गोरेसहित भुजुङ र डा. डेबिटलाई केन्द्रीय कारागार लगियो
काठमाडौं २९, जेष्ठ । ३८ क्वीन्टल सुन तस्करी र सनम शाक्यको हत्या अभियोगमा पूर्पक्षका लागि जेलमा रहेका चूडामणि उप्रेती ‘गोरे’, छिरिङ वाङ्देल गुरुङ र भुजुङ गुरुङलाई मोरङबाट काठमाडौं ल्याइएको छ ।
उनीहरु तीनैजनालाई सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न काठमाडौं ल्याइएको हो । यसअघि उनीहरुलाई मोरङ जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि जेल चलान गरिएको थियो ।
उनीहरुमाथि सम्पत्ति शुुद्धीकरण विभागले अकूत सम्पत्ति कमाएको आरोपमा अनुसन्धान गर्नेछ । आजै उनीहरुलाई सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराएर केन्द्रीय कारागार लगिएको बताइएको छ ।
पूर्पक्षका लागि जेल चलान भएकाहरु अभियुक्तमाथि अनुसन्धान गर्न नमिल्ने भएपछि सम्पत्ति शुद्धीकरणमा उनीहरुमाथि अनुसन्धान हुन लागेको हो । काठमाडौं ल्याएकै अवस्थामा उनीहरुमाथि गृहको विशेष अनुसन्धान समितिले पनि थप अनुसन्धान गर्ने बताइएको छ । गृहको टोलीले गोरे, भुजुङ र छिरिङलाई सँगै राखेर अनुसन्धान गर्ने योजना बनाएको छ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












