असिनाले बीउ नै बाँकी राखेन
जाजरकोट, १९ वैशाख । गएराति परेको असिनाले जिल्लाको बारेकोट गाउँपालिका तथा कुशे गाउँपालिकामा गहुँको बीउ नै नरहने गरी क्षति भएको छ ।
गएराति लगातार दुई घण्टा परेको असिनाले गहुँ, अन्य तरकारी बाली, जंगलमा रहेको काफललगायतमा क्षति भएको बारेकोट गाउँपालिका–५ का स्थानीयवासी जनकबहादुर शाहीले जानकारी दिनुभयो । गहुँ पाकेर भित्र्याउन ठिक्क भएका किसान असिनाले क्षति बनाएपछि किसान पीडामा रहेको शाहीको भनाइ छ । बारेकोट गाउँपालिकाका करीब पाँच हजार घरधुरीले लगाएको गहुँ र तरकारी बालीमा क्षति भएको हो ।
वर्षेनि खाद्य संकट पर्ने यो क्षेत्रमा यो पटक भित्र्याउन ठिक्क भएको अवस्था रहेको गहुँमा क्षति भएपछि किसान खाद्य अभावको चिन्तामा परेका छन् । वर्षे बाली भण्डारण गरेको अन्न सकिएको र नयाँ अन्न असिनाले नष्ट गरेपछि यहाँका किसान मर्कामा परेका हुन् ।
अहिलेसम्मकै ठूलो असिना परेको कुशे गाउँपालिकाका स्थानीय सञ्चारकर्मी कालीप्रसाद थापाले जानकारी दिनुभयो । कुशेका केही क्षेत्रमा मात्र गहुँबालीमा क्षति भएको स्थानीयले बताएका छन् । थापाका अनुसार गहुँको नल समेत असिनाले बाँकी राखेको छैन । बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहले क्षतिको समाचारले आफू निकै चिन्तित भएको बताउनुभयो ।
स्थानीय बजारमा खाद्यान्न नपाइने र नेपाल खाद्य संस्थानको घाट डिपोमा चामल नभएका कारण समस्या भएको स्थानीयवासीको गुनासो छ । असिनाकै कारण बारेकोटकै चौथारी पाटनमा ४० भन्दा बढी भेडा मरेको किसानले जानकारी दिएका छन् ।
जाजरकोटका प्रतिनिधिसभा सदस्य तथा वन मन्त्री शक्तिबहादुर बस्नेतले असिनाले गहुँमा पारेको क्षतिका विषयमा चिन्तित भएको बताउँदै खाद्य संकट टार्न पहल गरिने बताउनुभयो । क्षतिको विवरण लिन स्थानीय गाउँपालिका र प्रशासनलाई निर्देशन दिइएको र विवरण आउने बित्तिकै राहत प्याकेजका लागि गृहकार्य हुने उहाँको भनाइ छ । रासस
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...













