बाहुनवादका नाममा रोटी खान नपाउनेका लागि….
काठमाडाैं २८, जेष्ठ । बाहुनवाद भन्न वित्तिकै हामी केहि अमुक जाती जो ब्राहमण समुदायमा पर्दछन तिनैलाई सम्झन्छाै । तर, बाहुनवाद एउटा यस्तो कुरा हो जसले समाज, समुदाय, राष्ट्र र सिंगो विश्वलाई नै आफ्नो पोल्टामा राखेको हुन्छ ।
संस्कृत भाषाको शब्दावली ब्राह्मणबाद भारतमा बढी प्रचलन र प्रयोगमा आएको भएतापनि नेपालको सन्दर्भमा भने ब्राह्मणवादको समानार्थी शब्द बाहुनवाद दलितमुक्ति आन्दोलन ,आदिवासी-जनजाति मुक्ति आन्दोलनसंग जोडिएर नेपालमा करिव दुई दशक वरपर देखि दलित,आदिवासी जनजाति र केही कम्यूनिष्टहरुले प्रयोग गर्ने गरेको बहुप्रचलित संस्कृत भाषाको पदावली हो ।
संस्कृत भाषा ‘बाहुन’ शब्दको पछाडि ‘वाद’ प्रत्यय जोडिएर बनेको बाहुनवाद हिन्दूवादको मूल मेरुदण्ड हो । रुपमा बाहुन जातिको प्रतिनिधिमूलक परिचयात्मक शब्दावली बाहुनवाद देखिएतापनि सारमा भने बाहुनवाद, हिन्दूवाद रुढिवादको पक्षपोषण गर्ने बाहुन र यससँग सम्बन्धित पक्ष हो । सनातन हिन्दूधर्म हिन्दूवादको वकालत पक्षपोषण गर्नेहरु नै बाहुनवादी हुन् भने बाहुनवादीनै हिन्दूवादी हुन् । बाहुनवाद शव्द प्रयोगमा श्रमजीवी गरिव वा शोषित पीडित हिन्दूवादको पृथकता बोकेका बाहुन वा अन्यले भने आपत्ति मान्नुपर्ने वा चित्त दुखाउनु पर्ने कुनै कारण देखिदैन । बाहुनवादको खास विशेषता भन्न नै सामाजिक चेतना,राजनीति, अर्थनीति, नैतिकता, कानुन सौन्दर्य सबैलाई धर्मको अधीनमा राख्नु हो । यसले आफ्नो विरोध र आलोचना गर्नेलाइ मनुस्मृतिको मनुसंहिताले सिस्नो पानी लगाउँदछ ।
विश्मा भएका बाहुनवादका ज्वलन्त उदाहरणला रुपमा लिन सकिन्छ अमेरिका । अमेरिका यस्तो मुलुक हो जो जतिबेला पनि आफ्नो विरुद्वामा या उसको स्वार्थ बाहिर गयो भने पुरै विश्वका सामू घुडा टिकाउछ । उत्तर कोरियाका नेता किम तानासाहबाट एकाएक लोकतान्त्रिक नेताका रुपमा परिणत भएर सोहि मुलुकका राष्ट्रपति ट्रम्पलाई भेट्न सिंगापुर आउनुले नै यो कुराको पुष्टि गरेको छ ।
आखिर बाहुनवाद भनेको के हो त ? हामी नेपालीमा बाहुनवादका बारेमा अधिकांस चेतना भनेको ब्राहमणलाई नै बुझ्ने गरिन्छ तर त्यो विल्कुलै गलत र भ्रमपूर्ण कुरा हो । नेपाली समुदायमा नेपालको राजनीति देखि धेरैजस्तो अगुवाइका काम ब्राहमण र क्षेत्री समुदायका मानिसबाट हुनु नै यहाँ भएको विभेद मान्ने गरिएको छ ।
विभेदका स्वरुप र आकारका बारेमा भने यसै भन्न सकिन्न तर जातिय छुवाछुत, बोक्सी लगायतका धार्मिक कुरालाई लिएर गरिने सवै खाले कुराको अन्त्य जरै देखि हुन जरुरी छ तर, समावेशीकरणका रुपमा भएका सवै खाले कोटाहरु हटाएर स्वच्छ प्रतिस्पर्धाको विकास जहिले सम्म गराउन सकिदैन तव सम्म बाहुनवादको अन्त्य हुने देखिदैन ।
अहिले विभिन्न मठ मन्दिर लगायतका धार्मिक कार्य हुने ठाउँमा निर्वाध प्रवेश दिइन्छ र दिनु पर्छ ।
पेशाका आधारमा छुट्याइएको जात जातीले साँच्चिकै मानिसको जिवनस्तर उकास्न भने सहज हुने बाटोको सुरुवात हो । एउटा कालिगढले खुकुरी तयार पारेर बेच्दा उसले कमसेकम ३ देखि ५ हजार सम्म कमाउन सक्छ भने कथित ब्राहमणले खेति किसानी गरेर वर्षभरीमा केहि अन्नबाली भित्र्याउला र कोहिले केहि परिणाममा बेच्ला तर सवैको जग्गा जमिन पनि छैन भने उ कुन समुदायमा पर्ला ? जो रोजीरोटीका लागि बिदेशिन्छ !
क्रमश…..
Comments
अरु समाचार
-
चिनियाँ जनताको जापानी आक्रमणविरुद्दको युद्ध विजय र विश्व फासिष्टविरुद्दको युद्ध विजयको ८० औं वार्षिकोत्सव हामीले किन मनाउनुपर्दछ ?
चिनियाँ राष्ट्रपति सी चिन् फीङ्ले भन्नु भएको छ, इतिहास भनेको एउटा ऐना हो , जसले वर्तमान र भविष्यलाई उजागर गर्दछ।...
-
राष्ट्रपति सी चिनपिङसँग नजिकका दुई दिन
नेपाल सरकारले मलाई सन् २०२४ को अगष्ट २९ का दिन ल्हासाका लागि महावाणिज्यदूतका रुपमा नियुक्त गरेपछि ममा एक प्रकारको खुशी...
-
‘कानुन निर्माणमा संसद् सकारात्मक र दृढताका साथ लागेको छ’ : सुहाङ
काठमाडाैं । बुबा सुवासचन्द्र र आमा विशाल नेम्वाङका कान्छा छोरा सुहाङको जन्म विसं २०४६ फागुन ६ गते काठमाडौँमा भएको हो...
-
डा. टेकबहादुर घिमिरे: अब्बल सरकारी वकिलदेखि अनुसन्धान र प्रविधिका ज्ञातासम्म
काठमाडाैं । सरकारी सेवा तथा रोजगारीमा धेरै आउँछन्-जान्छन्। सप्तकोशी नदीमा आज भएको पानी भोलि त्यहाँ रहँदैन, त्यो बगेर जान्छ। यो...
-
‘संवैधानिक निकायमा हस्तक्षेपको प्रवृति लोकतन्त्रमाथिको प्रहार’
सागर पण्डित (विचार): सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रको मेरुदण्डका रुपमा रहेका संवैधानिक निकायहरु– अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन...
-
‘गणतन्त्रको रक्षा गर्नु संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र होइन समाजवाद उन्मुख समावेशीताको रक्षा गर्नु हो’
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले गणतन्त्रको रक्षा गर्नु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र नभएर समाजवाद...
-
मृत्युनजिक पुगेको मानिसले कस्तो अनुभव गर्छ ?
काठमाडौं । मृत्यु जीवनको अन्त्य हो, यसको बारेमा हाम्रो ज्ञान धेरै सीमित छ। जब स्नायु प्रणालीको अध्ययन गर्ने वैज्ञानिक जिमो...
-
नेपाल बारको आसन्न निर्वाचन र डीएलए नेतृत्व !
विषय प्रवेश: बहुदलीय व्यवस्थाको प्रार्दुभावसँगै प्रजातन्त्रवादी कानून व्यावसायीहरुको समूहले गठन गरेको संस्था हो, डीएलए नेपाल। हाल यसको नेतृत्व सिताराम के.सी.जी...
-
अनुहारमा होइन विचारमा सुन्दरताको खोजी
काठमाडौं । जङ्गबहादुरको बेलायत यात्रा वृत्तान्तमा उमेरदार युरोपेली नारीहरुको सौन्दर्यको थोरै बयान गरिएको पढ्न पाइन्छ । त्यस यात्रा वृत्तान्तमा युरोपेली...












