काठमाडाैं मै सडक बनाउ भन्दै चक्का जाम, चाबहिल–बौद्ध–जोरपाटी–साँखु र सुन्दरीजल सडकको बेहाल
काठमाडौँ, २० असार । चाबहिल–बौद्ध–जोरपाटी–साँखु र सुन्दरीजल सडक बिस्तार एवं निर्माण छिटो हुनुपर्ने माग राखी आज बिहान गरिएको चक्का जाम समापन भएको छ ।
सडकको दुरावस्थाका कारण विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तूप क्षेत्र संरक्षित स्मारकबाट समेत हट्न सक्ने खतरा भएर बाध्य भई आज बिहान चक्का जाममा उत्रनुपरेको समता मानव अधिकार तथा नागरिक समाजले जनाएको छ । वर्षौंदेखि सडक नबन्दा यो मार्गबाट आवागमन गर्ने यात्रु वर्षामा हिलो र हिउँदमा धुलो खान बाध्य छन् ।
नेपाल मेडिकल कलेज, शंकरापुर अस्पताल, अर्थोपेडिक अस्पताल, स्तूपा सामुदायिक अस्पताललगायत स्वास्थ्य संस्थामा बिरामी पु¥याउन हिँडेका एम्बुलेन्स सडकमा जमेकोे पानीको दहमा फस्दा बिरामीले सास्ती व्यहोर्नुपरेकाले सडकको स्तरोन्ततिका लागि स्थानीयवासीले निरन्तर दबाबमूलक विरोधका कार्यक्रम गर्दै आएका हुन् ।
जनताले दुःख पाएकैले सरोकार भएका निकायको ध्यानाकर्षण गर्न चक्काजाम गरिएको समाजका अध्यक्ष नोर्साङ शेर्पाले राससलाई जानकारी दिए । सडकका ठाउँमा बनेका ठूला खाल्डामा पानीको दह जम्दा सवारी साधन र पेटीमा यात्रा गर्ने पैदल यात्रुले समेत सास्ती खेप्दै आएका छन् ।
स्थानीय दबाब समूहले यसअघि सडकमै विरोधसभा, सडक रोपाइँ, कवि गोष्ठीलगायतका कार्यक्रमसमेत गर्नुका साथै अब सरोकार भएका निकायमा घेराउ गर्ने योजना रहेको समाजले जनाएको छ । चक्काजामका कारण आज बिहान सबै यात्री पैदल यात्रा गर्न बाध्य भएका थिए । रासस
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











