आमा र सन्तानको डिएनए परीक्षणका मुद्दा आउन थाले
ललितपुर २७, असार। महिलाका नाममा सम्पत्ति हुनेक्रम बढेपछि आमा र सन्तानको डिएनए परीक्षणका लागि प्रयोगशालामा आउन थालेको छ ।
सन्तानले आमासँग अंश दाबी गर्दै अदालतमा मुद्दा दायर गरेकाले जैविक नाता प्रमाणितका लागि त्यस्ता मुद्दामा डिएनए परीक्षणका लागि प्रयोगशालामा आउन थालेको खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले जनाएको छ ।
पहिले पुरुषका नाममा मात्रै जग्गा हुँदा बाबु र सन्तानको डिएनए परीक्षणका घटना मात्रै परीक्षणका लागि आउने गरेकामा पछिल्लो समय महिलाका नाममा पनि सम्पत्ति हुनेक्रम बढेकाले आमा र सन्तानको अंश मुद्दा अदालतमा पर्न थालेको प्रयोगशालाका कार्यकारी निर्देशक जीवनप्रसाद रिजाल बताए ।
“कतिपय महिलाले आफ्नो सन्तान होइन भन्दै अंश दिन नमानेपछि मुद्दा अदालत पुग्छ”, उहाँ भन्नुहुन्छ, “अदालतले डिएनए परीक्षणको प्रतिवेदन मागेमा परीक्षणका लागि यहाँसम्म आइपुग्छ ।” सन्तान र आमाबीचमा डिएनए परीक्षण गर्दा नतिजामा आमा प्रमाणित भएका र नभएका दुवै खालका नतिजा देखापरेको कार्यकारी निर्देशक रिजाल उल्लेख गरे ।
आफूलाई जन्माउने आमासंग सन्तानले अांश माग गर्दा र आमाले दिन नचाहँदा त्यस्ता मुद्दा अदालत हुँदै प्रयोगालामा परीक्षणका लागिसम्म पुग्छ । कतिपय घटनामा परीक्षणबाट आमा प्रमाणित नभएका घटनाले सबैलाई आश्चर्यचकित बनाउने गरेको छ । कार्यकारी निर्देशक रिजाल भन्छन्, “आमालाई आफूले जन्माएको सन्तान होइन भन्ने थाहा भए पनि सन्तानलाई उनले त्यतिबेलासम्म नभनेका घटना हुँदारहेछन् ।”
आमा–बाबुले कसैको जन्मनासाथको बच्चा संरक्षण गर्दा सन्तानले मात्रै नभएर छिमेकी र आफन्त सबैलाई ती महिला नै आमा हुन भन्ने भ्रम हुने गरेको छ । उनी भन्छन् “महिलाले आफूले जन्म नदिएको भन्दै सम्पत्ति दिन नमानेमा आमा र सन्तानको डिएनए परीक्षणका लागि अदालतले आदेश दिने गर्छ ।”
अस्पताललगायतका स्थानमा जानेर वा अञ्जानमा सन्तान साटिएका घटनामा पनि आमा र सन्तानको डिएनएको नतिजा नकारात्मक पनि आउने प्रयोगशालाले जनाएको छ । सन्तान भने पूरै जिन्दगी आफूलाई जन्माउने आमा उनै हुन भन्ने भ्रममा हुन्छन् । कार्यकारी निर्देशक रिजाल जोड दिन्छन्, “जन्मनासाथ ल्याएर र न्वारन–पास्नी आफैँले गरे पनि जैविक आमा नभएपछि प्रयोगशालाको नतिजा पनि नकारात्मक नै आउँछ ।”
प्रयोगशालामा मानव डिएनए परीक्षणका लागि सबैभन्दा बढी अदालतको अंश मुद्दासंग सम्बन्धित हुन्छ । अधिकांश परिवारमा आमाका नाममा भन्दा बाबुका नाममा सम्पत्ति हुन्छ । अधिकांशका अंश मुद्दामा सन्तानले बाबुलाई विपक्षी बनाएर मुद्दा हालेको हुन्छ । यसमा बाबु र सन्तानको डिएनए परीक्षण हुन्छ । कानूनी र सामाजिक परिवर्तनका कारण महिलाका नाममा सम्पत्ति हुनेक्रम बढ्दै छ । बाबु बितेका परिवारमा र कतिमा बाबु भए पनि आमाका नाममा सम्पत्ति हुँदा सन्तानले आमासँग कानूनीरुपमा सम्पत्ति माग्ने पाइएको उहाँ उल्लेख गरे ।
कार्यकारी निर्देशक रिजाल भन्छन, “महिलाका नाममा सम्पत्ति हुने क्रम बढेसँगै आमा र सन्तानबीचको डिएनए परीक्षणका लागि प्रयोगशालामा मुद्दा आउन थालेको हो ।”
सिंगो जिन्दगी आफूले नजन्माएको सन्तानलाई आफैँले जन्माएको जसरी पालनपोषण गरेका आमाले सन्तानले चित्त दुखाउँदा वा सन्तानसँग असमझदारी हुँदा अंश दिन नमानेका कारण मुद्दा अदालतसम्म पुग्ने गरेको जोड दिँदै उनी भन्छन, “सिंगो जिन्दगी आफैँले जन्माएको हो भनेर ढाँटे पनि कुनै कुरामा चित्त दुख्दा आमाले होइन भन्ने गर्छन् ।”
प्रयोगशालाले केही वर्ष पहिलेबाट विदेशमा बसोबास गर्ने अभिभावकका सन्तान विदेशमा लैजाने प्रयोजनका लागिसमेत डिएनए परीक्षण गर्दै आएको कार्यकारी निर्देशक रिजाल रासससंगको कुराकानीमा बताए ।
कतिपयले भने झुट बोलेरै भिसा प्रयोजनका लागि भन्दै डिएनए परीक्षणका लागि आउँछन् । हामी पूरै काजगात हेरेर त्यही प्रयोजनका लागि भए मात्रै परीक्षण गर्छाैं ।व्यक्तिगत मुद्दा हेरेर अभिभावक र सन्तानको डिएनए परीक्षण गर्दा सामाजिक जीवनमा उथल–पुथल आउन सक्ने उनको भनाइ छ ।
आव २०६३÷६३ मा यस प्रयोगशालामा पितृत्व पहिचान गरेर जैविक नाता कायम गर्न डिएनए परीक्षणको शुरुआत भएको थियो । प्रयोगशालाले विश्वव्यापीरुपमा मान्यताप्राप्त प्रचलित उपकरण, रसायन र किटको प्रयोग गरेर जैविक नाता प्रमाणित गर्दै आएको छ । यस प्रयोगशालामा बाबाुआमा र छोराछोरी, काका–भतिजा, दाजुभाइ र हजुरबुबा नातीकाबीचमा जैविक नाता प्रमाणित हुने गरेको छ ।
गत वर्ष मात्रै प्रयोगशालाले २०५ मुद्दाका ६०३ नमूना परीक्षण गरेर राय दिएको थियो । अदालत, प्रहरी कन्सुलर विभागमार्फत मुद्दा आउने गरेका छन् । रगतबाट मात्रै नभएर डिएनए परीक्षण ¥याल, मासु, रौँ, विर्यको दाग, दाँत आदिबाट समेत परीक्षण हुने गरेको प्रयोगशालाले जनाएको छ ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












