सरोजकाजी तुलाधर बने नेपाल वित्तीय संस्था संघको अध्यक्ष
काठमाण्डौ १०, जेष्ठ । नेपाल वित्तीय संस्था संघको अध्यक्षमा सरोजकाजी तुलाधर चयन भएका छन् । संघको २२ औं वार्षिक साधारणसभाले गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तुलाधरलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो ।
साधारणसभाले संघको प्रथम उपाध्यक्षमा गोर्खाज फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार राईलाई चयन गरेको छ भने महासचिवमा गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठलाई चयन गरेको छ । यसैगरी कोषाध्यक्षमा मञ्जुश्री फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष निरौला चयन भएका छन् ।
साधारणसभाले संघको कार्यकारी सदस्यहरुमा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ, सेन्ट्रल फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रजोजमान श्रेष्ठ, जेविल्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीलाल नकर्मी, श्रृजना फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत भवानीशंकर चापागाईं, ललितपुर फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रबहादुर न्हुछे प्रधान र श्री इन्भेष्मेन्ट एण्ड फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत लिलामणी न्यौपाने चयन भएका छन् ।
अध्यक्ष तुलाधरले सोही दिन दुई कार्यकारी सदस्यलाई मनोनित समेत गरेका छन् । तुलाधरले सिटि एक्सप्रेस फाइनान्सका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसे र प्रोगेशिभ फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईंलाई मनोनित गरेका हुन् ।
संघको ५ सदस्यीय सल्लाहका समिति समेत हुने व्यवस्था छ । साधारणसभामा नै तुलाधरले ५ सदस्य सल्लाहकार समिति मध्ये ३ जनालाई मनोनित गरेका छन् । उनले आईसीएफसी फाइनान्सका उप प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त, रिलायन्स फाइनान्सका उप–प्रमुख कार्यकारी अधिकृत समाजप्रकाश श्रेष्ठ र जानकी फाइनान्सका महाप्रवन्धक रजनिशकुमार सिंहलाई सल्लाहकारमा मनोनित गरेका छन् ।
Comments
अरु समाचार
-
मौद्रिक नीतिलाई लगानी र निजी क्षेत्रमैत्री बनाउन चेम्बर अफ कमर्सको सुझाव
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन तथा निजी क्षेत्रमैत्री बनाउन नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझाव...
-
११ महिनामा आयातनिर्यात दुवै बढ्यो, व्यापार घाटा १६ खर्ब नाघ्यो
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको आयात र निर्यात दुवैमा वृद्धि भएको छ। भन्सार विभागले सोमबार...
-
ई–पासपोर्ट छपाइ प्रकरण : आरजुसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं। ई–पासपोर्ट (राहदानी) छपाइसँग सम्बन्धित अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। गत असार...
-
नेपाल अझै सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ मा, थप सुधार आवश्यक
काठमाडौँ। सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय ‘वित्तीय कारबाही कार्यदल’ फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ)ले नेपाललाई अझै निगरानी सूची अर्थात्...
-
राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर यस्तो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...











