आमालाई याैन दुर्व्यवहार गरेको भन्दै १७ वर्षे किशोरले गरे एक युवकको हत्या
काभ्रे १९, जेष्ठ । आफ्नो आमालाई पटकपटक दुर्व्यबहार गरेको भन्दै १७ वर्षे किशोरले एकजना युवकको हत्या गरेका छन् ।
बनेपा- ११ धनेश्वरमा गत मंगलबार ३५ वर्षे युवालाई हत्या गरेर फरार भएका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका ती किशोरले आमालाई यौन दुर्व्यबहार गरेको सहन नसकी हत्या गरेको बताएका छन् ।
शुक्रबार इलाका प्रहरी कार्यालय बनेपामा प्रहरीले गरेको पत्रकार सम्मेलनमा मुख्य अभियुक्त सिन्धुपाल्चोक हेलम्बुका १७ वर्षीय लक्ष्मण भनिने बसन्त खड्काले ४ महिना अगाडि बुवाको निधनपछि ईश्वर थापाले पटकपटक दुव्र्यवहार प्रयास गरेपछि झगडा सुरु भएको बताएका छन् ।
अभियुक्तकी आमासँग मृतक ईश्वर थापाले जबरजस्ती नागरिकता र लालपूर्जा थुतेर लगेपछि घटनाले उग्ररुप लिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक सुनिलजंग शाहले बताए । अभियुक्त खड्का र उनका आफन्त बनेपा ४ नालाका राजु सिग्देलले नागरिकता र लालपूर्जा माग्न जाँदा राति नै हत्या गरेर फरार भएका थिए ।
फरार भएका अभियुक्त बसन्त खड्का र राजु सिग्देललाई प्रहरीले विराटनगरबाट पक्राउ गरि ल्याएको थियो । घटनाका मुख्य अभियुक्त भनिएका बसन्त खड्का हाल कक्षा ११ मा अध्ययनरत रहेका छन् ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
अधिवक्ता मञ्जु मिश्र कैलाली–३ बाट स्वतन्त्र उम्मेदवार
धनगढी । युवा कानुन व्यवसायी अधिवक्ता मञ्जु मिश्र आगामी प्रतिनिधिसभा निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारका रूपमा...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...











