सरोजकाजी तुलाधर बने नेपाल वित्तीय संस्था संघको अध्यक्ष
काठमाण्डौ १०, जेष्ठ । नेपाल वित्तीय संस्था संघको अध्यक्षमा सरोजकाजी तुलाधर चयन भएका छन् । संघको २२ औं वार्षिक साधारणसभाले गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तुलाधरलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो ।
साधारणसभाले संघको प्रथम उपाध्यक्षमा गोर्खाज फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार राईलाई चयन गरेको छ भने महासचिवमा गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठलाई चयन गरेको छ । यसैगरी कोषाध्यक्षमा मञ्जुश्री फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष निरौला चयन भएका छन् ।
साधारणसभाले संघको कार्यकारी सदस्यहरुमा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ, सेन्ट्रल फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रजोजमान श्रेष्ठ, जेविल्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीलाल नकर्मी, श्रृजना फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत भवानीशंकर चापागाईं, ललितपुर फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रबहादुर न्हुछे प्रधान र श्री इन्भेष्मेन्ट एण्ड फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत लिलामणी न्यौपाने चयन भएका छन् ।
अध्यक्ष तुलाधरले सोही दिन दुई कार्यकारी सदस्यलाई मनोनित समेत गरेका छन् । तुलाधरले सिटि एक्सप्रेस फाइनान्सका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसे र प्रोगेशिभ फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईंलाई मनोनित गरेका हुन् ।
संघको ५ सदस्यीय सल्लाहका समिति समेत हुने व्यवस्था छ । साधारणसभामा नै तुलाधरले ५ सदस्य सल्लाहकार समिति मध्ये ३ जनालाई मनोनित गरेका छन् । उनले आईसीएफसी फाइनान्सका उप प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त, रिलायन्स फाइनान्सका उप–प्रमुख कार्यकारी अधिकृत समाजप्रकाश श्रेष्ठ र जानकी फाइनान्सका महाप्रवन्धक रजनिशकुमार सिंहलाई सल्लाहकारमा मनोनित गरेका छन् ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












