‘मानसिक रोगी’लाई फकाएर मिर्गौला निकालियोः पीडितको जाहेरीमा एक पक्राउ, तीनजना फरार
भक्तपुर १४, जेष्ठ । मानसिक रोगको औषधि सेवन गरिरहेको एक युवकको मिर्गौला झिकेर आफूलाई प्रत्यारोपण गर्ने एक जनालाई महानगरीय प्रहरी परिसर भक्तपुरले आइतबार पक्राउ गरेको छ।
प्रहरीले मोरङ विराटनगर उपमहानगरपालिका–१ स्थायी घर भई हाल भक्तपुर नगरपालिका–१ मा बस्ने ५१ वर्षीय थर्कबहादुर बस्नेतलाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिए।
गत वैशाख १० गते भक्तपुरस्थित शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रमा काभ्रेपलाञ्चोक साबिक टुकुचा गाविस वडा नं ९ घर भई हाल बनेपा नगरपालिका–२ बस्ने २९ वर्षीय कुमार गिरीलाई झुक्याएर मिर्गौला निकाली अभियुक्त बस्नेतलाई प्रत्यारोपण गरिएको प्रहरीको भनाइ छ।
मिर्गौला प्रत्यारोपण गर्दा आफन्तभित्रको पनि नाता प्रमाणितलगायतको कागजपत्र पेस गर्नुपर्नेमा मिर्गौला चोरी निकासी गर्ने गिरोहले नक्कली कागजपत्र पेस गरी मिर्गौला झिकेको प्रहरीको अनुसन्धानमा खुलेको जनाएको छ।
बाबुको मिर्गौला प्रत्यारोपण गर्न थर्कबहादुरका छोरा आशीष बस्नेतले मिर्गौला खोजी गर्नेक्रममा काभ्रे टुकुचाकै डल्लुराज गिरी र लालचन्द्र गिरीसँग भेट गरी योजना बनाएको पाइएको छ। गिरीद्वयले आशीषलाई मानसिक रोगी रहेको र परिवारसँग सधैँ नबस्ने कुमारको मिर्गौला झिक्दा कसैलाई थाहा नहुने भन्दै योजना बनाएको आरोप पीडितका बुबा भोलानाथ गिरीको छ।
गिरोहको योजनाअनुसार चाँगुबाट कुमारलाई समातेर डेरामा ल्याएर फकाएर राखेको र बेलाबेलामा भाग्दा पनि पिछा गरेर समातेर ल्याउँदै कोठामा राख्दै डर, धम्की, त्रास र प्रलोभन देखाउने गरेको पाइएको पीडित परिवारको भनाइ छ।
थर्कमानको छोरा आशीषको नाममा सबै कागजपत्र मिलाएर अन्त्यमा नाता प्रमाणितलगायतमा आशीषको फोटो झिकेर कुमारको फोटो टाँस गरी मानव अङ्ग प्रत्यारोपण केन्द्रमा लगेर कुमारको मिर्गौला झिकेर थर्कमानलाई प्रत्यारोपण गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ।
पीडित कुमारले बताएअनुसार डर, धम्की, त्रास र प्रलोभनमा पारेर पत्थरीको शल्यक्रिया गर्ने भन्दै मिर्गौला झिकेको पीडितका हजुरबुवा गणेश गिरीले बताए। आशीषले रु १० हजार दिइसकेको छु, अंश पनि दिन्छु शल्यक्रिया गर भनेर डर तथा प्रलोभन देखाएर कुमारको मिर्गौला झिकेर आफ्नो बाबुलाई प्रत्यारोपण गरेको उनको दाबी छ।
मिर्गौला झिकेपछि पनि एक साता अस्पताल राखेपछि बस्नेतले थप केही दिन आफ्नै कोठामा राखी पछि अब काम सकियो भन्दै काठमाडौँ सितापाइलास्थित कुमारको फुपू शारदा गिरीको घर नजिकै लगेर छाडिदिएपछि आफन्तले भेटाएर घरमा लगेका थिए। फुपूको घरमा कुमारले नुहाउँदा पेट चिरिएको देखेपछि घटना सार्वजनिक भएको थियो।
मिर्गौला झिक्नुअघि आशीषलगायतको गिरोहले वीर अस्पतालमा कुमारको सबै स्वास्थ्य परीक्षण र रगतसमेत जाँच गराएर गत वैशाख १० गते केन्द्रमा कुमारको मिर्गौला झिकेर थर्कबहादुरलाई प्रत्यारोपण गरिएको आफन्तको भनाइ छ।
पीडितका परिवार प्रह्लाद गिरीले घटना थाहा पाएपछि महानगरीय प्रहरी परिसर भक्तपुरमा जाहेरी दिएलगत्तै थर्कबहादुरलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ। गिरोहमा संलग्न रहेको भनिएका आशीष, डल्लुराज र लालचन्द्र फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ।
पीडित परिवारले भने घटनामा अस्पतालका चिकित्सकको समेत मिलेमतो रहेको भन्दै कडा र सुक्ष्मरुपमा अनुसन्धान गरी सबै दोषीलाई कारबाही गर्नुपर्ने एवं पीडितलाई क्षतिपूर्ति भराउनुपर्ने माग गरेका छन्।
यसअघि पनि मानव अङ्ग प्रत्यारोपण केन्द्र आसपासमा मिर्गौला तस्करीमा लागेको गिरोह सक्रिय भएको, नेपाल र भारतमासमेत लगेर मिर्गौला किनबेच गर्ने गिरोह सक्रिय रहेको भन्दै प्रहरीले छापा मार्ने र निगरानी बढाएको थियो। प्रहरीले बस्नेतलाई मानव अङ्ग बेचबिखन मुद्दा दर्ता गरी अनुसन्धान कार्य अगाडि बढाएको र फरारको खोजी भइरहेको जानकारी दिएको छ। रासस
Comments
अरु समाचार
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आज बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना
काठमाडौँ। नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भूभागका एक, दुई...
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...












