‘मानसिक रोगी’लाई फकाएर मिर्गौला निकालियोः पीडितको जाहेरीमा एक पक्राउ, तीनजना फरार
भक्तपुर १४, जेष्ठ । मानसिक रोगको औषधि सेवन गरिरहेको एक युवकको मिर्गौला झिकेर आफूलाई प्रत्यारोपण गर्ने एक जनालाई महानगरीय प्रहरी परिसर भक्तपुरले आइतबार पक्राउ गरेको छ।
प्रहरीले मोरङ विराटनगर उपमहानगरपालिका–१ स्थायी घर भई हाल भक्तपुर नगरपालिका–१ मा बस्ने ५१ वर्षीय थर्कबहादुर बस्नेतलाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिए।
गत वैशाख १० गते भक्तपुरस्थित शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रमा काभ्रेपलाञ्चोक साबिक टुकुचा गाविस वडा नं ९ घर भई हाल बनेपा नगरपालिका–२ बस्ने २९ वर्षीय कुमार गिरीलाई झुक्याएर मिर्गौला निकाली अभियुक्त बस्नेतलाई प्रत्यारोपण गरिएको प्रहरीको भनाइ छ।
मिर्गौला प्रत्यारोपण गर्दा आफन्तभित्रको पनि नाता प्रमाणितलगायतको कागजपत्र पेस गर्नुपर्नेमा मिर्गौला चोरी निकासी गर्ने गिरोहले नक्कली कागजपत्र पेस गरी मिर्गौला झिकेको प्रहरीको अनुसन्धानमा खुलेको जनाएको छ।
बाबुको मिर्गौला प्रत्यारोपण गर्न थर्कबहादुरका छोरा आशीष बस्नेतले मिर्गौला खोजी गर्नेक्रममा काभ्रे टुकुचाकै डल्लुराज गिरी र लालचन्द्र गिरीसँग भेट गरी योजना बनाएको पाइएको छ। गिरीद्वयले आशीषलाई मानसिक रोगी रहेको र परिवारसँग सधैँ नबस्ने कुमारको मिर्गौला झिक्दा कसैलाई थाहा नहुने भन्दै योजना बनाएको आरोप पीडितका बुबा भोलानाथ गिरीको छ।
गिरोहको योजनाअनुसार चाँगुबाट कुमारलाई समातेर डेरामा ल्याएर फकाएर राखेको र बेलाबेलामा भाग्दा पनि पिछा गरेर समातेर ल्याउँदै कोठामा राख्दै डर, धम्की, त्रास र प्रलोभन देखाउने गरेको पाइएको पीडित परिवारको भनाइ छ।
थर्कमानको छोरा आशीषको नाममा सबै कागजपत्र मिलाएर अन्त्यमा नाता प्रमाणितलगायतमा आशीषको फोटो झिकेर कुमारको फोटो टाँस गरी मानव अङ्ग प्रत्यारोपण केन्द्रमा लगेर कुमारको मिर्गौला झिकेर थर्कमानलाई प्रत्यारोपण गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ।
पीडित कुमारले बताएअनुसार डर, धम्की, त्रास र प्रलोभनमा पारेर पत्थरीको शल्यक्रिया गर्ने भन्दै मिर्गौला झिकेको पीडितका हजुरबुवा गणेश गिरीले बताए। आशीषले रु १० हजार दिइसकेको छु, अंश पनि दिन्छु शल्यक्रिया गर भनेर डर तथा प्रलोभन देखाएर कुमारको मिर्गौला झिकेर आफ्नो बाबुलाई प्रत्यारोपण गरेको उनको दाबी छ।
मिर्गौला झिकेपछि पनि एक साता अस्पताल राखेपछि बस्नेतले थप केही दिन आफ्नै कोठामा राखी पछि अब काम सकियो भन्दै काठमाडौँ सितापाइलास्थित कुमारको फुपू शारदा गिरीको घर नजिकै लगेर छाडिदिएपछि आफन्तले भेटाएर घरमा लगेका थिए। फुपूको घरमा कुमारले नुहाउँदा पेट चिरिएको देखेपछि घटना सार्वजनिक भएको थियो।
मिर्गौला झिक्नुअघि आशीषलगायतको गिरोहले वीर अस्पतालमा कुमारको सबै स्वास्थ्य परीक्षण र रगतसमेत जाँच गराएर गत वैशाख १० गते केन्द्रमा कुमारको मिर्गौला झिकेर थर्कबहादुरलाई प्रत्यारोपण गरिएको आफन्तको भनाइ छ।
पीडितका परिवार प्रह्लाद गिरीले घटना थाहा पाएपछि महानगरीय प्रहरी परिसर भक्तपुरमा जाहेरी दिएलगत्तै थर्कबहादुरलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ। गिरोहमा संलग्न रहेको भनिएका आशीष, डल्लुराज र लालचन्द्र फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ।
पीडित परिवारले भने घटनामा अस्पतालका चिकित्सकको समेत मिलेमतो रहेको भन्दै कडा र सुक्ष्मरुपमा अनुसन्धान गरी सबै दोषीलाई कारबाही गर्नुपर्ने एवं पीडितलाई क्षतिपूर्ति भराउनुपर्ने माग गरेका छन्।
यसअघि पनि मानव अङ्ग प्रत्यारोपण केन्द्र आसपासमा मिर्गौला तस्करीमा लागेको गिरोह सक्रिय भएको, नेपाल र भारतमासमेत लगेर मिर्गौला किनबेच गर्ने गिरोह सक्रिय रहेको भन्दै प्रहरीले छापा मार्ने र निगरानी बढाएको थियो। प्रहरीले बस्नेतलाई मानव अङ्ग बेचबिखन मुद्दा दर्ता गरी अनुसन्धान कार्य अगाडि बढाएको र फरारको खोजी भइरहेको जानकारी दिएको छ। रासस
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...











