बाढीपहिरोको जोखिम रोक्न उच्च सतर्कता
रत्ननगर, चितवन, २५ असार । बाढी र पहिरोबाट हुने विपद् जोखिम न्यूनीकरणका लागि चितवनमा उच्च सतर्कता अपनाइएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्ला सुरक्षा समितिले वर्षायाम शुरु भएसँगै सम्भावित जोखिम क्षेत्रमा विपद् जोखिम न्यूनीकरणका लागि उच्च सतर्कताका साथ कार्यक्रम शुरु गरेको जनाएको छ ।
समितिका संयोजक प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार जिल्लाको उच्च जोखिम क्षेत्रलाई तीनवटा क्लस्टरमा विभाजन गरी सुरक्षा सतर्कता बढाइएको हो ।
मुख्यगरी नारायणी नदी आसपासको पश्चिम क्षेत्र, राप्ती नदी आसपासको पूर्वी क्षेत्र र माडी क्षेत्र गरी जिल्लाको जोखिम क्षेत्रलाई तीन क्लस्टरमा विभाजन गरी विपद् जोखिम न्यूनीकरणका काम थालिएको हो ।
आ–आफ्नो क्षेत्रमा रहेका सशस्त्र प्रहरी, जनपद प्रहरी, नेपाली सेना र विपद् व्यवस्थापन तालीम केन्द्र कुरिनटारका टोलीलाई जिम्मेवारीसमेत तोकिएको छ ।
नारायणी आसपासको पश्चिम क्षेत्रका लागि जिल्ला प्रहरी कार्यालय र सो मातहतका प्रहरी, सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय, कालीबहादुर गण, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालीम केन्द्रलाई जिम्मेवारी तोकिएको छ । यसमा भरतपुर महानगरपालिका र जिल्ला विपद् व्यवस्थापनको समन्वय रहने जनाइएको छ ।
यस्तै, दोस्रो क्लस्टरअन्तर्गत राप्ती नदी आसपासको पूर्वी क्षेत्रको सुरक्षा तथा उद्धारका लागि विपद् व्यवस्थापन गण रसौली, गढीमाई गण भण्डारा, प्रहरीको मातहतका कार्यालयलाई जिम्मेवारी तोकिएको छ । उक्त क्लस्टरमा जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहको समन्वय रहनेछ ।
यस्तै, तेस्रो क्लस्टरअन्तर्गत माडी क्षेत्रका लागि निकुञ्जको कसरा ब्यारेक, प्रहरी मातहतका कार्यालय, सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालयलाई जिम्मेवारी तोकिएको प्रजिअ बस्नेतले बताए। सो क्षेत्रमा जिल्ला विपद् व्यवस्थापन समिति र माडी नगरपालिकाले समन्वय गर्नेछ ।
साथै, समितिले उद्धारका लागि आवश्यक पर्ने रबर बोट, ट्यूब, लाइफ ज्याकेट, डोरी, एस्काभेटर लोडर, टिपरजस्ता अत्यावश्यक सामग्री तथा खाद्य सामग्री आवश्यक मात्रामा संकलन गर्नसमेत हरेक क्लस्टरलाई निर्देशन दिइएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
यता मुग्लिन क्षेत्रमा पहिरोबाट हुने जोखिम न्यूनीकरण गर्न सो क्षेत्रमा नियमित प्रहरी परिचालन गरिएको र नारायणगढ–मुग्लिन सडक आयोजनासँगको सहकार्यमा लोडर, डोजर, एस्काभेटर सबै तयारी अवस्थामा राखिएको चितवनका ट्राफिक प्रमुख बेदप्रसाद गौतमले बताए ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












