प्रसनि थापाको मृत्यु रहस्यमय, हत्या भएको भन्दै छानविनको माग
भक्तपुर, २८ जेष्ठ । चाँगुनारायण नगरपालिका वडा नं ९ ताथली घर भएका सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) २६ वर्षीय अनुपराज थापाको मृत्यु रहस्यमय भएको भन्दै परिवारले निष्पक्ष छानविन गर्न माग गरेका छन् ।
प्रहरी पहरा गणबाट काठमाडौँको लाजिम्पाटस्थित इजरायली राजदूतावासमा कार्यरत थापाले आइतबार डियुटीमै आफैँलाई निधारमा गोली हानी आत्महत्या गरेको भन्दै प्रहरीले परिवारलाई खबर नै नगरी शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगेपछि परिवारले आत्माहत्या नभई हत्या भएको आशंका गर्दैै छानविनको माग गरेका छन् ।
दूतावासस्थित ब्यारेकमा असई अनुपराज थापाले आफैँलाई निधारमा गोली हानी आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिए।
मृतक थापाका पिता ज्ञानेन्द्र थापाले कुनै तनाव, समस्या र घटनाको कारण नै नभएको अवस्थामा छोराको आत्महत्या ग¥यो भन्नु अविश्वसनीय भएको बताए ।
उनले भने, “छोराले आत्महत्या गरेको भन्दै शिक्षण अस्पतालमा आउन प्रहरीले खबर गरे, छोराले आत्महत्या गर्नुको कुनै कारण छैन, घटनापछि परिवारलाई जानकारी नै नदिई सिधै किन परीक्षणका लागि अस्पताल ल्याइयो ? यो आत्महत्या नभई हत्या हो, निष्पक्ष छानविन हुनुपर्छ ।”
चाँगुनारायण नगरपालिकाका नगर प्रमुख सोमप्रसाद मिश्रले घटनाको सत्यतथ्य सार्वजनिक गर्न छानविन समिति बनाएर अनुसन्धान गर्नुपर्ने बताए । उनले भने, “यो आत्महत्या नै हो भन्ने कुनै आधार देखिँदैन, हत्या गरिएको पनि हुनसक्छ । तत्काल छानविन समिति बनाई सत्यतथ्य बाहिर ल्याउनुपर्छ ।”
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












