विश्वकप: उपाधी दावेदार टिमको खेल फितलो या कमजोर ?
काठमाडौं ४, असार । सारा विश्व अहिले रुसतर्फ केन्द्रित भइरहेको छ कारण यो हो की, हरेक चार चार वर्षमा हुने गरेको फिफा वल्डकपको २१ औं संस्करणरुसमा जारी छ । रुस संस्करणमा सोमवार विहानसम्ममा ११ खेल सम्पन्न भएको छ ।
अहिले सम्म सम्पन्न भएका खेलमध्ये उपाधी दावेदार कहलिएका कुनै पनि देशले जित निकाल्न सकेका छैनन् । फिफा बरिएतामा विश्वको नम्वर वान अर्थात डिफेन्डिङ च्याम्पियन जर्मनीले समेत हार बेहोर्नु परेको छ । आइतवार भएको खेलमा जर्मनीलाई कसैले नआँकेको मेक्सिकोले १ गोल अन्तरले पराजित गरिदियोे । फुटवल पण्डितका अनुसार जर्मनीका लागि यो हारले धेरै कुराको पाठ सिकाएको र अब हुने खेलमा नयाँ रणनीति अपनाउन बाटो देखाएको भन्ने गरेको पाइन्छ ।
तर, अघिल्लो विश्वकपमा फाइनलमा अर्जेन्टिनालाई हराएको र सेमिफाइनलमा ब्राजिल विरुद्ध ७ गोल वर्ष गरेको जर्मनी मेक्सिकोसँगको खेलमा निरिह देखिएको थियो । बरु, मेक्सिकोले पटकपटक तेज गतिमा प्रतिआक्रमण सिर्जना गरेर जर्मनीलाई हायलकायल पारिदियो । ती दुईविचको खेल हेर्दा लाग्थ्यो जर्मनी दाँत फुक्एिको बूढो बाघ हो मेक्सिकोको अगाडी ।
यसैगरी आइतवार नै भएको खेलमा उपाधी को दाबेदार मानिएको ब्राजिलले पनि जित निकाल्न सकेन । पहिलो हाफमा एक गोलले अग्रता लिएको ब्राजिलले दोस्रो हाफमा स्वीट्जरल्याण्डसँग बराबरी नतिजामा चित्त बुझाउन बाध्य भयो । ब्राजिलले खेलेको पहिलो खेलबाट ऊ २०१४ को घरेलु विश्वकपमा खाएको सात गोलको अत्यासबाट अझै सम्हालिएर खेलमा सुधार गर्न सक्षम भएको रहेनछ भन्ने देखाउँछ । पाँच पटकको विश्वविजेताको खेल कोपा अमेरिकाको लिग चरणलाई पनि नसुहाउने स्तरको देखिन्थ्यो । उसको खेलले सारा ब्राजिलका खेलप्रेमीलाई मात्रै निरास पारेन उसैको अर्को चरणको यात्राका लागि चुनौती थपि दिएको छ । स्वीट्जरल्याण्डको खेलले ऊ बूढो भैसकेको बाघसँग जुध्न थान थाप्दै अघि बढेको तन्नेरी साँढेको जस्तो देखिन्थ्यो ।
यस विश्वकपमा उपाधी दाबेदार मानिएको टोली पोर्चुगल र स्पेनलले पनि पहिलो खेलमा नतिजा निकाल्न सकेनन् । अन्ततः यी दुई देशको खेल ३÷३ को बराबरीमा रोकिन पुग्यो । यद्यपि पोर्चुगलका स्टार स्टाइकर रोनाल्डोको ह्याट्रिकले स्पेनभन्दा कमजोर आँकिएको पोर्चुगललाई कम आँकन नमिल्ने सन्देश दिन सफल भएको छ पोर्चुगल ।
विश्वकप उपाधी को दाबेदार मानिने अर्को देश अर्जेन्टिनाको पनि पहिलो खेल बराबरीमा रोकिएको छ । रोचक त के भने, अर्जेन्टिनाका कप्तान तथा स्टाइकर लियोलन मेसीले पेनाल्टी चुकाउँदा आइसल्याण्डसँग बराबरी नतिजा भोग्न परेका थियो ।
अब के हुन्छ ?
विश्वकप उपाधी दाबेदार मानिएका यी देशले अब एक खेलमा मात्र चुके भने पनि विश्वकप यात्रा सकिन सक्छ । उपाधी दाबेदार मानिएका पोर्चुगल, स्पेन, ब्राजिल, अर्जेन्टिना, जर्मनी जस्ता देशले अबको खेल जित्नै पर्ने हुन्छ ।
यदि यी देशले अबको खेलमा बराबरी मात्र खेले भने पनि अन्तिम १६ मा जाने बाटो अन्त्य हुन सक्दछ । यसैगरी यिनीहरुको अन्तिम १६ मा जाने बाटो अरु देशको खेलमा पनि भर पर्ने हुन्छ । तर सबैले लिग चरणको पहिलो मात्र खेल खेलेकाले त्यसैका आधारमा अन्तिम निष्कर्ष निकाल्नु भने अपरिपक्क कार्य हुनेछ ।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












