आमा र सन्तानको डिएनए परीक्षणका मुद्दा आउन थाले
ललितपुर २७, असार। महिलाका नाममा सम्पत्ति हुनेक्रम बढेपछि आमा र सन्तानको डिएनए परीक्षणका लागि प्रयोगशालामा आउन थालेको छ ।
सन्तानले आमासँग अंश दाबी गर्दै अदालतमा मुद्दा दायर गरेकाले जैविक नाता प्रमाणितका लागि त्यस्ता मुद्दामा डिएनए परीक्षणका लागि प्रयोगशालामा आउन थालेको खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले जनाएको छ ।
पहिले पुरुषका नाममा मात्रै जग्गा हुँदा बाबु र सन्तानको डिएनए परीक्षणका घटना मात्रै परीक्षणका लागि आउने गरेकामा पछिल्लो समय महिलाका नाममा पनि सम्पत्ति हुनेक्रम बढेकाले आमा र सन्तानको अंश मुद्दा अदालतमा पर्न थालेको प्रयोगशालाका कार्यकारी निर्देशक जीवनप्रसाद रिजाल बताए ।
“कतिपय महिलाले आफ्नो सन्तान होइन भन्दै अंश दिन नमानेपछि मुद्दा अदालत पुग्छ”, उहाँ भन्नुहुन्छ, “अदालतले डिएनए परीक्षणको प्रतिवेदन मागेमा परीक्षणका लागि यहाँसम्म आइपुग्छ ।” सन्तान र आमाबीचमा डिएनए परीक्षण गर्दा नतिजामा आमा प्रमाणित भएका र नभएका दुवै खालका नतिजा देखापरेको कार्यकारी निर्देशक रिजाल उल्लेख गरे ।
आफूलाई जन्माउने आमासंग सन्तानले अांश माग गर्दा र आमाले दिन नचाहँदा त्यस्ता मुद्दा अदालत हुँदै प्रयोगालामा परीक्षणका लागिसम्म पुग्छ । कतिपय घटनामा परीक्षणबाट आमा प्रमाणित नभएका घटनाले सबैलाई आश्चर्यचकित बनाउने गरेको छ । कार्यकारी निर्देशक रिजाल भन्छन्, “आमालाई आफूले जन्माएको सन्तान होइन भन्ने थाहा भए पनि सन्तानलाई उनले त्यतिबेलासम्म नभनेका घटना हुँदारहेछन् ।”
आमा–बाबुले कसैको जन्मनासाथको बच्चा संरक्षण गर्दा सन्तानले मात्रै नभएर छिमेकी र आफन्त सबैलाई ती महिला नै आमा हुन भन्ने भ्रम हुने गरेको छ । उनी भन्छन् “महिलाले आफूले जन्म नदिएको भन्दै सम्पत्ति दिन नमानेमा आमा र सन्तानको डिएनए परीक्षणका लागि अदालतले आदेश दिने गर्छ ।”
अस्पताललगायतका स्थानमा जानेर वा अञ्जानमा सन्तान साटिएका घटनामा पनि आमा र सन्तानको डिएनएको नतिजा नकारात्मक पनि आउने प्रयोगशालाले जनाएको छ । सन्तान भने पूरै जिन्दगी आफूलाई जन्माउने आमा उनै हुन भन्ने भ्रममा हुन्छन् । कार्यकारी निर्देशक रिजाल जोड दिन्छन्, “जन्मनासाथ ल्याएर र न्वारन–पास्नी आफैँले गरे पनि जैविक आमा नभएपछि प्रयोगशालाको नतिजा पनि नकारात्मक नै आउँछ ।”
प्रयोगशालामा मानव डिएनए परीक्षणका लागि सबैभन्दा बढी अदालतको अंश मुद्दासंग सम्बन्धित हुन्छ । अधिकांश परिवारमा आमाका नाममा भन्दा बाबुका नाममा सम्पत्ति हुन्छ । अधिकांशका अंश मुद्दामा सन्तानले बाबुलाई विपक्षी बनाएर मुद्दा हालेको हुन्छ । यसमा बाबु र सन्तानको डिएनए परीक्षण हुन्छ । कानूनी र सामाजिक परिवर्तनका कारण महिलाका नाममा सम्पत्ति हुनेक्रम बढ्दै छ । बाबु बितेका परिवारमा र कतिमा बाबु भए पनि आमाका नाममा सम्पत्ति हुँदा सन्तानले आमासँग कानूनीरुपमा सम्पत्ति माग्ने पाइएको उहाँ उल्लेख गरे ।
कार्यकारी निर्देशक रिजाल भन्छन, “महिलाका नाममा सम्पत्ति हुने क्रम बढेसँगै आमा र सन्तानबीचको डिएनए परीक्षणका लागि प्रयोगशालामा मुद्दा आउन थालेको हो ।”
सिंगो जिन्दगी आफूले नजन्माएको सन्तानलाई आफैँले जन्माएको जसरी पालनपोषण गरेका आमाले सन्तानले चित्त दुखाउँदा वा सन्तानसँग असमझदारी हुँदा अंश दिन नमानेका कारण मुद्दा अदालतसम्म पुग्ने गरेको जोड दिँदै उनी भन्छन, “सिंगो जिन्दगी आफैँले जन्माएको हो भनेर ढाँटे पनि कुनै कुरामा चित्त दुख्दा आमाले होइन भन्ने गर्छन् ।”
प्रयोगशालाले केही वर्ष पहिलेबाट विदेशमा बसोबास गर्ने अभिभावकका सन्तान विदेशमा लैजाने प्रयोजनका लागिसमेत डिएनए परीक्षण गर्दै आएको कार्यकारी निर्देशक रिजाल रासससंगको कुराकानीमा बताए ।
कतिपयले भने झुट बोलेरै भिसा प्रयोजनका लागि भन्दै डिएनए परीक्षणका लागि आउँछन् । हामी पूरै काजगात हेरेर त्यही प्रयोजनका लागि भए मात्रै परीक्षण गर्छाैं ।व्यक्तिगत मुद्दा हेरेर अभिभावक र सन्तानको डिएनए परीक्षण गर्दा सामाजिक जीवनमा उथल–पुथल आउन सक्ने उनको भनाइ छ ।
आव २०६३÷६३ मा यस प्रयोगशालामा पितृत्व पहिचान गरेर जैविक नाता कायम गर्न डिएनए परीक्षणको शुरुआत भएको थियो । प्रयोगशालाले विश्वव्यापीरुपमा मान्यताप्राप्त प्रचलित उपकरण, रसायन र किटको प्रयोग गरेर जैविक नाता प्रमाणित गर्दै आएको छ । यस प्रयोगशालामा बाबाुआमा र छोराछोरी, काका–भतिजा, दाजुभाइ र हजुरबुबा नातीकाबीचमा जैविक नाता प्रमाणित हुने गरेको छ ।
गत वर्ष मात्रै प्रयोगशालाले २०५ मुद्दाका ६०३ नमूना परीक्षण गरेर राय दिएको थियो । अदालत, प्रहरी कन्सुलर विभागमार्फत मुद्दा आउने गरेका छन् । रगतबाट मात्रै नभएर डिएनए परीक्षण ¥याल, मासु, रौँ, विर्यको दाग, दाँत आदिबाट समेत परीक्षण हुने गरेको प्रयोगशालाले जनाएको छ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












