बाढीपहिरोको जोखिम रोक्न उच्च सतर्कता
रत्ननगर, चितवन, २५ असार । बाढी र पहिरोबाट हुने विपद् जोखिम न्यूनीकरणका लागि चितवनमा उच्च सतर्कता अपनाइएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्ला सुरक्षा समितिले वर्षायाम शुरु भएसँगै सम्भावित जोखिम क्षेत्रमा विपद् जोखिम न्यूनीकरणका लागि उच्च सतर्कताका साथ कार्यक्रम शुरु गरेको जनाएको छ ।
समितिका संयोजक प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार जिल्लाको उच्च जोखिम क्षेत्रलाई तीनवटा क्लस्टरमा विभाजन गरी सुरक्षा सतर्कता बढाइएको हो ।
मुख्यगरी नारायणी नदी आसपासको पश्चिम क्षेत्र, राप्ती नदी आसपासको पूर्वी क्षेत्र र माडी क्षेत्र गरी जिल्लाको जोखिम क्षेत्रलाई तीन क्लस्टरमा विभाजन गरी विपद् जोखिम न्यूनीकरणका काम थालिएको हो ।
आ–आफ्नो क्षेत्रमा रहेका सशस्त्र प्रहरी, जनपद प्रहरी, नेपाली सेना र विपद् व्यवस्थापन तालीम केन्द्र कुरिनटारका टोलीलाई जिम्मेवारीसमेत तोकिएको छ ।
नारायणी आसपासको पश्चिम क्षेत्रका लागि जिल्ला प्रहरी कार्यालय र सो मातहतका प्रहरी, सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय, कालीबहादुर गण, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालीम केन्द्रलाई जिम्मेवारी तोकिएको छ । यसमा भरतपुर महानगरपालिका र जिल्ला विपद् व्यवस्थापनको समन्वय रहने जनाइएको छ ।
यस्तै, दोस्रो क्लस्टरअन्तर्गत राप्ती नदी आसपासको पूर्वी क्षेत्रको सुरक्षा तथा उद्धारका लागि विपद् व्यवस्थापन गण रसौली, गढीमाई गण भण्डारा, प्रहरीको मातहतका कार्यालयलाई जिम्मेवारी तोकिएको छ । उक्त क्लस्टरमा जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहको समन्वय रहनेछ ।
यस्तै, तेस्रो क्लस्टरअन्तर्गत माडी क्षेत्रका लागि निकुञ्जको कसरा ब्यारेक, प्रहरी मातहतका कार्यालय, सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालयलाई जिम्मेवारी तोकिएको प्रजिअ बस्नेतले बताए। सो क्षेत्रमा जिल्ला विपद् व्यवस्थापन समिति र माडी नगरपालिकाले समन्वय गर्नेछ ।
साथै, समितिले उद्धारका लागि आवश्यक पर्ने रबर बोट, ट्यूब, लाइफ ज्याकेट, डोरी, एस्काभेटर लोडर, टिपरजस्ता अत्यावश्यक सामग्री तथा खाद्य सामग्री आवश्यक मात्रामा संकलन गर्नसमेत हरेक क्लस्टरलाई निर्देशन दिइएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
यता मुग्लिन क्षेत्रमा पहिरोबाट हुने जोखिम न्यूनीकरण गर्न सो क्षेत्रमा नियमित प्रहरी परिचालन गरिएको र नारायणगढ–मुग्लिन सडक आयोजनासँगको सहकार्यमा लोडर, डोजर, एस्काभेटर सबै तयारी अवस्थामा राखिएको चितवनका ट्राफिक प्रमुख बेदप्रसाद गौतमले बताए ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












