ड्राइभिङ लाइसेन्सको परीक्षा दिनलाई जव नक्कली परीक्षार्थी गए त्यसपछि….
भक्तपुर १, असार । प्रहरीले मध्यपुरथिमि–४ राधेराधेस्थित इजी वे ट्रायल सेन्टरबाट चारपाङ्ग्र्रे सवारीसाधनको चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा ९ट्रायल दिन आएका एक नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।
कालीकोट गेला–४ का सरोज ढकालको नागरिकतामा आफ्नो फोटो टाँसी सवारी चालक अनुमतिपत्र लाइसेन्स को ट्रायल दिन आएका कालीकोटकै गेला–६ बस्ने २८ वर्षीय दीपेन्द्र शाहीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।
प्रहरीले शाहीको कोठामा खानतलासी गरी एसर कम्पनीको ल्यापटप एक थान, प्रिन्टर एक थान, स्ट्याम्प प्याड तीन थान, सहायक अधिकृत लेखिएको छाप एक थान, कर्णाली काठमाडौँ सार्वजनिक यातायात व्यवस्था समिति, एकान्तकुना, ललितपुर लेखिएको छाप एक थान, विभिन्न मानिसका नामको २३ पानाको सवारी चालक बनाउन प्रयोग हुने कागजपत्र, नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था कार्यालय, यातायात व्यवस्था विभाग, यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, वाग्मती, एकान्तकुना, ललितपुर लेखिएको छाप एक थान, क्यालकुलेटर एक थान बरामद गरेको छ ।
त्यसैगरी, रातो मसीले लेखिएको विभिन्न मानिसको नाम भएको रगतको समूह छुट्याउने पेपर एक थान, विभिन्न मानिसको नामको यातायात व्यवस्था कार्यालयको नगदी रसिद चार थान, स्क्यानर तथा फोटोकपी मेशिन एक थान, सवारीसाधनसम्बन्धी कागजात भएको रेकर्ड एक थान, लेमिनेसन मेशिन एक थान, विभिन्न जिल्लाबाट विभिन्न व्यक्तिको नाममा जारी गरिएको नागरिकता १४ थान, यातायत व्यवस्था कार्यालयको नगदी रसिद १६ थान, विभिन्न मानिसका नामको हिसाबकिताब लेखिएको रजिष्टर, प्रमुख जिल्ला अधिकारी लेखिएको पत्र, छापसहित कम्प्यूटर पेपर १०५ पाना, नागरिकता तथा लाइसेन्स बनाउन प्रयोग हुने सेतो पेपर तीन थानसमेत बरामद भएको महानगरिय प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकृत प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले जानकारी दिए ।
घटनाको थप अनुसन्धान भइरहेको र शाहीलाई सरकारी छाप कीर्ते कारबाहीमा अघि बढाइने प्रनि पाण्डेले बताए ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











