ड्राइभिङ लाइसेन्सको परीक्षा दिनलाई जव नक्कली परीक्षार्थी गए त्यसपछि….
भक्तपुर १, असार । प्रहरीले मध्यपुरथिमि–४ राधेराधेस्थित इजी वे ट्रायल सेन्टरबाट चारपाङ्ग्र्रे सवारीसाधनको चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा ९ट्रायल दिन आएका एक नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।
कालीकोट गेला–४ का सरोज ढकालको नागरिकतामा आफ्नो फोटो टाँसी सवारी चालक अनुमतिपत्र लाइसेन्स को ट्रायल दिन आएका कालीकोटकै गेला–६ बस्ने २८ वर्षीय दीपेन्द्र शाहीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।
प्रहरीले शाहीको कोठामा खानतलासी गरी एसर कम्पनीको ल्यापटप एक थान, प्रिन्टर एक थान, स्ट्याम्प प्याड तीन थान, सहायक अधिकृत लेखिएको छाप एक थान, कर्णाली काठमाडौँ सार्वजनिक यातायात व्यवस्था समिति, एकान्तकुना, ललितपुर लेखिएको छाप एक थान, विभिन्न मानिसका नामको २३ पानाको सवारी चालक बनाउन प्रयोग हुने कागजपत्र, नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था कार्यालय, यातायात व्यवस्था विभाग, यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, वाग्मती, एकान्तकुना, ललितपुर लेखिएको छाप एक थान, क्यालकुलेटर एक थान बरामद गरेको छ ।
त्यसैगरी, रातो मसीले लेखिएको विभिन्न मानिसको नाम भएको रगतको समूह छुट्याउने पेपर एक थान, विभिन्न मानिसको नामको यातायात व्यवस्था कार्यालयको नगदी रसिद चार थान, स्क्यानर तथा फोटोकपी मेशिन एक थान, सवारीसाधनसम्बन्धी कागजात भएको रेकर्ड एक थान, लेमिनेसन मेशिन एक थान, विभिन्न जिल्लाबाट विभिन्न व्यक्तिको नाममा जारी गरिएको नागरिकता १४ थान, यातायत व्यवस्था कार्यालयको नगदी रसिद १६ थान, विभिन्न मानिसका नामको हिसाबकिताब लेखिएको रजिष्टर, प्रमुख जिल्ला अधिकारी लेखिएको पत्र, छापसहित कम्प्यूटर पेपर १०५ पाना, नागरिकता तथा लाइसेन्स बनाउन प्रयोग हुने सेतो पेपर तीन थानसमेत बरामद भएको महानगरिय प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकृत प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले जानकारी दिए ।
घटनाको थप अनुसन्धान भइरहेको र शाहीलाई सरकारी छाप कीर्ते कारबाहीमा अघि बढाइने प्रनि पाण्डेले बताए ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












