करको दायरामा : पर्यटकीयस्थल र होटल
म्याग्दी २८,असार ।अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल, होटल तथा रेष्टुरेन्टलाई कानून र करको दायरामा ल्याएको छ ।
संविधानले दिएको अधिकारको प्रयोग गरेर हालै भएको गाउँसभाबाट पर्यटकीयस्थल, होटल, लज र व्यवसायलाई दर्ता प्रक्रियासँगै करको दायरामा ल्याउने निर्णय पारित गरेको हो ।
घोडेपानी, पुनहिल, खोप्रा, भुरुङ तातोपानी, मोहरेडाँडा लगायतका पर्यटकीयस्थलको भ्रमणमा आउने पर्यटकबाट शुल्क उठाउने निर्णय भएको गाउँपालिकाका प्रवक्ता कृष्णप्रसाद बरुवालले बताए ।
चालु आर्थिक वर्ष २०७४-७५ मा भुरुङ तातोपानी कुण्डबाट रु २५ लाख र पुनहिलबाट रु पाँच लाख ५० हजार कर संकलन गरेको थियो । आगामी आर्थिक वर्ष २०७५-७६ मा पुनहिलबाट रु २५ लाख र घोडेपानीबाट रु पन्ध्र लाख कर उठाउने लक्ष्य राखिएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए ।
उठेको कर सम्बन्धित ठाउँको विकासका लागि सत्तरी र तीस प्रतिशत गाउँपालिकाले अन्य क्षेत्रमा परिचालन गर्ने अध्यक्ष पुनले बताउनुभयो । अन्नपूर्ण चक्रीय पदमार्गको मुख्य पर्यटकीय गन्तव्य घोडेपानी पुनहिल क्षेत्रमा हालसम्म स्थानीय होटल व्यवस्थापन उपसमिति र युवा क्लबले कर उठाउँदै आएका छन् ।
स्थानीय सामाजिक संघसंस्था परिचालन गरेर कर संकलन गर्ने नीति गाउँपालिकाले लिएको छ । यसैगरी जलविद्युत् आयोजनाबाट समेत वार्षिक रु १५ हजार प्रतिमेगावाट कर उठाउने निर्णय भएको छ ।
दुई मेगावाट क्षमताको तातोपानी साना जलविद्युत् आयोजना सञ्चालनमा रहेको अन्नपूर्ण गाउँपालिकामा हाल पाँच मेगावाटको घलेम्दीखोला, ४२ मेगावाटको मिस्त्रीखोला, १४ मेगावाटको घारखोला, १०० मेगावाटको निलगिरि र नीलगिरि क्यास्केट निर्माणाधीन अवस्थामा छन् ।
क्रसर उद्योगलाई वार्षिक रु ५० हजारका दरले कर निर्धारण गरिएको छ । गाउँपालिका–५ पाउद्वार र वडा नं ६ घारको रातोपानी कुण्डबाट समेत वार्षिक रु पचास-पचास हजार कर उठाउने भएको छ । तौल बढी भएका उपकरण सूचीकृत हुन वार्षिक रु बीस हजार कर तिर्नुपर्ने भएको छ ।
सहायक सडकमा सञ्चालन हुने बसलाई वार्षिक रु बाह्र हजार, जीपलाई रु दश हजार र ट्र्याक्टलाई रु पन्ध्र हजार कर निर्धारण गरिएको छ । होटललाई पाँच वर्गमा विभाजन गरेर वार्षिक करको दर निर्धारण गरिएको छ ।
(क) वर्गलाई रु २० हजार, (ख)लाई रु १० हजार, (ग)लाई रु पाँच हजार, (घ)लाई रु दुई हजार र (ङ)लाई रु एक हजार कर निर्धारण गरिएको छ । गाउँपालिकाका वडामार्फत व्यवसाय दर्ता अभियान सञ्चालन गरिएको वडा नं ६ का अध्यक्षसमेत रहेका प्रवक्ता बरुवालले बताए । रु २९ करोडको बजेट ल्याएको गाउँपालिकाले रु एक करोडभन्दा बढी आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको प्रमुख प्रशासकीय अधिकृत अच्युत दाहालले बताए ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












