आमाले सन्तानका बाबु भनेका पुरुष बाबु प्रमाणित नहुने घटना बढ्दै
काठमाडाैं १३, जेष्ठ । आमाले नै आफ्ना सन्तानका बाबु फलानु हो भनेर तोकिएका अधिकांश व्यक्ति गलत सावित भएका छन् ।
खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा आउने कतिपय मुद्दामा आमाले आफ्नो सन्तानका बाबु भनेका पुरुष बाबु प्रमाणित नभएको पाइएको हो ।
प्रयोगशालामा आउने मुद्दामध्ये आधामा दाबी गरिएका व्यक्ति बाबु प्रमाणित नभएको प्रयोगशाला प्रमुख जीवनप्रसाद रिजाल बताछन् । महिलाले नियतबस नै वा बाध्यतामा परेर बाबु नभएका व्यक्तिलाई पनि बाबु हो भन्ने दाबी गर्छन् । उनी भन्छन्, “सामाजिक आर्थिक, पारिवारिक समस्याका कारण महिलाले झुट बोलेको हुनसक्छ भने कतिपय अवस्थामा सम्पत्ति लिने दाउले पनि झुक्याएको हुनसक्छ ।”
बाबु प्रमाणित नहुनेखालका घटना पहिलेभन्दा पछिल्ला समय झन बढिरहेको छ । पहिले महिला इमान्दार हुन्छन् भन्ने सामाजिक र कानूनी मान्यता थियो । अहिले सामाजिक परिवेश वा परिवारिक बाध्यताले पनि आमाले बाबु नभएको व्यक्तिलाई सन्तानको बाबु भन्ने गरेका घटना बढी आएका छन् । प्रयोगशाला प्रमुख रिजाल भन्छन्, “महिलाले कहिलेकाहीँ जात लुकाउनका लागि र कहिले हाडनाता करणीबाट जन्मिएको सन्तानको पहिचान लुकाउन पनि अर्काे व्यक्ति देखाएको हुन्छ ।”
सबैभन्दा बढी सम्पत्तिका कारण त्यसपछि जन्म, विवाहलगायतका घटना दर्ताका बखत विवाद निस्कँदा सत्यतथ्य पत्ता लगाउन अदालतले डिएनए परीक्षणको नतिजा माग्छ । जन्मेदेखि वा आफूलाई स्मरण भएदेखि बाबु मान्दै आएका व्यक्ति वास्तविकरूपमा बाबु प्रमाणित नभएका घटना छन् । धर्मपुत्र पालिएका व्यक्तिले अभिभावकबाट अंश नपाएर अदालत जान्छन् ।
कतिपय घटनामा भने श्रीमतीले विवाहपछि पाएका सन्तान पनि अर्काको भएको नतिजा डिएनए परीक्षणबाट देखिन्छ । श्रीमतीको अर्काे व्यक्तिसँगको सम्बन्धमात्रै नभएर महिलाले विवाह हुनु अगाबै पेट बोकेको हुन सक्छन् । उनी भन्छन्, “बिहे गर्दा महिला र पुरुषबीचमा सहमति भएर विवाह भए पनि पछि सन्तानले कुनै कुरामा चित्त दुखाउँदा बाबु आफैँले पनि आफ्नो सन्तान होइन भन्छन् ।”
बाबु र उस्को सन्तान हो÷होइन भन्नेमात्र होइन आमा र उस्की सन्तान हो÷होइन भन्ने विवादसमेत परीक्षणका लागि अदालत आउन थालेका छन् । पहिले अनौठो लाग्ने यस्ता घटना अहिले छिटफुट आइरहेको प्रयोगशाला प्रमुख रिजाल बताछन् । पहिले बाबुका नाममा मात्रै सम्पत्ति हुँदा बाबु र सन्तानको डिएनए परीक्षण हुन्थ्यो । अहिले आमाका नाममा समेत सम्पत्ति हुने क्रम बढेपछि सन्तानले आमालाई समेत अंश मुद्दा हाल्न थालेका छन् । उनि भन्छन्, “कतिपय घटनामा आमाले म तेरी आमा होइन भनेकाले पनि परीक्षणका लागि यहाँ आइपुग्छ ।”
प्रयोगशालामा आएका कतिपय घटनामा आमा नभएको नतिजा पनि आएको जाकारी दिँदै उहाँ भन्नुहुन्छ, “बच्चा जन्मनासाथ अस्पतालमा जानेर वा नजानी साटफेर गर्नाले नै आमा होइन भन्ने नतिजा निस्कन्छ ।”
प्रयोगशालामा डिएनए परीक्षणका लागि धेरैखालका मुद्दा आउने गरेका छन् । तिनमा सबैभन्दा बढी महिलाले न्वारन गरी पाऊँ, नाता कायम गरी पाऊँ, अंश पाऊँ भन्दै सन्तानको बाबु दाबी गरेका मुद्दा सबैभन्दा बढी रहेको प्रयोगशालाले जनाएको छ । सन्तानले बाबुसँग अंश माग्नका लागि अदालतमा हालेको अंश मुद्दामा पनि डिएनए परीक्षणका लागि यहाँ आउँछ ।
अभिभावक र सन्तानका बीचमा डिएनए परीक्षण गरेर ती व्यक्ति बाबुआमा हुन् वा होइनन् भन्ने निष्कर्ष निकालिने चर्चा गर्दै प्रयोगशाला प्रमुख रिजाल भन्छन् “अभिभावक र सन्तान आफ्नो हो÷होइन छुट्याउन यो नै सबैभन्दा बलियो माध्यम हो ।”
मानव शरीरमा २३ जोडी क्रोमोजोम हुन्छ । तीमध्ये २३ वटा आमाबाट र २३ वटा बाबुबाट आएको हुन्छ । ती क्रोमोजोम बाबु र आमासँग मिल्दा सन्तान हो र नमिल्दा होइन भन्ने प्रमाणित हुन्छ ।
प्रयोगशालामा गत आर्थिक वर्षमा अदालतबाट ४१ र अन्य निकायबाट १६४ गरेर जम्मा २०५ वटा मुद्दामा डिएनए परीक्षणका लागि आएका थिए ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
ईश्वरले ओलीलाई धक्का दिदैः पूर्वराष्ट्रपति भण्डारीको सदस्यता के होला ?
काठमाडाैं । नेकपा एमालेको आगामी महाधिवेशनमा दुई प्यानलबीच प्रतिष्पर्धा हुने पक्का भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षबाट बरिष्ठ उपाध्यक्ष...
-
असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफलः एमाले
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एमालेले असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफल भएको जनाएको छ। सभालाई सम्बोधनको क्रममा एमालेका महासचिव...
-
नेपाल एयरलाइन्सको अर्को ट्विनअटर मर्मतपछि नियमित सेवामा
काठमाडाैं । नेपाल एयरलाइन्सले ग्राउण्डेड गरेर राखेको 'अल्फा ब्राभो ट्यांगो'को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । दुर्गम...
-
सरकारलाई ओलीको कडा च्यालेन्ज, राजदूत प्रकरणमा पोखे आक्रोश
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न चेतावनी दिएका छन् । सोमवार पार्टीद्वारा काठमाडौंमा आयोजित...
-
राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न वामपन्थीहरू एउटै झण्डामुनि एकताबद्ध होऊँः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सामु देखिएका जटिल राजनीतिक परिस्थिति, जनअपेक्षा,...












