विश्वकप: उपाधी दावेदार टिमको खेल फितलो या कमजोर ?
काठमाडौं ४, असार । सारा विश्व अहिले रुसतर्फ केन्द्रित भइरहेको छ कारण यो हो की, हरेक चार चार वर्षमा हुने गरेको फिफा वल्डकपको २१ औं संस्करणरुसमा जारी छ । रुस संस्करणमा सोमवार विहानसम्ममा ११ खेल सम्पन्न भएको छ ।
अहिले सम्म सम्पन्न भएका खेलमध्ये उपाधी दावेदार कहलिएका कुनै पनि देशले जित निकाल्न सकेका छैनन् । फिफा बरिएतामा विश्वको नम्वर वान अर्थात डिफेन्डिङ च्याम्पियन जर्मनीले समेत हार बेहोर्नु परेको छ । आइतवार भएको खेलमा जर्मनीलाई कसैले नआँकेको मेक्सिकोले १ गोल अन्तरले पराजित गरिदियोे । फुटवल पण्डितका अनुसार जर्मनीका लागि यो हारले धेरै कुराको पाठ सिकाएको र अब हुने खेलमा नयाँ रणनीति अपनाउन बाटो देखाएको भन्ने गरेको पाइन्छ ।
तर, अघिल्लो विश्वकपमा फाइनलमा अर्जेन्टिनालाई हराएको र सेमिफाइनलमा ब्राजिल विरुद्ध ७ गोल वर्ष गरेको जर्मनी मेक्सिकोसँगको खेलमा निरिह देखिएको थियो । बरु, मेक्सिकोले पटकपटक तेज गतिमा प्रतिआक्रमण सिर्जना गरेर जर्मनीलाई हायलकायल पारिदियो । ती दुईविचको खेल हेर्दा लाग्थ्यो जर्मनी दाँत फुक्एिको बूढो बाघ हो मेक्सिकोको अगाडी ।
यसैगरी आइतवार नै भएको खेलमा उपाधी को दाबेदार मानिएको ब्राजिलले पनि जित निकाल्न सकेन । पहिलो हाफमा एक गोलले अग्रता लिएको ब्राजिलले दोस्रो हाफमा स्वीट्जरल्याण्डसँग बराबरी नतिजामा चित्त बुझाउन बाध्य भयो । ब्राजिलले खेलेको पहिलो खेलबाट ऊ २०१४ को घरेलु विश्वकपमा खाएको सात गोलको अत्यासबाट अझै सम्हालिएर खेलमा सुधार गर्न सक्षम भएको रहेनछ भन्ने देखाउँछ । पाँच पटकको विश्वविजेताको खेल कोपा अमेरिकाको लिग चरणलाई पनि नसुहाउने स्तरको देखिन्थ्यो । उसको खेलले सारा ब्राजिलका खेलप्रेमीलाई मात्रै निरास पारेन उसैको अर्को चरणको यात्राका लागि चुनौती थपि दिएको छ । स्वीट्जरल्याण्डको खेलले ऊ बूढो भैसकेको बाघसँग जुध्न थान थाप्दै अघि बढेको तन्नेरी साँढेको जस्तो देखिन्थ्यो ।
यस विश्वकपमा उपाधी दाबेदार मानिएको टोली पोर्चुगल र स्पेनलले पनि पहिलो खेलमा नतिजा निकाल्न सकेनन् । अन्ततः यी दुई देशको खेल ३÷३ को बराबरीमा रोकिन पुग्यो । यद्यपि पोर्चुगलका स्टार स्टाइकर रोनाल्डोको ह्याट्रिकले स्पेनभन्दा कमजोर आँकिएको पोर्चुगललाई कम आँकन नमिल्ने सन्देश दिन सफल भएको छ पोर्चुगल ।
विश्वकप उपाधी को दाबेदार मानिने अर्को देश अर्जेन्टिनाको पनि पहिलो खेल बराबरीमा रोकिएको छ । रोचक त के भने, अर्जेन्टिनाका कप्तान तथा स्टाइकर लियोलन मेसीले पेनाल्टी चुकाउँदा आइसल्याण्डसँग बराबरी नतिजा भोग्न परेका थियो ।
अब के हुन्छ ?
विश्वकप उपाधी दाबेदार मानिएका यी देशले अब एक खेलमा मात्र चुके भने पनि विश्वकप यात्रा सकिन सक्छ । उपाधी दाबेदार मानिएका पोर्चुगल, स्पेन, ब्राजिल, अर्जेन्टिना, जर्मनी जस्ता देशले अबको खेल जित्नै पर्ने हुन्छ ।
यदि यी देशले अबको खेलमा बराबरी मात्र खेले भने पनि अन्तिम १६ मा जाने बाटो अन्त्य हुन सक्दछ । यसैगरी यिनीहरुको अन्तिम १६ मा जाने बाटो अरु देशको खेलमा पनि भर पर्ने हुन्छ । तर सबैले लिग चरणको पहिलो मात्र खेल खेलेकाले त्यसैका आधारमा अन्तिम निष्कर्ष निकाल्नु भने अपरिपक्क कार्य हुनेछ ।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












