यस्तो छ प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको सम्पत्ति विवरण, साइकलदेखि महलसम्म
काठमाडाैं ९, जेष्ठ । सरकारले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।
सम्पत्तिका नाममा साइकलदेखि घर, जग्गा जमिन तथा सुनको विवरण कति भनेर बुझाएका सम्पत्ति विवरण मध्ये केहिको विवरण भने असाधारण समेत देखा परेको छ ।
सरकार बनेको सय दिन पुग्न लागेकै बेला सम्पत्ति विवरण सार्वजनिक भएको हो । यसअघि गत आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारका सबै सदस्यको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा आेलि
आेलिका नाममा कुनै पनि अचल सम्पत्ति विवरण देखिएको छैन् । उनले आफ्नो सम्पत्ति विवरणमा खुलाए अनुसार भक्तपुर सूर्यविनायक नगरपालिका २ बालकोटमा डेढ रोपनी जग्गामा तीनतले २ वटा घर छ । त्यस्तै झापाको पृथ्वीनगरमा १० कठ्ठा जग्गा रहेको छ । माछापुछ्रे बैंकमा ४ लाख रुपैयाँ, प्रभु बैंकमा ६ लाख रुपैयाँ, २५ लाख रुपैयाँको वचतपत्र सबै श्रीमती राधिका शाक्यको नाममा रहेको छ ।
त्यस्तै प्रधानमन्त्री ओलीको नाममा एभरेष्ट बैंकमा ४२ लाख रुपैयाँ रहेको छ । सम्पत्ति विवरणमा यसको स्रोत तलब भत्ता भनेका छन् । पत्नीको नाममा रहेको धेरैजसो सम्पत्ति स्वआर्जन उल्लेख गरिएको छ । ओलीसँग १७ तोला गरगहना रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’
मन्त्री थापाले सम्पत्ति विवरणमा ६ तोलासुन रहेको र उो सुन भाईले विदेशबाट उपहार ल्याइदिएको जनाएका छन् ।
थापासँग सवारी साधनका नाममा तत्कालिन माआेवादीको नाममा रहेको बा ९ च ७४३२ नम्बरको गाडी छ भने, पत्नी नैनकलाको नाममा तामाकोसी हाइड्रोपावरको १४६ कित्ता सेयर छ ।
यसका साथै, रेस्टुरेन्टबाट आएको ३ लाख रुपैया नगद भने आफैसँग रहेको भनेर खुलाएका छन् ।
अर्थमन्त्री युवराज खतिवडा
मन्त्री खतिवडासँग ६३ हजार डलर, ८७ लाख रुपैयाँ खातामा, बैंकभन्दा सहकारीमा धेरै रुपैयाँ रहेको र विभिन्न मितिमा अरुलाई २४ लाख ऋण दिएको विवरण उल्लेख गरेका छन् । झापा गौराहद वडा नम्बर ९ को स्थायी वासिन्दा रहेका खतिवडा हाल काठमाडौको धुम्बाराहीमा बसोबास गर्दै आइरहेका छन् ।
संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डित
मन्त्री पण्डितको सम्पत्ति विवरण अनुसार विराटनगरमा उनकाे १२ मा एक कठ्ठामा बनेको ५ कोठे घर छ ।
ललितपुर भैसेपाटीमा पत्नी विमला तामाङको नाममा ४ आना जग्गा रहेको छ साथै उनीसँग १० तोला सुन र १५ तोला चाँदी छ भने बैंकमा पण्डितको नाममा २५ लाख र बिमलाको नाममा ३० लाख बचत रहेको छ ।
सवारी साधनको नाममा भने उनीसँग एक थान पुरानो साइकल रहेको विवरणमा उल्लेख छ ।
भौतीक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ
ओली सरकारका मन्त्रीहरुले सार्वजनिक गरेको सम्पति विवरण अनुसार महासेठ सबैभन्दा धनी मन्त्री देखिएका हुन् ।
उनको सम्पत्ति विवरणअनुसार तीनवटा घर, सात ठाउँमा जग्गा, ५२ तोला सुन, २७ तोला पैतृक र २५ तोला दाइजोबापत प्राप्त भएको सम्पति रहेको जनाइएको छ । त्यसैगरी उनीको नाममा ५ वटा विभिन्न कम्पनीमा करोडौंको सेयर लगानी रहेको विवरण पनि सार्वजनिक गरिएको छ ।
खानेपानी मन्त्री बिना मगर
मन्त्री बिना मगरसँग ५ तोला सुन र १६ तोला चाँदी छ जसको स्रोतमा उनले पैतृक भनेकी छिन् भने, श्रीमान प्रकाश दाहालको नाममा रहेको एउटा स्कुटर छ ।
मन्त्री मगरले सम्पत्ति विवरणमा चितवन भरतपुरमा श्रीमान प्रकाश दाहालको नाममा रहेको २ कठ्ठा जग्गा र सासु सीता दाहालको नाममा रहेको १ कठ्ठा जग्गा पनि उल्लेख गरेकी छन् । प्रकाश दाहालको जग्गा मावलीका हजुरआमाबाट पाएको र सासु सीता दाहालको नाममा रहेको जग्गा पैतृक भनिएको छ ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी मन्त्री मगरसँग एक रुपैयाँ पनि नगद छैन । एभरेष्ट बैंकमा खाता रहे पनि त्यहाँ नगद जम्मा नभएको उनले उल्लेख गरेकी छन् ।
Comments
अरु समाचार
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...











