एकाधिकार फर्काउने कुरा अब सम्भव छैन: गृहमन्त्री थापा
काठमाडौँ, २७ असार । नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा‘बादल’ले यातायात क्षेत्रमा एकाधिकार फर्काउने कुरा अब सम्भव नरहेको स्पष्ट पारे ।
आज नयाँ बसपार्क गोंगबुमा युनाइटेड ट्रान्सपोर्ट ‘भलाइ एण्ड इन्भेस्टमेन्ट’ प्रालिले आयोजना गरेको ‘यातायात क्षेत्रको विद्यमान अन्यौलता, चुनौती र समाधान’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले अझै एकाधिकार फर्काउने प्रयास भइरहेको भन्दै त्यो पूरा नहुने बताए।
उहाँले भन्नुभयो, “अहिले पनि केही मुठिभर व्यवसायीको मात्रै एकाधिकार हुने, उनीहरुको समृद्धि हुने र यो क्षेत्रमा आउन खोजेका हजारौँ नयाँ व्यवसायीको बाटो रोक्ने गरी एकाधिकारलाई फर्काउने षड्यन्त्र भइरहेको छ । यसबारे सरकार सचेत छ ।”
उहाँले यातायात क्षेत्र मात्रै नभइ कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा एकाधिकारले जरा गाडेको भन्दै देश विकासका लागि यो बाधक रहेको बताउनुभयो । एकाधिकार रहेसम्म देशको विकास र समृद्धि सम्भव नभएको उहाँको भनाइ थियो । एकाधिकार हटाउने निर्णय यातायात व्यवसायी, मजदुर, यात्रु सबैका हितमा रहेको भन्दै सबैको सहयोगका लागि अपिल गरे।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












