सेक्सपछि याैनिबाट आवाज आउँछ किन, के हो समाधानको उपाय ?
काठमाडाै १३, जेष्ठ । सामान्यतया याैन सम्पर्क भन्ने वित्तिकै हाम्रो समाजमा त्यति सहज ढंगले लिइदैन तर यसका बारेमा भने जानकार हुन जरुरी छ । दैनिक जीवनमा तनाव कम गर्न, मुटु स्वस्थ राख्न र शारिरीक रुपमा सवल बन्न याैन सम्पर्कले सहयोग गरिरहेको हुन्छ ।
थुप्रै अध्यनका अनुसार सेक्स भनेको दैनिक खाने खाना सतरह नै हो जो कुरा प्राणी र जगताकालागि आवश्यक छ ।
आखिर सेक्स गर्दा किन याैनीबाट आवाज आउँछ त ?
कतिपय व्यक्तिले यौनसम्पर्कका बेला योनिबाट आवाज आएको अनुभव गरेका हुन्छन् । यसलाई असामान्य मानिँदैन । यो विशेषत: यौनसम्पर्कका बेला योनिमा लिङ्ग प्रवेश गराउने कार्यको भौतिकी (physics) सँग सम्बन्धित छ ।
प्रवेश गर्ने बेला लिङ्गले योनिभित्र रहेको हावालाई दबाब दिन्छ र त्यसको चाप बढ्दै गएपछि हावा बाहिर निस्कन खोज्छ । त्यस्तो हावा लिङ्गको वरिपरिबाट बाहिर आउँछ । यही क्रममा आवाज आउँछ । आवाजको कुरा गर्दा यो एक किसिमले ‘अपान वायु’ अर्थात् पाद आएको बेलाजस्तै हुन सक्छ, तर सामान्यत: यो गन्हाउँदैन ।
योनि एक नली आकारको अङ्ग भए पनि योनिको भित्ता एक–आपसमा टाँसिएर रहने भएकाले यसमा हावा हुँदैन, तर कतिपय अवस्थामा यसमा हावा पस्न सक्छ । तपाईलें याद गर्नुभएकै होला, योनिद्वार बन्द अवस्थामा हुन्छ तर कारणवश यो केही मात्रामा खुला भयो भने हावा भित्र जाने सम्भावना हुन्छ ।
तपाईंलाई थाहै हुनुपर्छ, यौन उत्तेजनाका बेला योनिद्वार खुला हुन्छ । यौन उत्तेजनाका बेला योनि तथा भग क्षेत्रमा रक्तप्रवाह बढ्छ र लिङ्ग प्रवेशका लागि तयार रहन्छ । यस्तो स्थितिमा हावा भित्र रहने र त्यो दबाबका साथ बाहिर आउने सम्भावना बढी हुन्छ ।
यौनसम्पर्क गर्ने क्रममा लिङ्ग पूरै बाहिर निकालेर पुन: प्रवेश गराएको स्थितिमा हावा भित्र पस्ने र दबाबका साथ बाहिर आउने स्थिति हुन्छ । त्यसका साथै केही निश्चित यौन आशनमा यस्तो समस्या बढी देखा पर्न सक्छ । यो कुरा तपाईंले पनि याद गर्नु भएको हुन सक्छ ।
त्यसबाहेक केही महिलाले यौन चरमसुख प्राप्तिपछि योनिबाट आवाज आएको अनुभव गर्छन्, किनभने चरमसुख प्राप्तिपछि योनि उत्तेजना नभएको पुरानै अवस्थामा आउँदा त्यसमा भएको हावा निस्कने क्रममा यस्तो आवाज आउँछ ।
समाधानको उपाए के हो ?
यसरी पादेको बेलाजस्तै यौन सम्पर्कका बेला कुनै गन्धबिना आवाज मात्र आउनु असामान्य कुरा नभएकाले यसमा विशेष उपचारको आवश्यकता पर्दैन । कतिपयले यो कुरालाई लिएर लज्जाबोध गर्छन्, तर लाज मान्नुपर्ने पनि केही कारण म देख्दिनँ ।
कुरा जे भए पनि यसलाई कम गर्ने केही उपाय भने अवलम्बन गर्न सकिन्छ । तपाईंले आफ्नो यौनसाथीसँग कुरा गरेर यौन क्रियाकलापमा केही परिवर्तन ल्याउन सक्नुहुन्छ । यौनसम्पर्क गर्दा गर्दै यदि तपाईंले यौन आसन परिवर्तन गर्न खोज्नुभएको छ भने लिङ्ग योनिबाट पूरै ननिकाली गर्नुभयो भने योनिमा हावा पस्दैन र यस्तो आवाज आउने सम्भावना पनि हुँदैन वा कम हुन्छ ।
अर्को कुरा, तपाईंको यौनसाथीले लिङ्ग बिस्तारै योनिमा प्रवेश गराए भने पनि आवाज निकै कम हुन्छ वा आवाज नै नआउन सक्छ, किनभने यसो गर्दा योनिमा भएको हावा बिस्तारै फुस्कन्छ ।
यसैगरी लिङ्गलाई भित्रसम्म प्रवेश नगराई हल्का रूपमा प्रवेश गराउँदा पनि योनिबाट आउने आवाज कम हुन्छ । त्यसबाहेक कुनै निश्चित यौन आशनमा यौनसम्पर्क गर्दा बढी आवाज आउँछ भने त्यस्तो आशन प्रयोग नै नगर्नु यसबाट जोगिने सरल उपाय हो ।
यी उपाय अवलम्बन गर्दा पनि समस्या कम नभए वा गन्धयुक्त आवाज आए जस्ता केही स्थितिमा तपाईंको योनिको संरचना केही फरक वा असामान्य किसिमको हुन सक्छ, तर तपाईंले त्यस्तो कुनै लक्षण उल्लेख नगर्नु भएकाले त्यस्तो कुनै खराबी भएजस्तो बुझिँदैन ।
योनिको संरचनागत खराबी भएको स्थितिमा भने उपचारको आवश्यकता पर्छ । योनिमा के–कस्तो खराबी छ भन्ने यकिन गर्न एकपटक स्त्रीरोग विशेषज्ञबाट परीक्षण गराउनुपर्छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
ईश्वरले ओलीलाई धक्का दिदैः पूर्वराष्ट्रपति भण्डारीको सदस्यता के होला ?
काठमाडाैं । नेकपा एमालेको आगामी महाधिवेशनमा दुई प्यानलबीच प्रतिष्पर्धा हुने पक्का भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षबाट बरिष्ठ उपाध्यक्ष...
-
असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफलः एमाले
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एमालेले असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफल भएको जनाएको छ। सभालाई सम्बोधनको क्रममा एमालेका महासचिव...
-
नेपाल एयरलाइन्सको अर्को ट्विनअटर मर्मतपछि नियमित सेवामा
काठमाडाैं । नेपाल एयरलाइन्सले ग्राउण्डेड गरेर राखेको 'अल्फा ब्राभो ट्यांगो'को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । दुर्गम...
-
सरकारलाई ओलीको कडा च्यालेन्ज, राजदूत प्रकरणमा पोखे आक्रोश
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न चेतावनी दिएका छन् । सोमवार पार्टीद्वारा काठमाडौंमा आयोजित...
-
राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न वामपन्थीहरू एउटै झण्डामुनि एकताबद्ध होऊँः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सामु देखिएका जटिल राजनीतिक परिस्थिति, जनअपेक्षा,...












