प्रदेश नं ७ मा बजेट माथि छलफल
धनगढी, ४ असार । प्रदेश नं ७ को सरकारद्वारा आर्थिक वर्ष २०७५÷७६ का लागि ल्याइएको राजश्व र व्ययको अनुमानित विवरण माथि प्रदेशसभा बैठकमा आज छलफल शुरु भएको छ ।
छलफलमा भाग लिदै राजपाका कृष्णबहादुर चौधरीले थारु समुदायका प्रदेशसभा सदस्यहरुले दिएको सुझावलाई बजेटमा सम्बोधन नभएको गुनासो गर्दै बजेट कार्यकर्तामुखी र सत्तामुखी रहेको टिप्पणी गरे ।
उनले कैलालीको पथरैया नदीमा झोलुङ्गे पुल निर्माणका लागि पहल गरिदिन प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीसँग आग्रह गर्ने क्रममा आफूलाई रेशम (रेशमलाल चौधरी)को पार्टीको मान्छे भनेर दुव्र्यवहार गरिएको अरोप पनि लगाए ।
नेपाली काँग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले निश्चित लक्ष्य प्राप्तिका लागि बजेट तथा नीति कार्यक्रम ल्याउने गरिए पनि यो बजेट लक्ष्यहीन र गन्तव्यहीनजस्तो देखिएको टिप्पणी गरे ।
विभिन्न शीर्षक राखेर बजेटलाई आकर्षक बनाउन खोजिए पनि प्रदेशको समृद्धि र विकासका लागि ठोस योजना नल्याई अनावश्यकरुपमा प्रशासनिक खर्च र भैपरी आउने खर्चमा बढी बजेट छु्ट्याएको उनको आरोप थियो ।
सत्ता पक्षका संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले लक्षित उद्देश्य पूरा गर्न बजेट ल्याइएकाले कार्यान्वयन तहमा देखिएका कमी कमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने बताए ।
बैठकको प्रारम्भमा आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले आव २०७५÷७६का लागि ल्याइएको बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
प्रदेशसभाको अर्को बैठक यही असार ७ गते बिहान ८ बजे बस्नेछ ।
Comments
अरु समाचार
-
सुकुम्वासीको डिजिटल लगत के हो ? धमाधम संकलन गर्दै सरकार
काठमाण्डौ - सरकारले सुकुम्वासी तथा भूमिहीनहरूको समस्या समाधान गर्न एकीकृत डिजिटल लगत सङ्कलन गर्ने भएको छ । काठमाण्डौ उपत्यकाका भूमिहीन...
-
अन्तिम कारोबार दिन पनि बढेर रोकियो नेप्से, २७ अंकले बढ्दा तीन अर्ब २८ करोडको शेयर किनबेच
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि नेप्से बढेर रोकिएको छ । अघिल्लो दिन छ दशमलव ९४ अंकले...
-
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
भरतपुर । सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसेपछि आज...
-
भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले बुटवलमा गरे प्रदर्शन
बुटवल । बुटवलमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले बुटवलमा प्रदर्शन गरेका छन् । नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासी संघर्ष...
-
समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु गरेको छ । समितिका अनुसार, बुधबार...
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
काठमाडौंस्थित नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम शुरु
काठमाडौं । काठमाण्डौका नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम आज आज (शुक्रबार) देखि शुरु भएको छ ।...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...












