क्यासिनोमा कडाई, खेलाडीले पाँच हजार डलरभन्दा बढी नगद लिन नपाइने
काठमाडौँ १६, जेष्ठ । नेपाल राष्ट्र बैंकले क्यासिनोले गर्ने लेनदेनमा कडाइ गरेको छ । केन्द्रीय बैंकले क्यासिनोले पनि बैंकिङ प्रणालीबाटै कारोबार गर्नुपर्ने गरी एकीकृत परिपत्र २०७४ लाई संशोधन गरेको छ ।
क्यासिनोले खेलको लागि खेलाडीबाट ५ हजार डलर नगदै लिन सक्नेछन् भने सो भन्दा बढी लिनुपरेमा बैंकिङ प्रणालीबाट मात्र लिन पाइने नेपाल राष्ट्र बैंक अन्र्तगत विदेशी विनिमय विभागले जनाएको छ । यस्तै, क्यासिनोले बैंक तथा वित्तिय संस्थासँग सम्झौता गरेर प्वाइन्ट अफ सेल (पस) मार्फत पनि खेलाडीसँग विदेशीमुद्रा लिन सक्ने राष्ट्र बैंकले जनाएको छ ।
क्यासिनोले कारोबारबाट पाएको नगद विदेशी मुद्राहरु भोलिपल्टै बैंकमा जम्मा गर्नुपर्नेछ । एकिकृत परिपत्रको दफा २ पश्चात यो व्यवस्था थप गरिएको हो । भारतबाट क्यासिनो खेल्न आउने खेलाडीबाट जम्मा भएको रकम राख्न भारतीय मुद्राको छुट्टै खाता खोल्नुपर्नेछ ।
बैंकिङ च्यानलबाट मात्र प्राप्त भएको रकम सो खातामा राख्नुपर्नेछ । यदि खेलाडीले बाजी जितेमा बैंकिङ च्यानलबाटै भुक्तानी गर्नुपर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले भनेको छ ।
क्यासिनोको भारतीय मुद्रा खातामा भारु १० करोड र परिवत्र्य विदेशी मुद्रा खातामा २० लाख अमेरिकी डलरसम्म राख्न पाउनेछन् । सो भन्दा बढी रकम जम्मा भएको अवस्थामा भने नेपाली खातामा सो रकम रकमान्तर गर्नुपर्नेछ ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
विदेशी मुद्राको विनिमयदर: आज कुन देशको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी...
-
आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपियाँको बजेट
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपियाँको बजेट विनियोजन गरेको छ...
-
कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि, न्यूनतम ४० हजार
काठमाडौं । सरकारले महँगी भत्तालाई निरन्तरता दिँदै तलबमानमा २१ प्रतिशत बृद्धि गर्ने निर्णय गरेको छ । कर्मचारीको न्यूनतम तलब ४०...
-
आज आव २०८३/८४ को बजेट सार्वजनिक गर्दै सरकार, सुशासनलाई प्राथमिकता
काठमाडौँ । सरकारले आज आगामी आर्थिक वर्ष २०८३\८४ को बजेट सार्वजनिक गर्दैछ । बजेटमा अनावश्यक खर्च कटौती र वित्तीय अनुशासनलाई...
-
आगामी आर्थिक वर्षको बजेट भोलि (शुक्रबार) प्रस्तुत गरिँदै
काठमाडौँ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को संयुक्त बैठक यही जेठ १५ गते शुक्रबार अपराह्न ४ बजे बस्ने...
-
अप्रिलमा चीनको विद्युतीय गाडीको निर्यात ४० प्रतिशतले बढ्यो
काठमाण्डौ । गएको अप्रिल महिनामा चीनको विद्युतीय गाडीको निर्यात ४० प्रतिशतले बढेको छ । अप्रिलमा चीनले २ लाख ७८ हजार...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तर्राष्ट्रिय सेफ सोसाइटी
पोखरा । नेपाली मौलिक खान संस्कृति, पाककला तथा पर्यटन प्रवर्द्धनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यसहित नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेशको...












