रवि लामिछाने भन्दा देशको कानुन तल छ सरकार ?
अहिलेको अवस्थामा प्रेेस पास लिनु भन्दा जुत्ता पालिस गर्दा गाैरवको अनुभूति गर्छु
काठमाडाैं ७, असार । बजारमा अहिले एउटा कुराले खुवै चर्चा पाइरहेको छ । त्यो हो न्युज २४ का पत्रकार रवि लामिछानेले चलाउने कार्यक्रम ‘सिधा कुरा जनतासंग’ विवाद प्रकरण ।
घटनाको सुरुवात भने लक्ष्मण बिकको निवेदनले गराएको हो । नुवाकोटका बिकले गत माघ २७ गते प्रेस काउन्सिलमा रवि लामिछानेविरुद्व विना अनुमति व्यक्तिको कार्यकक्ष र घरमा घुसी अनर्गलरुपमा भ्रामक समाचार बनाउनु र भिजुअल खिच्ने र आम सीधा सादा जनतालाई दुःख दिने काम गरेका आरोपसहित कारवाहीको माग गरिएको छ ।
निवेदनमा लामिछाने अमेरिकी आप्रवासी रहेको र सूचना विभागबाट अनुमति नलिई पत्रकारिता गरिरहेकाले उनीमाथि कारवाही गर्न माग गरिएको छ ।
रवि लामिछाने अहिले चाैतर्फि विवाद र चर्चाको विषय बन्न पुगेका छन् । आम रुपमा मानिसहरु उनको बारेमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् । लामिछाने फेसबुक लाइभमा आएर आफ्ना कुरा एक तरिकाले राखिरहेका छन भने प्रस काउन्सिललाई दिएको जवाफ भने अलि धम्कीपूर्ण तरिकाको छ ।
नेपाल एक सार्वभाैमसत्ता सम्पन्न मुलुक हो । देशको आफ्नो कानुन छ, विधि छ, विधान छ यसर्थ सार्वभाैमिकता भन्ने कुरा सानो ठूलो भन्ने नै हुदैन । पुरातनवादी राजनीतिशास्त्रीहरुले कल्पना गरेको राज्यमा समेत स्वच्छ समबृद्व राज्यको मार्ग निर्देश गरिएको छ भने आजको युगमा राज्यको अस्तित्वमा कुनै किसमको खेलवाड हुने कुरै हुदैन ।
विदेश जान पाइन्छ । नेपाली नागरिकता नत्यागेर पनि विदेशमा बस्न पाउने प्रावधान छ। विदेश गएर काम गर्नका लागि नागरिकता त्यागु पनि पर्दैन ।
तर, लामिछानेले अमेरिकाको नागरिकता लिएर उनी अमेरिकी नागरिक समेत बनिसकेका छन् । उनलाई अमेरिकाले अमेरिकी राहदानी समेत उपलब्ध गराएको छ । उनको राहदानी ५१२९६६९८१ नम्बरमा जारी भएको अध्यागमन विभागले जनाएको छ ।
अध्यागमन विभागको पत्रः
उनी नातेदार भिषामा नेपाल आएका हुन् । अध्यागमन विभागको पत्रमा जनाएअनुसार ४ अक्टोबर २०१८ सम्म अवधि रहेको भिषा (गैर पर्यटक) नातेदार भिषामा नेपाल बस्न अनुमति दिइएको छ ।
यस्तै, पत्र अनुसार रवि लामिछाने अमेरिकी नागरिक भएकाले नेपालमा नातेदार भिषामा रहेको र अध्यागमन नियमावली २०५१ को दफा २० को (१) अनुसार पारिश्रमिक लिएर वा नलिएर कुनै पनि उद्योग, व्यापार, व्यावसाय वा संस्थामा काम गर्न पाउँदैनन् भन्ने स्पष्ट लेखेको छ ।
आखिर यसो हो भने रवि लामिछानेले आफ्नो कर्तव्य पुरा गर्नु पर्छ या पर्दैन त्यो कानुनले नै व्याख्या गर्ला तर पत्रकारिताको भेषमा जे पनि गर्न हुने भन्ने विल्कुलै होइन।
पत्रकारिताका पनि आफ्नै मुल्य, मान्यता, सिद्वान्त र प्रचलन हुन्छन । पत्रकारिता भनेको ढाल बनाएर गोलि हान्ने अस्त्र पनि होइन । पत्रकारिता विशुद्व सेवा, पेशा हो जसको माध्यमले आम मानिसले आफ्नो रुचि अनुसारका कुराहरु जान्ने सुन्ने र पढ्ने माैका पाउँछन् ।
रवि लामिछानेले लेखेको पत्र र उनको रवैयाः
लामिछानेले आफू पत्रकार भइनसकेको भनेर भन्दै गर्दा एक पटक ‘पत्रकार’ को परिभाषा अध्यन गरेर मात्रै यी यस्ता कुराहरु बोल्न आवश्यक हुन्छ किनकी उनी नेपाली मिडियाका एक आइकन जस्तै बनिसकेका छन् । उनको कार्यक्रको प्रस्तुतिपनि खेद जनक छ भन्न नमिल्ला तर उनले अपनाएको बाटो गलत भएको भन्न त सकिला नि ।
उनले लेखेको पत्रः
उनले आफूले श्रम मन्त्रालयबाट श्रम स्वीकृति लिएको भनेका छन् । तर, प्रेस पास लिनु भन्दा दोबाटोमा जुत्ता पालिस गरेर बस्दा आफू गाैरव महसुस गर्ने भनेर उनले ठाडो चुनाैति समेेत दिएका छन्।
उनले आफूसँग अमेरिकी पासपोर्ट रहेको जवाफी पत्रमा स्वीकार गरेका छन् । तर, त्यो अमेरिकी पासपोर्ट फिर्ता गर्ने प्रोसेसमा रहेको उनले स्पष्टीकरण दिएका छन् ।
विगतमा नेपाली नागरिकतासमेत त्यागेर अमेरिका पलायन भएका उनले यसअघि दिएका स्पष्टीकरणहरुमा अमेरिकामा घर, गाडी इत्यादि खरिद गर्दा लागेको ऋण तिर्न बाँकी रहेकाले अमेरिकी नागरिकता र पासपोर्ट फिर्ता गर्न प्राविधिकरुपमा समय लाग्ने स्पष्ट पारेका थिए । आफ्नी श्रीमती र बालबच्चा उतै रहेको उनले स्पष्ट पारेका छन् ।
उनले श्रम मन्त्रालयबाट श्रम अनुमति लिएका छन त ?
श्रम मन्त्रालयको रिपोर्टमा लामिछानेले कुनै किसिमको श्रम स्वीकृति नलिएको भनेर पत्राचार गरेको छ । अब नेपाल सरकारलाई आधिकारिक मान्ने की रविलाई ?
यदि रविलाई मान्ने हो भने त्यो नेपालको नागरिक ठहर्दैन र नेपाल सरकारलाई मान्ने हो भने गलत कुरालाई गलत भन्न सक्नु पर्छ ।
अमेरिकामा आफूले लिएको ऋण तिर्न अझै बाँकी नै रहेको लामिछानेले आफैं बताएका छन् । र, त्यो ऋण तिर्ने प्रक्रियामा अझै केही समय लाग्ने उनको अभिव्यक्ति छ ।
तर, पत्रकारलाई समयमा तलब खुवाउन नसक्ने र आफैं कमाएर खानुपर्ने गरिब मिडियामा काम गरेकै भरमा लामिछानेले अब अमेरिकी सरकारको ऋण तिर्न सक्लान् ?
लामिछानेको आर्थिक आयआर्जनको स्रोत के हो ? प्रेस काउन्सिलका एकजना सदस्य भन्छन्- अरुको रौंचिरा खोतल्दै हिँड्ने लामिछानेको विषयमा जनमानसमा यस्ता प्रश्न उठ्नु अस्वाभाविक हुँदैन । र, यस्ता प्रश्न उठाउनेहरुलाई गाली नगरिकन लामिछानेले नम्र भाषमा जवाफ दिएको खण्डमा मात्रै उनले अमेरिकामा सभ्यता सिकेर आएका रहेछन् भनेर मान्न सकिन्छ ।
Comments
अरु समाचार
-
चिनियाँ जनताको जापानी आक्रमणविरुद्दको युद्ध विजय र विश्व फासिष्टविरुद्दको युद्ध विजयको ८० औं वार्षिकोत्सव हामीले किन मनाउनुपर्दछ ?
चिनियाँ राष्ट्रपति सी चिन् फीङ्ले भन्नु भएको छ, इतिहास भनेको एउटा ऐना हो , जसले वर्तमान र भविष्यलाई उजागर गर्दछ।...
-
राष्ट्रपति सी चिनपिङसँग नजिकका दुई दिन
नेपाल सरकारले मलाई सन् २०२४ को अगष्ट २९ का दिन ल्हासाका लागि महावाणिज्यदूतका रुपमा नियुक्त गरेपछि ममा एक प्रकारको खुशी...
-
‘कानुन निर्माणमा संसद् सकारात्मक र दृढताका साथ लागेको छ’ : सुहाङ
काठमाडाैं । बुबा सुवासचन्द्र र आमा विशाल नेम्वाङका कान्छा छोरा सुहाङको जन्म विसं २०४६ फागुन ६ गते काठमाडौँमा भएको हो...
-
डा. टेकबहादुर घिमिरे: अब्बल सरकारी वकिलदेखि अनुसन्धान र प्रविधिका ज्ञातासम्म
काठमाडाैं । सरकारी सेवा तथा रोजगारीमा धेरै आउँछन्-जान्छन्। सप्तकोशी नदीमा आज भएको पानी भोलि त्यहाँ रहँदैन, त्यो बगेर जान्छ। यो...
-
‘संवैधानिक निकायमा हस्तक्षेपको प्रवृति लोकतन्त्रमाथिको प्रहार’
सागर पण्डित (विचार): सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रको मेरुदण्डका रुपमा रहेका संवैधानिक निकायहरु– अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन...
-
‘गणतन्त्रको रक्षा गर्नु संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र होइन समाजवाद उन्मुख समावेशीताको रक्षा गर्नु हो’
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले गणतन्त्रको रक्षा गर्नु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र नभएर समाजवाद...
-
मृत्युनजिक पुगेको मानिसले कस्तो अनुभव गर्छ ?
काठमाडौं । मृत्यु जीवनको अन्त्य हो, यसको बारेमा हाम्रो ज्ञान धेरै सीमित छ। जब स्नायु प्रणालीको अध्ययन गर्ने वैज्ञानिक जिमो...
-
नेपाल बारको आसन्न निर्वाचन र डीएलए नेतृत्व !
विषय प्रवेश: बहुदलीय व्यवस्थाको प्रार्दुभावसँगै प्रजातन्त्रवादी कानून व्यावसायीहरुको समूहले गठन गरेको संस्था हो, डीएलए नेपाल। हाल यसको नेतृत्व सिताराम के.सी.जी...
-
अनुहारमा होइन विचारमा सुन्दरताको खोजी
काठमाडौं । जङ्गबहादुरको बेलायत यात्रा वृत्तान्तमा उमेरदार युरोपेली नारीहरुको सौन्दर्यको थोरै बयान गरिएको पढ्न पाइन्छ । त्यस यात्रा वृत्तान्तमा युरोपेली...












