सरकार विरोधी धर्नामा कृष्ण पहाडीसहित २५ जना मानवअधिकारकर्मी पक्राउ
काठमाडौं २६, असार । सिंहदरबार दक्षिण गेटमा धर्ना दिने क्रममा प्रहरीले मानवअधिकारकर्मी कृष्ण पहाडीसहित २५ जनालाई गिरफ्तार गरेको छ । पक्राउ परेका सबैलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।
गंगामाया अधिकारी र डा. गोविन्द केसीको माग पूरा हुनुपर्ने, स्वतन्त्रताविरोधि सरकारका निर्णय तत्काल फिर्ता हुनुपर्ने लगायतका माग राखेर धर्ना दिन पुगेका मानवअधिकारकर्मी पहाडीसहित मानवअधिकार तथा शान्ति समाजका अध्यक्ष डा. गंगाधर पराजुली लगायतलाई पक्राउ गरिएको मानवअधिकार तथा शान्ति समाजकि सरिता पौडेलले जानकारी दिइन् ।
प्रेस विज्ञप्ति
धर्नाबाट २५ जना शान्तिवादीहरु गिरफ्तार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले गरेका कतिपय स्वतन्त्रता विरोधी निर्णय र स्वेच्छाचारी गतिविधिहरु विरुद्ध मानव अधिकार तथा शान्ति समाजले प्रधानमन्त्री कार्यालय सिंहदरबार अगाडि आयोजना गरेको धर्नाबाट प्रहरीले २५ जना शान्तिवादीहरुलाई गिरफ्तार गरेको छ ।
२०७५ असार २६ गते दिउँसो १ बजे धर्ना प्रारम्भ हुनासाथ प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति डा. गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रेनुका पौडेल, महासचिव उत्तम पुडासैनी, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष बटुकृष्ण ढुंगेल, ललितपुरा शाखा सभापति चन्द्रमणी बञ्जारा, विभागीय संयोजकहरु प्रताप पौडेल, जयराम पुडासैनी, बाबुराम न्यौपाने, जगन्नाथ पुडासैनी, विपी पौडेल सदस्यहरु सनत आचार्य, रामचन्द्र खतिवडा, रेजीना राई, सुकदेव अधिकारी, ईश्वर पुडासैनी, भगवान पुडासैनी, गोकुल पुडासैनी, सुरज कुमार बोहरा, टंकप्रसाद गैरे, मुरारी प्रसाद फुयाल, ईश्वरी प्रसाद नेपाल सहित २५ जनालाई गिरफ्तार गरी महानगरीय प्रहरी वृत्त सिंहदरवारमा राखेको छ ।
धर्नामा स्वतन्त्रता विरोधी निर्णय खारेज गर, स्वेच्छाचारी गतिविधि बन्द गर, शिक्षामा माफिया चलखेल अन्त्य गर, स्वास्थ्यमा माफिया चलखेल अन्त्य गर, सत्याग्रहीको जीवन रक्षा गर, अपराधिलाई संरक्षण बन्द गर लगायतका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको वर्तमान सरकारले आधारभुत स्वतन्त्रता र मानव अधिकार कुण्ठित हुने गरि कतिपय निर्णय गरेको छ भने न्यायिक निर्णयहरुलाई समेत लत्याउँदै आपराधिक चरित्रलाई संरक्षण र प्रोत्साहन गरेको र पछिल्लो चरणमा सरकार हिंसात्मक प्रवृत्तिप्रति नरम र सत्याग्रहीहरुप्रति क्रुर बन्दै गएको अवस्थामा आधारभूत स्वतन्त्रता, मानव अधिकार संरक्षणका लागि शान्ति समाजले प्रक्षेपण गरेको आन्दोलन अन्तर्गत असार २६ मा आयोजित यो पहिलो धर्ना हो ।
समाजका तर्फबाट
सरिता शर्मा
कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज
मिति : २०७५/०३/२६
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












