३ हजार २२७ दरबन्दी स्वीकृत, एउटा प्रदेशलाई ४६१
काठमाडौं १४, जेष्ठ । सरकारले प्रदेश तहमा कर्मचारी दरबन्दीको टुंगो लगाएको छ । मूख्यमन्त्री, मन्त्रिपरिषद् र प्रदेश मन्त्रालयहरूको परिमार्जित संगठन संरचनाको प्रस्ताव पारित गर्दै सरकारले प्रदेश तहका लागि तीन हजार २२७ दरबन्दी स्वीकृत गरेको हो ।
गत ६ जेठमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार अब एउटा प्रदेशमा चार सय ६१ का दरले सातै प्रदेशमा कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ ।
प्रदेश तहमा ११ वटा कार्यालय रहने निर्णय पनि गरेको छ । जसमा सात वटा मन्त्रालय, प्रदेश प्रमुख कार्यालय, प्रदेश सभा, प्रदेश मुख्य न्यायाधीवक्ता र कोष नियन्त्रक कार्यालय रहनेछन् ।
यसअघि गत माघमा सरकारले अन्तरिम व्यवस्थापन अन्तर्गत प्रदेशको संगठन संरचना र दरबन्दी स्वीकृत गरेको थियो । त्यसलाई परिमार्जन गर्दै सरकारले नयाँ निर्णय गरेको हो ।
सरकारले गरेको निर्णय अनुसार अब मूख्यमन्त्री र मन्त्रिपरिषद कार्यालयमा विशिष्ट श्रेणीका कर्मचारी (सचिव) रहनेछन् भने अन्य मन्त्रालयमा राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) रहनेछन् ।
Comments
अरु समाचार
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...











