद् सकारात्मक र दृढताका साथ लागेको छ’ : सुहाङ
काठमाडाैं । बुबा सुवासचन्द्र र आमा विशाल नेम्वाङका कान्छा छोरा सुहाङको जन्म विसं २०४६ फागुन ६ गते काठमाडौँमा भएको हो...
-
डा. टेकबहादुर घिमिरे: अब्बल सरकारी वकिलदेखि अनुसन्धान र प्रविधिका ज्ञातासम्म
काठमाडाैं । सरकारी सेवा तथा रोजगारीमा धेरै आउँछन्-जान्छन्। सप्तकोशी नदीमा आज भएको पानी भोलि त्यहाँ रहँदैन, त्यो बगेर जान्छ। यो...
-
‘संवैधानिक निकायमा हस्तक्षेपको प्रवृति लोकतन्त्रमाथिको प्रहार’
सागर पण्डित (विचार): सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रको मेरुदण्डका रुपमा रहेका संवैधानिक निकायहरु– अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन...
-
‘गणतन्त्रको रक्षा गर्नु संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र होइन समाजवाद उन्मुख समावेशीताको रक्षा गर्नु हो’
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले गणतन्त्रको रक्षा गर्नु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र नभएर समाजवाद...
-
मृत्युनजिक पुगेको मानिसले कस्तो अनुभव गर्छ ?
काठमाडौं । मृत्यु जीवनको अन्त्य हो, यसको बारेमा हाम्रो ज्ञान धेरै सीमित छ। जब स्नायु प्रणालीको अध्ययन गर्ने वैज्ञानिक जिमो...
-
नेपाल बारको आसन्न निर्वाचन र डीएलए नेतृत्व !
विषय प्रवेश: बहुदलीय व्यवस्थाको प्रार्दुभावसँगै प्रजातन्त्रवादी कानून व्यावसायीहरुको समूहले गठन गरेको संस्था हो, डीएलए नेपाल। हाल यसको नेतृत्व सिताराम के.सी.जी...
-
अनुहारमा होइन विचारमा सुन्दरताको खोजी
काठमाडौं । जङ्गबहादुरको बेलायत यात्रा वृत्तान्तमा उमेरदार युरोपेली नारीहरुको सौन्दर्यको थोरै बयान गरिएको पढ्न पाइन्छ । त्यस यात्रा वृत्तान्तमा युरोपेली...












