प्रसनि थापाको मृत्यु रहस्यमय, हत्या भएको भन्दै छानविनको माग
भक्तपुर, २८ जेष्ठ । चाँगुनारायण नगरपालिका वडा नं ९ ताथली घर भएका सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) २६ वर्षीय अनुपराज थापाको मृत्यु रहस्यमय भएको भन्दै परिवारले निष्पक्ष छानविन गर्न माग गरेका छन् ।
प्रहरी पहरा गणबाट काठमाडौँको लाजिम्पाटस्थित इजरायली राजदूतावासमा कार्यरत थापाले आइतबार डियुटीमै आफैँलाई निधारमा गोली हानी आत्महत्या गरेको भन्दै प्रहरीले परिवारलाई खबर नै नगरी शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगेपछि परिवारले आत्माहत्या नभई हत्या भएको आशंका गर्दैै छानविनको माग गरेका छन् ।
दूतावासस्थित ब्यारेकमा असई अनुपराज थापाले आफैँलाई निधारमा गोली हानी आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिए।
मृतक थापाका पिता ज्ञानेन्द्र थापाले कुनै तनाव, समस्या र घटनाको कारण नै नभएको अवस्थामा छोराको आत्महत्या ग¥यो भन्नु अविश्वसनीय भएको बताए ।
उनले भने, “छोराले आत्महत्या गरेको भन्दै शिक्षण अस्पतालमा आउन प्रहरीले खबर गरे, छोराले आत्महत्या गर्नुको कुनै कारण छैन, घटनापछि परिवारलाई जानकारी नै नदिई सिधै किन परीक्षणका लागि अस्पताल ल्याइयो ? यो आत्महत्या नभई हत्या हो, निष्पक्ष छानविन हुनुपर्छ ।”
चाँगुनारायण नगरपालिकाका नगर प्रमुख सोमप्रसाद मिश्रले घटनाको सत्यतथ्य सार्वजनिक गर्न छानविन समिति बनाएर अनुसन्धान गर्नुपर्ने बताए । उनले भने, “यो आत्महत्या नै हो भन्ने कुनै आधार देखिँदैन, हत्या गरिएको पनि हुनसक्छ । तत्काल छानविन समिति बनाई सत्यतथ्य बाहिर ल्याउनुपर्छ ।”
Comments
अरु समाचार
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आज बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना
काठमाडौँ। नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भूभागका एक, दुई...
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...












