एप्पलको स्मार्ट वाच पनि बजारमा पहिलो, अन्य कुन छन् त उसका फ्लोअर ?
काठमाडाैं २४, जेष्ठ । विश्व बजारमा एप्पलको आफ्नै सान छ । आधा टोकेको स्याउको चित्र अंकित फोन, घडी, ल्यापटप लगायतका इलेक्ट्रोनिक सामान बोक्ने रहर जो कोहीमा हुनु स्वभाविक जस्तै मानिन्छ ।
अमेरिकी कम्पनी एप्पल विश्वको स्मार्ट घडीको बजारमा पनि अग्रणी स्थान ओगट्न सफल भएको छ ।
सन् २०१८ को पहिलो त्रैमासिकको रिपोर्ट अनुसार स्मार्ट घडी जस्ता जिउमा लगाउने स्मार्ट डिभाइसहरुको विश्व बजारमा एप्पल पहिलो स्थानमा छ ।
रिसर्च फर्म आइडिसीको रिपोर्ट अनुसार विश्व बजारमा सन् २०१८ को पहिलो त्रैमासिकमा स्मार्ट घडीको बिक्रि १.२ प्रतिशतले बढेको छ र कम्पनीहरुले अढाई करोड स्मार्ट घडी बजारमा पठाएका छन् ।
गत वर्षभन्दा एप्पल वाचको बिक्रि १३.५ प्रतिशतले बढेको छ र विश्व स्मार्टवाच बजारमा एप्पलको हिस्सा १६.१ प्रतिशत पुगेको छ ।
दोश्रो स्थान चाहीँ चिनिया स्मार्टफोन कम्पनी साओमीले कब्जा गरेको छ । विश्वको स्मार्टवाचको बजारमा साओमीको हिस्सा १४.८ प्रतिशत रहेको छ ।
यद्यपि साओमीका डिभाइस सस्तो मूल्यका डिभाइस भएको हुँदा बिक्री संख्याका हिसाबले झण्डै १५ प्रतिशत बजार हिस्सा भएको साओमी आम्दानीको हिसाबले भने केवल १.८ प्रतिशतमा खुम्चिएको छ ।
साओमी पछि फिटबिट कम्पनी तेश्रो स्थानमा छ । यस त्रैमासिकमा गतवर्ष भन्दा २८.१ प्रतिशतको गिरावट बेहोर्नुपरेको भए पनि कम्पनीले तेस्राे स्थानमा अाफूलाई पार्न सफल भएको हो । हालैको भेर्सा ब्राण्डको स्मार्टवाच कम्पनीका लागि निकै फापेको छ । यसका साथै कम्पनीले आफ्नो प्लेटफर्ममा फिमेल हेल्थ ट्रयाकिंग लगायतका नयाँ फिचर थप गरी प्रयोगकर्ताको संख्या थप्न सफल भएको छ ।
अर्को चिनियाँ कम्पनी वावे चौथो स्थानमा छ । कम्पनीका अनर ब्राण्डका स्मार्टवाचका साथै बच्चाका स्मार्टवाच, फिटनेस ट्रयाकर तथा कानमा लगाउने स्मार्ट उपकरण आदिको लोकप्रियताका कारण वावेले गत वर्षभन्दा आफ्नो हिस्सा दोब्बर बनाउन सफल भएको छ ।
त्यस्तै पाँचौ स्थानमा गार्मिन कम्पनी छ र यसको बजार हिस्सा ५ प्रतिशत रहेको छ । म्युजिक प्लेब्याक, गार्मिन पे तथा कनेक्ट आइक्यू प्लाटफर्म जस्ता फिचरका कारण स्मार्टवाचको बजारमा कम्पनीका प्रडक्टले राम्रै उपलब्धी हासिल गरिरहेका छन् ।
Comments
अरु समाचार
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...












