प्रदेश नं ७ मा बजेट माथि छलफल
धनगढी, ४ असार । प्रदेश नं ७ को सरकारद्वारा आर्थिक वर्ष २०७५÷७६ का लागि ल्याइएको राजश्व र व्ययको अनुमानित विवरण माथि प्रदेशसभा बैठकमा आज छलफल शुरु भएको छ ।
छलफलमा भाग लिदै राजपाका कृष्णबहादुर चौधरीले थारु समुदायका प्रदेशसभा सदस्यहरुले दिएको सुझावलाई बजेटमा सम्बोधन नभएको गुनासो गर्दै बजेट कार्यकर्तामुखी र सत्तामुखी रहेको टिप्पणी गरे ।
उनले कैलालीको पथरैया नदीमा झोलुङ्गे पुल निर्माणका लागि पहल गरिदिन प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीसँग आग्रह गर्ने क्रममा आफूलाई रेशम (रेशमलाल चौधरी)को पार्टीको मान्छे भनेर दुव्र्यवहार गरिएको अरोप पनि लगाए ।
नेपाली काँग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले निश्चित लक्ष्य प्राप्तिका लागि बजेट तथा नीति कार्यक्रम ल्याउने गरिए पनि यो बजेट लक्ष्यहीन र गन्तव्यहीनजस्तो देखिएको टिप्पणी गरे ।
विभिन्न शीर्षक राखेर बजेटलाई आकर्षक बनाउन खोजिए पनि प्रदेशको समृद्धि र विकासका लागि ठोस योजना नल्याई अनावश्यकरुपमा प्रशासनिक खर्च र भैपरी आउने खर्चमा बढी बजेट छु्ट्याएको उनको आरोप थियो ।
सत्ता पक्षका संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले लक्षित उद्देश्य पूरा गर्न बजेट ल्याइएकाले कार्यान्वयन तहमा देखिएका कमी कमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने बताए ।
बैठकको प्रारम्भमा आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले आव २०७५÷७६का लागि ल्याइएको बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
प्रदेशसभाको अर्को बैठक यही असार ७ गते बिहान ८ बजे बस्नेछ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












