चिकित्सा शिक्षा विधेयक पेश हुन सकेन, सुचना टाँस गरेर प्रतिनिधि सभा बैठक स्थगित
काठमाडौं १७, असार। चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयकमा सहमति नजुटेपछि प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेपछि सभामुख कृष्णबहादुर महराले सहमतिका लागि बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए । तर सहमति नजुटेपछि बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित गरिएको छ । कांग्रेसले विधेयक अगाडि बढाए संसद अवरोध गर्ने चेतावनी दिएपछि बैठक स्थगित गरिएको हो । यही असार २० गतेभित्र अध्यादेशको प्रतिस्थापन विधेयक संघीय संसदबाट पारित नभए स्वतः अध्यादेश निष्क्रिय हुनेछ।
सरकारको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पेश गर्न लाग्न भएको विधेयक सरकारले आफूखुसी संशोधन गरेर ल्याउन लागेको भन्दै विपक्ष कांग्रेसले असन्तुष्टि व्यक्त गर्दै आएको थियो ।
सभामुख कृष्णबहादुर महराले संसदमा विधेयक अगाडि बढाउने विषयमा सत्तापक्ष र प्रतिपक्षी दलका नेताहरूसँग छलफल गरेका थिए। सत्तापक्षका सांसदहरूले विधेयक पारित गर्न समय अभाव हुने कारण देखाउँदै नियम निलम्बन आवश्यक भएको बताएका थिए। जवाफमा नेपाली कांग्रेसका नेताहरूले अध्यादेशको मुल मर्म परिवर्तन गरिएको र विधेयक पढ्न समेत नपाइएको भन्दै संसद अवरोधको चेतावनी दिएका थिए।
‘अध्यादेशमा जे विषय आधारशीला बनाइएको छ। त्यसलाई समाप्त पार्ने गरी विधेयक ल्याइएको छ’, कांग्रेस सचेतक बालकृष्ण खाँडले भने, ‘नियम निलम्बनमा हाम्रो सहमति छैन। सदनमा हामीले धारणा राखेर त्यस विपरित सभामुखले प्रस्ताव अगाडि बढाएको अवस्थामा अवरोध गर्ने भनेका होउँ।’
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












