आमालाई याैन दुर्व्यवहार गरेको भन्दै १७ वर्षे किशोरले गरे एक युवकको हत्या
काभ्रे १९, जेष्ठ । आफ्नो आमालाई पटकपटक दुर्व्यबहार गरेको भन्दै १७ वर्षे किशोरले एकजना युवकको हत्या गरेका छन् ।
बनेपा- ११ धनेश्वरमा गत मंगलबार ३५ वर्षे युवालाई हत्या गरेर फरार भएका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका ती किशोरले आमालाई यौन दुर्व्यबहार गरेको सहन नसकी हत्या गरेको बताएका छन् ।
शुक्रबार इलाका प्रहरी कार्यालय बनेपामा प्रहरीले गरेको पत्रकार सम्मेलनमा मुख्य अभियुक्त सिन्धुपाल्चोक हेलम्बुका १७ वर्षीय लक्ष्मण भनिने बसन्त खड्काले ४ महिना अगाडि बुवाको निधनपछि ईश्वर थापाले पटकपटक दुव्र्यवहार प्रयास गरेपछि झगडा सुरु भएको बताएका छन् ।
अभियुक्तकी आमासँग मृतक ईश्वर थापाले जबरजस्ती नागरिकता र लालपूर्जा थुतेर लगेपछि घटनाले उग्ररुप लिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक सुनिलजंग शाहले बताए । अभियुक्त खड्का र उनका आफन्त बनेपा ४ नालाका राजु सिग्देलले नागरिकता र लालपूर्जा माग्न जाँदा राति नै हत्या गरेर फरार भएका थिए ।
फरार भएका अभियुक्त बसन्त खड्का र राजु सिग्देललाई प्रहरीले विराटनगरबाट पक्राउ गरि ल्याएको थियो । घटनाका मुख्य अभियुक्त भनिएका बसन्त खड्का हाल कक्षा ११ मा अध्ययनरत रहेका छन् ।
Comments
अरु समाचार
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...












