यस्तो छ प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको सम्पत्ति विवरण, साइकलदेखि महलसम्म
काठमाडाैं ९, जेष्ठ । सरकारले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।
सम्पत्तिका नाममा साइकलदेखि घर, जग्गा जमिन तथा सुनको विवरण कति भनेर बुझाएका सम्पत्ति विवरण मध्ये केहिको विवरण भने असाधारण समेत देखा परेको छ ।
सरकार बनेको सय दिन पुग्न लागेकै बेला सम्पत्ति विवरण सार्वजनिक भएको हो । यसअघि गत आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारका सबै सदस्यको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा आेलि
आेलिका नाममा कुनै पनि अचल सम्पत्ति विवरण देखिएको छैन् । उनले आफ्नो सम्पत्ति विवरणमा खुलाए अनुसार भक्तपुर सूर्यविनायक नगरपालिका २ बालकोटमा डेढ रोपनी जग्गामा तीनतले २ वटा घर छ । त्यस्तै झापाको पृथ्वीनगरमा १० कठ्ठा जग्गा रहेको छ । माछापुछ्रे बैंकमा ४ लाख रुपैयाँ, प्रभु बैंकमा ६ लाख रुपैयाँ, २५ लाख रुपैयाँको वचतपत्र सबै श्रीमती राधिका शाक्यको नाममा रहेको छ ।
त्यस्तै प्रधानमन्त्री ओलीको नाममा एभरेष्ट बैंकमा ४२ लाख रुपैयाँ रहेको छ । सम्पत्ति विवरणमा यसको स्रोत तलब भत्ता भनेका छन् । पत्नीको नाममा रहेको धेरैजसो सम्पत्ति स्वआर्जन उल्लेख गरिएको छ । ओलीसँग १७ तोला गरगहना रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’
मन्त्री थापाले सम्पत्ति विवरणमा ६ तोलासुन रहेको र उो सुन भाईले विदेशबाट उपहार ल्याइदिएको जनाएका छन् ।
थापासँग सवारी साधनका नाममा तत्कालिन माआेवादीको नाममा रहेको बा ९ च ७४३२ नम्बरको गाडी छ भने, पत्नी नैनकलाको नाममा तामाकोसी हाइड्रोपावरको १४६ कित्ता सेयर छ ।
यसका साथै, रेस्टुरेन्टबाट आएको ३ लाख रुपैया नगद भने आफैसँग रहेको भनेर खुलाएका छन् ।
अर्थमन्त्री युवराज खतिवडा
मन्त्री खतिवडासँग ६३ हजार डलर, ८७ लाख रुपैयाँ खातामा, बैंकभन्दा सहकारीमा धेरै रुपैयाँ रहेको र विभिन्न मितिमा अरुलाई २४ लाख ऋण दिएको विवरण उल्लेख गरेका छन् । झापा गौराहद वडा नम्बर ९ को स्थायी वासिन्दा रहेका खतिवडा हाल काठमाडौको धुम्बाराहीमा बसोबास गर्दै आइरहेका छन् ।
संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डित
मन्त्री पण्डितको सम्पत्ति विवरण अनुसार विराटनगरमा उनकाे १२ मा एक कठ्ठामा बनेको ५ कोठे घर छ ।
ललितपुर भैसेपाटीमा पत्नी विमला तामाङको नाममा ४ आना जग्गा रहेको छ साथै उनीसँग १० तोला सुन र १५ तोला चाँदी छ भने बैंकमा पण्डितको नाममा २५ लाख र बिमलाको नाममा ३० लाख बचत रहेको छ ।
सवारी साधनको नाममा भने उनीसँग एक थान पुरानो साइकल रहेको विवरणमा उल्लेख छ ।
भौतीक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ
ओली सरकारका मन्त्रीहरुले सार्वजनिक गरेको सम्पति विवरण अनुसार महासेठ सबैभन्दा धनी मन्त्री देखिएका हुन् ।
उनको सम्पत्ति विवरणअनुसार तीनवटा घर, सात ठाउँमा जग्गा, ५२ तोला सुन, २७ तोला पैतृक र २५ तोला दाइजोबापत प्राप्त भएको सम्पति रहेको जनाइएको छ । त्यसैगरी उनीको नाममा ५ वटा विभिन्न कम्पनीमा करोडौंको सेयर लगानी रहेको विवरण पनि सार्वजनिक गरिएको छ ।
खानेपानी मन्त्री बिना मगर
मन्त्री बिना मगरसँग ५ तोला सुन र १६ तोला चाँदी छ जसको स्रोतमा उनले पैतृक भनेकी छिन् भने, श्रीमान प्रकाश दाहालको नाममा रहेको एउटा स्कुटर छ ।
मन्त्री मगरले सम्पत्ति विवरणमा चितवन भरतपुरमा श्रीमान प्रकाश दाहालको नाममा रहेको २ कठ्ठा जग्गा र सासु सीता दाहालको नाममा रहेको १ कठ्ठा जग्गा पनि उल्लेख गरेकी छन् । प्रकाश दाहालको जग्गा मावलीका हजुरआमाबाट पाएको र सासु सीता दाहालको नाममा रहेको जग्गा पैतृक भनिएको छ ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी मन्त्री मगरसँग एक रुपैयाँ पनि नगद छैन । एभरेष्ट बैंकमा खाता रहे पनि त्यहाँ नगद जम्मा नभएको उनले उल्लेख गरेकी छन् ।
Comments
अरु समाचार
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
बूढीगण्डकी बाढीः फसेका ३६ जनाको उद्धार, १० सम्पर्कविहीन, ६ पुल र ३५ बढी घरमा क्षति
काठमाडौं । बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार भएको छ । नेपाली सेनाले उनीहरूलाई उद्धार गरेको हो । सेनाका अनुसार...
-
सिँजा उपत्यका र खस सभ्यतालाई अन्तर्राष्ट्रियकरण गर्ने सरकारको योजना
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले खस सभ्यताको उद्गमस्थल सिँजा उपत्यकालाई पुर्ख्यौली पहिचान र पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका...
-
दशैंमा घर जानेहरुका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला
काठमाडौं । दशैंमा घर जानेहरुका लागि सरकारले आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । टिकट छिटो पाइने आशमा युवाहरु...
-
आजका लागि विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
बाढी, पहिरो र हिमपात: मुस्ताङको लेतेदेखि कोरला नाकासम्म रोकिए ५०० बढी कन्टेनर
मुस्ताङ। मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा लामबद्ध रूपमा रोकिएको अवस्थामा रहेका छन्। यही असोज ८ देखि...
-
नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सको सातौँ समूहका लागि आवेदन खुला
काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत सञ्चालन हुने फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन...
-
‘दसैँलगायत चाडपर्वमा एटिएमबाटै १०० रुपियाँका नयाँ नोट’
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैङ्क तथा वित्तीय संस्थालाई एटिएमबाटै १०० रुपियाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन...












