आमाले सन्तानका बाबु भनेका पुरुष बाबु प्रमाणित नहुने घटना बढ्दै
काठमाडाैं १३, जेष्ठ । आमाले नै आफ्ना सन्तानका बाबु फलानु हो भनेर तोकिएका अधिकांश व्यक्ति गलत सावित भएका छन् ।
खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा आउने कतिपय मुद्दामा आमाले आफ्नो सन्तानका बाबु भनेका पुरुष बाबु प्रमाणित नभएको पाइएको हो ।
प्रयोगशालामा आउने मुद्दामध्ये आधामा दाबी गरिएका व्यक्ति बाबु प्रमाणित नभएको प्रयोगशाला प्रमुख जीवनप्रसाद रिजाल बताछन् । महिलाले नियतबस नै वा बाध्यतामा परेर बाबु नभएका व्यक्तिलाई पनि बाबु हो भन्ने दाबी गर्छन् । उनी भन्छन्, “सामाजिक आर्थिक, पारिवारिक समस्याका कारण महिलाले झुट बोलेको हुनसक्छ भने कतिपय अवस्थामा सम्पत्ति लिने दाउले पनि झुक्याएको हुनसक्छ ।”
बाबु प्रमाणित नहुनेखालका घटना पहिलेभन्दा पछिल्ला समय झन बढिरहेको छ । पहिले महिला इमान्दार हुन्छन् भन्ने सामाजिक र कानूनी मान्यता थियो । अहिले सामाजिक परिवेश वा परिवारिक बाध्यताले पनि आमाले बाबु नभएको व्यक्तिलाई सन्तानको बाबु भन्ने गरेका घटना बढी आएका छन् । प्रयोगशाला प्रमुख रिजाल भन्छन्, “महिलाले कहिलेकाहीँ जात लुकाउनका लागि र कहिले हाडनाता करणीबाट जन्मिएको सन्तानको पहिचान लुकाउन पनि अर्काे व्यक्ति देखाएको हुन्छ ।”
सबैभन्दा बढी सम्पत्तिका कारण त्यसपछि जन्म, विवाहलगायतका घटना दर्ताका बखत विवाद निस्कँदा सत्यतथ्य पत्ता लगाउन अदालतले डिएनए परीक्षणको नतिजा माग्छ । जन्मेदेखि वा आफूलाई स्मरण भएदेखि बाबु मान्दै आएका व्यक्ति वास्तविकरूपमा बाबु प्रमाणित नभएका घटना छन् । धर्मपुत्र पालिएका व्यक्तिले अभिभावकबाट अंश नपाएर अदालत जान्छन् ।
कतिपय घटनामा भने श्रीमतीले विवाहपछि पाएका सन्तान पनि अर्काको भएको नतिजा डिएनए परीक्षणबाट देखिन्छ । श्रीमतीको अर्काे व्यक्तिसँगको सम्बन्धमात्रै नभएर महिलाले विवाह हुनु अगाबै पेट बोकेको हुन सक्छन् । उनी भन्छन्, “बिहे गर्दा महिला र पुरुषबीचमा सहमति भएर विवाह भए पनि पछि सन्तानले कुनै कुरामा चित्त दुखाउँदा बाबु आफैँले पनि आफ्नो सन्तान होइन भन्छन् ।”
बाबु र उस्को सन्तान हो÷होइन भन्नेमात्र होइन आमा र उस्की सन्तान हो÷होइन भन्ने विवादसमेत परीक्षणका लागि अदालत आउन थालेका छन् । पहिले अनौठो लाग्ने यस्ता घटना अहिले छिटफुट आइरहेको प्रयोगशाला प्रमुख रिजाल बताछन् । पहिले बाबुका नाममा मात्रै सम्पत्ति हुँदा बाबु र सन्तानको डिएनए परीक्षण हुन्थ्यो । अहिले आमाका नाममा समेत सम्पत्ति हुने क्रम बढेपछि सन्तानले आमालाई समेत अंश मुद्दा हाल्न थालेका छन् । उनि भन्छन्, “कतिपय घटनामा आमाले म तेरी आमा होइन भनेकाले पनि परीक्षणका लागि यहाँ आइपुग्छ ।”
प्रयोगशालामा आएका कतिपय घटनामा आमा नभएको नतिजा पनि आएको जाकारी दिँदै उहाँ भन्नुहुन्छ, “बच्चा जन्मनासाथ अस्पतालमा जानेर वा नजानी साटफेर गर्नाले नै आमा होइन भन्ने नतिजा निस्कन्छ ।”
प्रयोगशालामा डिएनए परीक्षणका लागि धेरैखालका मुद्दा आउने गरेका छन् । तिनमा सबैभन्दा बढी महिलाले न्वारन गरी पाऊँ, नाता कायम गरी पाऊँ, अंश पाऊँ भन्दै सन्तानको बाबु दाबी गरेका मुद्दा सबैभन्दा बढी रहेको प्रयोगशालाले जनाएको छ । सन्तानले बाबुसँग अंश माग्नका लागि अदालतमा हालेको अंश मुद्दामा पनि डिएनए परीक्षणका लागि यहाँ आउँछ ।
अभिभावक र सन्तानका बीचमा डिएनए परीक्षण गरेर ती व्यक्ति बाबुआमा हुन् वा होइनन् भन्ने निष्कर्ष निकालिने चर्चा गर्दै प्रयोगशाला प्रमुख रिजाल भन्छन् “अभिभावक र सन्तान आफ्नो हो÷होइन छुट्याउन यो नै सबैभन्दा बलियो माध्यम हो ।”
मानव शरीरमा २३ जोडी क्रोमोजोम हुन्छ । तीमध्ये २३ वटा आमाबाट र २३ वटा बाबुबाट आएको हुन्छ । ती क्रोमोजोम बाबु र आमासँग मिल्दा सन्तान हो र नमिल्दा होइन भन्ने प्रमाणित हुन्छ ।
प्रयोगशालामा गत आर्थिक वर्षमा अदालतबाट ४१ र अन्य निकायबाट १६४ गरेर जम्मा २०५ वटा मुद्दामा डिएनए परीक्षणका लागि आएका थिए ।
Comments
अरु समाचार
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...











