वैदेशिक रोजगारीमा गएकाले घरमा सम्पर्क नगर्दा परिवारमा विचल्ली
जनकपुरधाम, ११ असार । धनुषा जिल्लाबाट वैदेशिक रोजगारीमा गएका एक युवा दश वर्षदेखि सम्पर्कविहीन हुँदा सन्तान बिचल्लीमा परेका छन् ।
सिनुरजोडा गाउँका पल्टु यादव ओमान गएदेखि सम्पर्कमा नआउँदा बालबच्चा सहाराविहीन बन्न पुगेका छन् । यादव ओमान गएपछि उनकी श्रीमतीले इँटाभट्टामा काम गर्दा गाउँहरूले अनैतिक सम्बन्धको आरोप लगाएपछि उनले आत्महत्या गरेदेखि छोरी पुनिता टुहुरो भएकी छिन् ।
पुनिता भन्छिन्– “म र भाइ गाउँलेसँग बिन्ती गर्छौं, प्रशासनसँग बाबुको अवस्थाबारे बुझिदिन अनुरोध गर्छौं तर कसैले पनि हाम्रो गुनासो सुन्दैनन् ।” हामीसँग बाबुको नागरिकता वा अन्य कागजपत्र नभएकाले जन्मदर्ता हुन सकेको छैन, विद्यालयमा नाम लेखाउन नसकेकाले पढाइबाट समेत वञ्चित भएको उनी बताउँछिन् ।
पुनिता अहिले १३ वर्षकी छिन् । उनलाई आफ्नो घरमा बस्नसमेत दिइएको छैन, मामाघरमा बस्दै आएकी छन् ।
बाबु विदेश जाने क्रममा जग्गा घितोमा राखी ऋण लिएको र ऋणको भार अधिक भएपछि साहुले जग्गामा अधिपत्य कायम गरेको पुनिताले बताइन् ।
वेदैशिक रोजगारीमा गएकाहरूले परिवारसँग सम्पर्क नगरेपछि अमानवीय घटनामा वृद्धि भइरहेको मनोपरामर्शदाता संगीता कर्ण बताउँछिन् । सुरक्षित आप्रवासन परियोजना र मित्र धनुषाका अनुसार यस जिल्लाबाट वैदेशिक रोजगारी गएकाको मृत्यु हुनेकोे संख्या पनि बर्सेनि बढ्दै गएको छ । सन् २०१२ देखि २०१६ सम्ममा यस जिल्लाबाट वैदेशिक रोजगारी गएकामध्ये १९९ जनाको मृत्यु भएको छ ।
यस जिल्लाबाट विशेषगरी मलेसिया, कतार, ओमान र साउदीमा रोजगारीमा जाने गरेको पाइन्छ । तथ्यांक अनुसार धनुषा जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको संख्यामा वर्सेनि वृद्धि भइरहेको देखिएको छ । परियोजना प्रमुख रामकुमार कर्ण आर्थिक वर्ष २०७० देखि २०७४ सालसम्ममा यस जिल्लाबाट एक लाख १६ हजार ७१७ जना वैदेशिक रोजगारीमा गएको बताउछन् ।
यस जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको संख्यामा वर्सेनि वृद्धिसँगै दलाल र कम्पनीबाट ठगिने गरेको घटना पनि बढ्दै गएको छ । परियोजनाका प्रशिक्षक देवकुमार मण्डल परियोजनाले व्यक्तिगत सूचना तथा परामर्श दिने व्यवस्था गरेपनि अधिकांशले परामर्श र सूचना नलिई जाने प्रवृत्तिले दलाल र कम्पनीबाट ठगिने गरेको प्रस्ट गर्छन् ।
म्यानपावर कम्पनिहरुले रोजगारीमा जानेहरुसँग अधिक रकम लिने, सम्झौताअनुसार काम नपाउने गरेको र जोखिमपूर्ण काम गर्नु परेकाले अधिकांश युवा शारिरीक र मानसिक तनाबका कारण समयसमयमा घर आउने, परिवारसँग सम्पर्क नगर्ने प्रवृत्ति देखिएको छ ।
परियोजना प्रमुख कर्ण वैदेशिक रोजगारीका क्रममा मृत्यु हुनेमा कम उमेर भएको संख्या अधिक देखिएको बताउनुहुन्छ । कतिपय अभिभावकले आर्थिक उपार्जनको प्रलोभनमा परी कम उमेरका सन्तानलाई उमेर बढाई नागरिकता र राहदानी बनाउन लगाई वैदेशिक रोजगारीमा पठाउने पनि गरेका छन् ।
Comments
अरु समाचार
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...
-
मधेसका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिने !
काठमाडाैं । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत प्रयोजनका लागि...
-
वीरगञ्जबाट भन्सार छली गरेको दुई किलोग्राम सुन र १० किलोग्राम चाँदी बरामद !
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल पर्सा र पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले भन्सार छली गरेर गोदाममा राखेको भन्दै दुई हजार...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...












