सेक्सपछि याैनिबाट आवाज आउँछ किन, के हो समाधानको उपाय ?
काठमाडाै १३, जेष्ठ । सामान्यतया याैन सम्पर्क भन्ने वित्तिकै हाम्रो समाजमा त्यति सहज ढंगले लिइदैन तर यसका बारेमा भने जानकार हुन जरुरी छ । दैनिक जीवनमा तनाव कम गर्न, मुटु स्वस्थ राख्न र शारिरीक रुपमा सवल बन्न याैन सम्पर्कले सहयोग गरिरहेको हुन्छ ।
थुप्रै अध्यनका अनुसार सेक्स भनेको दैनिक खाने खाना सतरह नै हो जो कुरा प्राणी र जगताकालागि आवश्यक छ ।
आखिर सेक्स गर्दा किन याैनीबाट आवाज आउँछ त ?
कतिपय व्यक्तिले यौनसम्पर्कका बेला योनिबाट आवाज आएको अनुभव गरेका हुन्छन् । यसलाई असामान्य मानिँदैन । यो विशेषत: यौनसम्पर्कका बेला योनिमा लिङ्ग प्रवेश गराउने कार्यको भौतिकी (physics) सँग सम्बन्धित छ ।
प्रवेश गर्ने बेला लिङ्गले योनिभित्र रहेको हावालाई दबाब दिन्छ र त्यसको चाप बढ्दै गएपछि हावा बाहिर निस्कन खोज्छ । त्यस्तो हावा लिङ्गको वरिपरिबाट बाहिर आउँछ । यही क्रममा आवाज आउँछ । आवाजको कुरा गर्दा यो एक किसिमले ‘अपान वायु’ अर्थात् पाद आएको बेलाजस्तै हुन सक्छ, तर सामान्यत: यो गन्हाउँदैन ।
योनि एक नली आकारको अङ्ग भए पनि योनिको भित्ता एक–आपसमा टाँसिएर रहने भएकाले यसमा हावा हुँदैन, तर कतिपय अवस्थामा यसमा हावा पस्न सक्छ । तपाईलें याद गर्नुभएकै होला, योनिद्वार बन्द अवस्थामा हुन्छ तर कारणवश यो केही मात्रामा खुला भयो भने हावा भित्र जाने सम्भावना हुन्छ ।
तपाईंलाई थाहै हुनुपर्छ, यौन उत्तेजनाका बेला योनिद्वार खुला हुन्छ । यौन उत्तेजनाका बेला योनि तथा भग क्षेत्रमा रक्तप्रवाह बढ्छ र लिङ्ग प्रवेशका लागि तयार रहन्छ । यस्तो स्थितिमा हावा भित्र रहने र त्यो दबाबका साथ बाहिर आउने सम्भावना बढी हुन्छ ।
यौनसम्पर्क गर्ने क्रममा लिङ्ग पूरै बाहिर निकालेर पुन: प्रवेश गराएको स्थितिमा हावा भित्र पस्ने र दबाबका साथ बाहिर आउने स्थिति हुन्छ । त्यसका साथै केही निश्चित यौन आशनमा यस्तो समस्या बढी देखा पर्न सक्छ । यो कुरा तपाईंले पनि याद गर्नु भएको हुन सक्छ ।
त्यसबाहेक केही महिलाले यौन चरमसुख प्राप्तिपछि योनिबाट आवाज आएको अनुभव गर्छन्, किनभने चरमसुख प्राप्तिपछि योनि उत्तेजना नभएको पुरानै अवस्थामा आउँदा त्यसमा भएको हावा निस्कने क्रममा यस्तो आवाज आउँछ ।
समाधानको उपाए के हो ?
यसरी पादेको बेलाजस्तै यौन सम्पर्कका बेला कुनै गन्धबिना आवाज मात्र आउनु असामान्य कुरा नभएकाले यसमा विशेष उपचारको आवश्यकता पर्दैन । कतिपयले यो कुरालाई लिएर लज्जाबोध गर्छन्, तर लाज मान्नुपर्ने पनि केही कारण म देख्दिनँ ।
कुरा जे भए पनि यसलाई कम गर्ने केही उपाय भने अवलम्बन गर्न सकिन्छ । तपाईंले आफ्नो यौनसाथीसँग कुरा गरेर यौन क्रियाकलापमा केही परिवर्तन ल्याउन सक्नुहुन्छ । यौनसम्पर्क गर्दा गर्दै यदि तपाईंले यौन आसन परिवर्तन गर्न खोज्नुभएको छ भने लिङ्ग योनिबाट पूरै ननिकाली गर्नुभयो भने योनिमा हावा पस्दैन र यस्तो आवाज आउने सम्भावना पनि हुँदैन वा कम हुन्छ ।
अर्को कुरा, तपाईंको यौनसाथीले लिङ्ग बिस्तारै योनिमा प्रवेश गराए भने पनि आवाज निकै कम हुन्छ वा आवाज नै नआउन सक्छ, किनभने यसो गर्दा योनिमा भएको हावा बिस्तारै फुस्कन्छ ।
यसैगरी लिङ्गलाई भित्रसम्म प्रवेश नगराई हल्का रूपमा प्रवेश गराउँदा पनि योनिबाट आउने आवाज कम हुन्छ । त्यसबाहेक कुनै निश्चित यौन आशनमा यौनसम्पर्क गर्दा बढी आवाज आउँछ भने त्यस्तो आशन प्रयोग नै नगर्नु यसबाट जोगिने सरल उपाय हो ।
यी उपाय अवलम्बन गर्दा पनि समस्या कम नभए वा गन्धयुक्त आवाज आए जस्ता केही स्थितिमा तपाईंको योनिको संरचना केही फरक वा असामान्य किसिमको हुन सक्छ, तर तपाईंले त्यस्तो कुनै लक्षण उल्लेख नगर्नु भएकाले त्यस्तो कुनै खराबी भएजस्तो बुझिँदैन ।
योनिको संरचनागत खराबी भएको स्थितिमा भने उपचारको आवश्यकता पर्छ । योनिमा के–कस्तो खराबी छ भन्ने यकिन गर्न एकपटक स्त्रीरोग विशेषज्ञबाट परीक्षण गराउनुपर्छ ।
Comments
अरु समाचार
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
Breaking: ओली लेखक बिहीबार रिहा हुदै
काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक बिहीबार रिहा हुने सम्भावाना देखिएको छ । सर्वोच्चको...
-
उच्च अदालतका न्यायाधीश राजु खतिवडा बालेन्द्र सरकारका महान्यायाधिवक्ता बन्दै !
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले उच्च अदालतका न्यायाधीश राजु खतिवडालाई नेपाल सरकारको महान्यायाधिवक्ताको नियुक्ति गर्ने सम्भावना उच्च बनेको छ ।...
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...












